• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज १६, २०८३ Fri, Oct 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता
जापानमा नेपालीको स्वास्थ्य-७

जापानमा ‘स्वस्थ भइएन भने केही पनि हुँदैन’ भन्ने संस्कृति विकास गरिएको छ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक १६, २०८०  ०९:५५
1140x725

कन्सल्ट्यान्ट न्युरोसर्जन डा लुशुन चालिसे जापानको नागोया केन्द्रीय अस्पताल स्नायु शल्यचिकित्सा विभागमा चिफ सर्जनका रुपमा कार्यरत छन्। त्यसअघि उनी द युनिभर्सिटी अफ टोकियोमा एसिस्टेन्ट प्रोफेसर थिए। उनले क्लिनिकल फेलोका रुपमा नायोगा युनिभर्सिटी र न्युरोसर्जनका रुपमा जापानका विभिन्न अस्पतालमा काम गरिसकेका छन्। नागोया युनिभर्सिटीको प्रोग्राम अन्तर्गत न्युरो सर्जरीमा विशेषज्ञता हासिल गरेका चालिसे जापान न्युरो सर्जिकल सोसाइटीको बोर्ड–प्रमाणित फेलो प्रशिक्षक पनि रहेका छन्।

साथै न्युरोसर्जरी र न्युरो अन्कोलोजीमा उनले नायोगा युनिभर्सिटीबाट पीएचडी गरी सेतो रत्ताmकोष प्रयोग गरेर ब्रेन ट्युमरको उपचार गर्ने नयाँ कार–टि थेरापीको अनुसन्धान तथा विकास गरेका थिए। विगत २२ वर्षदेखि जापानमा कार्यरत उनी त्यहाँ बस्ने नेपालीको स्वास्थ्य सेवामा पनि उत्तिाकै सक्रिय छन्। हालै जापानमा आयोजित एनआरएनए ग्लोबल नेपाली हेलथ कन्फोरेन्सको वैज्ञानिक समितिको अध्यक्षता समेत उनले गरेका थिए। जापानको स्वास्थ्य प्रणाली र नेपाली आप्रवासीहरुको स्वास्थ्यलाई लिएर डा चालिसेसँग गरिएको संवाद:

अन्यत्रको तुलनामा जापानमा नेपाली डाक्टरको संख्या किन न्यून देखिन्छ?
तीन वटा कारण मुख्य हुन सक्छन्। पहिलो– भाषा, दोस्रो– झन्झटिलो प्रक्रिया र तेस्रो– समकक्षतामा समस्या। जापानमा स्थायी रुपमा  चिकित्सकीय अभ्यास गर्नका लागि मिनिस्ट्री अफ हेल्थ वेल फेयर लिने ‘नेसनल लाइसेन्स’ अंग्रेजीमा हुँदैन, जापानिज भाषामै हुन्छ।

नेपालमा अंग्रेजीमा पढाइ हुने भएकाले अंग्रेजी भाषा मुख्य भएका देशमा लाइसेन्स परीक्षा दिन सहज हुन्छ। जापानमा चिकित्सा अध्ययन समेत जापानिजमै हुने भएकाले लाइसेन्स पनि सोही भाषामा लिइन्छ। बिरामीसँग कुरा गर्दा पनि जापानिज नै प्रयोग गर्नुपर्ने हुन्छ। साइन्टिफिक कन्फरेन्समा मात्रै अंग्रेजी प्रयोग हुन्छ। 

त्यसपछि जाँच दिनेसम्मको प्रक्रिया पनि लम्बाचौडा हुन्छ। अमेरिका वा अन्य देशले जस्तो चिकित्सकीय जनशक्ति बाहिरबाट भित्र्याउने नीति लिइसकेको छैन। अर्काे समकक्षताको पनि समस्या छ। जापानमा एमबीबीएस ६ वर्ष पढाइ हुन्छ। नेपालमा पाँच वर्ष भनिन्छ, साढे चार वर्ष पढाइन्छ। त्यसैले नेपालमा पढेर आएकोले मान्यता पाउन मुश्किल हुन्छ। अन्यबाट आएकोमा एक वर्षको इन्टर्नसिप गरेर जाँच दिने प्रणाली भने छ। युरोपबाट ६ वर्षे अध्ययन गरी आएकाले सिधै जाँच दिन मिल्छ तर यताको भाषा नमिलेको हुनाले पास गर्न गाह्रो हुन्छ। क्लिनिकल ट्रेनिङको लागि अस्थायी लाइसेन्स भने युनिभर्सिटीको जिम्मेवारीमा पाइन्छ।

जापान आफैंले पर्याप्त चिकित्सा जनशक्ति उत्पादन गरिरहेको छ?
जापानमा प्रतिवर्ष ७/८ हजार डाक्टर उत्पादन हुन्छन्। अहिले तीन लाखको हाराहारीमा चिकित्सक कार्यरत छन्। जुन नेपालसँग तुलना गर्दा धेरै नै हो। तर विकसित मुलुकको तुलनामा भने कम हो।
युरोप–अमेरिकाभन्दा यहाँ प्रतिव्यक्ति डाक्टरको अनुपात कम छ। जापानमा सेवा सकेसम्म राम्रो दिन खोज्ने प्रचलन छ। सकेसम्म बिरामीलाई बढी समय दिउँ भन्ने भावना यहाँका चिकित्सकमा हुन्छ। त्यस कारण पनि यहाँ जनशक्ति बढी चाहिन्छ। 

स्वास्थ्य सेवामा बिरामीमाथि जापानिज र बाहिरिया भनेर प्रणालीमा विभेद छ कि छैन?
जापानमा युनिभर्सल हेल्थ केयर सिस्टम छ। जापानी वा यहाँ लामो समय बस्ने हरेकका लागि स्वास्थ्य बीमा अनिवार्य छ। सामान्यतया काम दिने कम्पनीले आफैंले बीमा पनि गरिदिन्छ। विद्यार्थी र आफ्नो व्यवसाय हुनेले सरकारको प्रणालीमा आउनुपर्छ। बीमाको शुल्क आम्दानीको अनुपातमा तोकिन्छ। जस्तो, मेरो कुरा गर्दा विद्यार्थीकालमा भन्दा अहिले ३० गुना (३ हजार प्रतिशत) बढी तिर्छु। बीमा भयो भने जुनसुकै अस्पताल गएर उपचार गराउन सक्नुहुन्छ। जापानी वा बाहिरिया केही फरक पर्दैन। सबैको सेवा लिने अधिकार छ। बीमा नियमित हुनेलाई उपचार सेवा लिँदा समस्या हुँदैन। 

जापानमा निजी र सरकारी जुन अस्पतालमा पुगे पनि सैद्धान्तिक रुपमा शुल्क उस्तै लाग्छ। तपाईंले जुन अस्पताल गए पनि निश्चित प्रोड्युसर उस्तै हुन्छ। नेपालको जस्तो पैसा नभएकाले सरकारी खोजेर जाने अवस्था छैन। तर बेड चार्ज रुम अनुसार फरक हुन सक्छ। नेपालमा जस्तै क्याबिन र डिलक्स रुम हुन्छन्। अप्रेसन वा उपचारको लागि मात्रको हिसाब गर्दा सबै अस्पतालले चार्ज गर्ने उत्ति नै हो। निश्चित सीमामाथिको रकम बीमा अथवा सरकारले तिरिदिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

जापानमा स्वास्थ्य बीमाले ७० प्रतिशत र ३० प्रतिशत आफैंले बेहोर्नुपर्ने रहेछ। कुनै त्यस्ता सेवा पनि छन्, जुन पूर्ण निशुल्क हुन्छन्?
स्वास्थ्य बीमा प्रणाली भएकाले सरकारले दिने सुविधा त्यसै भित्र हो। तर नेसनल इमर्जेन्सीका बेला निशुल्क हुन्छ। जस्तो कोभिड–१९ का बेला सेवा निशुल्क गरियो। अनिवार्य लगाउनु पर्ने खोपहरु पनि निशुल्क हुन्छन्। बालबालिकाको हकमा भने जापानभरि ६ वर्ष मुनिकाहरुको स्वास्थ्य सेवा निशुल्क छ। केही नगरपालिकाहरुमा १५ देखि १८ वर्ष  मुनिका लागि पनि स्वास्थ्य सेवा निशुल्क गरिएको छ।   

अस्पतालमा आप्रवासी वा विदेशी बिरामीका लागि अंग्रेजी भाषामा परामर्श दिने वा लिने सुविधा हुन्छ कि हुँदैन?
प्रायः सबै ठाउँमा जापानी भाषा प्रयोग हुन्छ। जापानी भाषा जानेन भने स्वास्थ्य सेवा लिन गाह्रो भने हुन्छ। धेरै विदेशीहरुले उपचार लिने ठाउँमा ट्रान्सलेटर भने राखेको छ। तर सबै अस्पतालले त्यो सेवा दिन सक्दैनन्। शहरका अस्पतालमा भएका ट्रान्सलेटरको नेटवर्क प्रयोग गर्ने विकल्प हुन्छ। उनीहरुलाई निश्चित पारिश्रमिक दिएर राख्नुपर्ने हुन्छ वा बिरामी आफैंले ट्रान्सलेटरको व्यवस्था गर्नुपर्छ। यहाँ एनजीओहरुले निशुल्क ट्रान्सलेटरको व्यवस्था पनि गरिदिएको हुन्छ। 

पठन–पाठन जापानी भाषामै हुने भएकाले सबै डाक्टरले अंग्रेजी बोल्दैनन्। यहाँ बस्ने धेरै नेपालीको पनि उति राम्रो अंग्रेजी हुँदैन र त्यस्तो अवस्थामा भाषाको समस्या हुन्छ। भाषाका कारण डाक्टरले राम्रोसँग हेरिदिएन भन्ने गुनासो रहन्छ। 

नेपालमा भनिने गरेको ‘होलबडी जाँच’ (निश्चित जाँच) त्यहाँ बीमाले कभर गर्छ कि गर्दैन?
जापान सरकारको नियम अनुसार कम्पनीमा काम गर्नेहरुको त्यही कम्पनीले वर्षको एकपल्ट जाँच गराइदिनुपर्छ। नभए कम्पनीलाई कारबाही हुन सक्छ। त्यस बाहेक साना व्यवसाय, रेस्टुरेन्ट लगायतमा काम गर्नेहरुले आफैं जाँच गर्नुपर्छ। कुनै नगर वा महानगरले उक्त सेवाका लागि कुपन पनि पठाउँछ। त्यस्तो चेक–जाँचमा निश्चित छुटका लागि कुपन पठाउने गरेका हुन्छन्। जापानमा बीमाले रोगलाई मात्रै कभर गर्छ।  जापान सरकारले रोगको परिभाषा नै दिएको छ। यस्ता नियमित चेकजाँच, गर्भवती अवस्थामा गराइने जाँचलाई बीमाले कभर गर्दैन 

Xtrem

Xtrem

जापानीजहरु सामान्यतया तन्दुरुस्त देखिन्छन्। एसियाली मुलुकहरु जस्तो, नेपाल र भारतको जस्तो भद्दा र मोटोपन भएका न्यून देखिनुको मुख्य कारण के हो?
यहाँको शिक्षा प्रणालीले नै स्वास्थ्यमा जोड दिन्छ। खेलकुदमा सक्रिय हुने, स्वस्थ आहार–बिहार गर्ने कुरा विद्यार्थीकालमै पढाइन्छ। सरकारी स्कुलले यसलाई प्रोत्साहन गर्छ। बच्चा बेलादेखि नै पोषणको महत्वदेखि लिएर शारीरिक अभ्यासको कुरा सिकाइन्छ। ‘स्वास्थ भएन भने केही पनि हुँदैन है’ भन्ने संस्कृति नै विकास गरिएको छ। त्यसले हेल्थ कन्सियस छन्। उनीहरुको विद्यार्थीकालदेखि नै नियमित चेक–जाँच हुन्छ। बच्चामै चाहिनेभन्दा बढी मोटो भयो वा दुब्लो भयो भने चाहिँ डाक्टरलाई देखाइन्छ। जसले गर्दा बच्चादेखि नै स्वस्थ हुन्छन्। यो प्रणालीभन्दा पनि संस्कृति हो। किनभने, जापानमा मोटो मान्छे राम्रो मानिँदैन। मोटोलाई खिसिट्युरी गरिन्छ। जस्तो, हामीकहाँ दुब्लो भयो भने ‘खान नपाए जस्तो, मरन्च्याँसे, भोकमरी’ भनेर खिसिट्युरी गरिन्छ। तर मोटोलाई खाइलाग्दो रहेछ भनिन्छ। 

त्यसैले सामान्यतया जापानमा मान्छेहरु मोटाउन खोज्दैनन्। यहाँ सुरुमा आउँदा मैले यस मामलामा ‘कल्चरल सक’ पाएँ। जब म दुब्लाउँथे या गर्मी महिनामा घाममा डढेर कालो हुन्थेँ, जापानीजहरु ‘हेनसम’ भन्थे।  नेपालमा गोरो, मोटो र पुक्क परेकोलाई राम्रो भनिन्छ। नेपाल पनि अहिले मोटोलाई राम्रो नभन्ने प्रणालीमा जान थालेको छ। 

नेपालमा अभ्यास गर्ने चलन प्रेसर र सुगर बढेपछी हुन्छ। जापानमा कसरत गर्ने कुरालाई जीवनकै अंगका रुपमा लिइन्छ। खेलकुद गतिविधिमा अफिस र अस्पतालले प्रोत्साहन गर्छन्। उनीहरुको फुटबल वा बेसबल टिम हुन्छ। कम्तीमा हप्ताको एक पटक फुटबल र बेसबल खेल्न जाने हुन्छ। टोकियोमै पनि तपाईंले देख्नुभयो होला, ओपन स्पेस धेरै छ जहाँ मान्छेहरु रनिङ गरिरहेका हुन्छन्। बुझेको भनिएका मान्छे कसरतलाई गफको विषय बनाउँछन् र आफूले धेरै कसरत गरेको कुरा सानका साथ बताउँछन्।

खानपानमा पनि उनीहरु कन्सियस छन्। धेरै नेपालीले जापानिज खाना खल्लो भन्छन्। उनीहरुकोमा नुन, मसला र चिल्लो कम हुन्छ। यहाँको खानामा क्यालोरी नै कम छ। खाना नै स्वस्थ छ।  

नेपालीहरु त्यो जीवनशैली र खानपिनमा अभ्यस्त देख्नुहुन्छ कि हुन्न?
यहाँ दुई थरीका नेपाली छन्। एक थरी जापानिज समाजमा भिजेका छन्। जापानिजसँगै बढी काम गर्छन्। उनीहरु चाहिँ जापानिज जीवनशैली र खानपान चाहेर÷नचाहेर पछ्याउँछन्। अर्काे थरी नेपाली जो काम गर्न आउँछन्। विद्यार्थी भिसामा आएर पैसा कमाउने हुन्छ। उनीहरु जापानिजसँग त्यति धेरै घुलमिल हुँदैनन्। रेस्टुरेन्ट र सुपरमार्केटमा काम पनि नेपालीसँगै हुन्छ। जापानमा बसे पनि जापान भित्रको सानो नेपालमा नै बाँचिरहेका छन् भने पनि हुन्छ। उनीहरुमा खानपिन सहित धेरैजसो कुरा नेपाली स्टाइलमै पाइन्छ। 

नेपालीले स्वास्थ्यका लागि त्यहाँ भोग्ने चुनौती के–के हुन्?
हामीले यसपल्ट जापानमै आयोजित ग्लोबल नेपाली हेल्थ कन्फरेन्सको घोषणापत्रमा पनि प्रष्ट रुपमा औंल्याएका छौं। हामीले त्यहाँ भनेका छौं– प्रवासी नेपालीहरूलाई स्वास्थ्य सेवाको पहुँचमा पुग्ने मुख्य बाधाहरूः भाषा, संस्कृति, कानुनी र वित्तीय स्थिति, शिक्षाको स्तर र अन्य नदेखिने उल्झनहरु छन्। यो सम्मेलनले उक्त अवरोधहरू हटाउन र आप्रवासीको लागि स्वास्थ्य सेवा सुधार गर्न काम गर्ने विभिन्न व्यक्ति र संस्थाहरूलाई प्रवासीहरु र सम्बन्धित विशेषज्ञहरूबीच सम्पर्क स्थापित गर्ने प्लेटफर्म प्रदान गर्न महत्वपूर्ण कदम चाल्छ।

प्रजनन् स्वास्थ्यसँग जोडिएको कुरामा जापानी समाज कति खुला हो ? इमर्जेन्सी पिल्स पनि नेपालबाट मगाउने वा अबोर्सन गराउन नेपाल आउने गरेको सुनिन्छ?
यहाँ एउटा त सिस्टमले अप्ठ्यारो पारेको छ। उनीहरु आधिकारिक रुपमा भन्दैनन् तर ओपन सेक्रेट के हो भने, यहाँको सरकारले बच्चा जन्माउन प्रेरित गरिरहेको छ। त्यसैले परिवार नियोजनको सुविधा उति दिएको छैन। जापानमा बच्चाको जन्मदर १/२ छ। एक आमाले एक मात्रै बच्चा जन्माउँछ। त्यसैले उनीहरुको जनसंख्या घट्ने भयो। त्यसैले परिवार नियोजनलाई प्रोत्साहन गरेको छैन। 

अर्को, यसमा बीमाले कभर गर्दैन। परिवार नियोजन भनेको रोग लागेर गर्ने होइन, त्येसैले बीमाले हेर्ने रोगको साँघुरो परिभाषा भित्र पर्दैन। बच्चा जन्माउन नचाहनु रोगको परिभाषामा नपर्ने भएकाले जापानमा पिल्स महँगो छ। नेपालमा २ सय रुपैयाँ नपर्ने इमर्जेन्सी पिल्स यहाँ २० हजारसम्म पर्न सक्छ। बरु बच्चा जन्माउँदा सरकार तथा नगरपालिकाले सुविधा दिन्छ। 

आप्रवासीको स्वास्थ्यका लागि छुट्टै प्राथमिकता प्रणालीमा छ कि छैन? 
यो हेल्थ मात्रै होइन, राजनीतिक कुरा हो। नेपालमा चार जात ३६ वर्ण भन्छौं। बहुभाषिक देश भयो। तर जापानिजहरुले आफू एउटै जाति बताउँछन्। होमोजिनियस पपुलेसन मानेका छन्। त्यो सर्वस्वीकार्य भइसक्यो। आर्य मुलका, गोरा छाला र कालालाई विदेशी भन्छन्। त्यस्तो जनसंख्या २ प्रतिशत मात्रै छ। हामी नेपाली लगायतका विदेशी नेगलेक्टेड पपुलेसनमै पर्छौं। जापानमा पोलिसी बनाउँदा मेजोरिटी जापानीलाई भनेर बनाउँछन्। विदेशीलाई मात्रै फाइदा हुने किसिमको  प्रणाली हैन। धेरै आप्रबासी संख्या भएका शहरहरुमा स्थानीय सरकार पनि सजग बन्दैछ। तर केन्द्रीय सरकारले अहिले नै आप्रबासीको लागि विशेष व्यवस्था गरेको देखिँदैन। विभिन्न सपोर्ट ग्रुपहरु भने छन्। 

गैरसरकारी संस्था छन्। विभिन्न क्षेत्रमा नेपाल र भियतनामीले काम गरेका छन्। २४ घन्टा चल्ने पसल नै नेपाली र भियतनामीले काम नगरी नचल्ने स्थिति आइसक्यो। जनसंख्या र सामाजिक प्रभाव बढेसँगै हेल्थकेयर पहुँचमा पनि सहयोग पुगेको छ। केन्द्रीय स्तरको नीति निर्माणमै पुग्न भने समय लाग्छ। त्यसैले अहिलेसम्म त्यस्तो प्राथमिकता देखिँदैन। तर कानुनी रुपमा भने आप्रबासी भनेर नै स्वास्थ्य क्षेत्र लगायत अरु कुनै पनि विषयमा भेदभाव भने गर्न पाइँदैन। 

आप्रवासी नेपालीको मानसिक स्वास्थ्य चुनौतीपूर्ण देखिएको छ। त्यसको समाधान कसरी हुन सक्छ ? नेपाल र जापान सरकारले के गर्न सक्छन्?
जापानमा एक लाख ४० हजार नेपाली भएका कारण नेपाल सरकारले जापानलाई विशेष ध्यान दिनुपर्छ। आफ्नो देशका १ लाख ४० हजार भएको ठाउँ भनेर नजरअन्दाज गर्नु हुदैन। यहाँका नेपालीहरुको स्वास्थ्य बिग्रिँदा देशलाई घाटा नै लाग्छ। रेमिट्यान्सले देश चलेको छ। दीर्घकालमा रेमिट्यान्सले देश चल्दैन भन्ने धारणा भएको मान्छे हुँ। अहिले हामीले लगानी गर्नुपर्ने नै स्वास्थ्यमा हो। स्वस्थ्य रुपमा कामै गर्न नसकी कसरी अर्थोपार्जन हुन्छ ? त्यसैले जापानले स्वास्थ्यलाई बढी प्राथमिकता दिएको हो। 

नेपाल सरकारले नेपालमा हेर्नुपर्ने नै छ तर  जापानमा पनि विशेष प्राथमिकता दिन जरुरी छ। अहिलेसम्म नेपाली राजदूतावासले यसका लागि कुनै पनि ठोस कार्यक्रम गरेको थाहा छैन। जापानमा ४९५ जनाले सक्रिय रुपमा काम गरिरहेका छौं। अहिले ‘जापान नेपाली मेडिकल एसोसिएसन’ नै भनेर थप संगठित रुपमा अघि बढ्न खोज्दैछौं। यसअघि पनि हामीले जापानमा रहेका नेपाली स्वास्थ्यकर्मीकै सक्रियतामा निशुल्क हेल्थ क्याम्पहरु गरेका छौं। टेलिमेडिसिनमार्फत पनि नियमित रुपमा विभिन्न परामर्श सेवाहरु दिएका छौं। राजदूतावास, नेपालमा रहेका चिकित्सकसँग र हामीले मिलेर केही काम गर्नैपर्नेछ। राजदूतावास र एनआरएनए जापानले हाम्रो सहयोग लिन सक्नुपर्छ। अहिलेसम्म उल्टो भएको छ। अहिले हामीले पहल गर्दा उहाँहरु सहभागी हुने प्रचलन छ। उहाँहरुले नेतृत्व गरेर हामीलाई सहभागी गराउँदा नतिजा राम्रो आउँछ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  ०९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रस्ताव’ लैजाने, ५० देशको समर्थन शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण शुक्रबार, असोज १६, २०८३
टर्कीएमा खानी दुर्घटनामा ६ जनाको मृत्यु शुक्रबार, असोज १६, २०८३
चाडपर्वमा तोकिएको भाडाभन्दा बढी नलिन यातायात व्यवसायी महासंघको आग्रह शुक्रबार, असोज १६, २०८३
सस्ता प्याकेज हटाएर महँगा प्याकेज किन्न बाध्य पार्दै इन्टरनेट सेवा प्रदायकहरु, उपभोक्ताहरु मारमा पर्नसक्ने शुक्रबार, असोज १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
एकदिवसीय विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमनेसामने हुने शुक्रबार, असोज १६, २०८३
निजामती कर्मचारीले पाउने ९ प्रकारका बिदा : के-के छन् व्यवस्था? बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्