• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

औपचारिकतामा सीमित नहोस गैरआवासीय नेपालीको देश विकासमा योगदानको विषय

तेज पौडेल (विनोद) शुक्रबार, कात्तिक ३, २०८०  १९:१०
1140x725

नेपालका लागि आर्थिक विकासका चुनौतीहरु थपिएका छन्। नेपाल दुई ठूला अर्थतन्त्रहरु अर्थात भारत र चीनको बीचमा छ। यी दुवै देशले २१ औं शताब्दीको सुरुदेखि नै उल्लेख्य आर्थिक विकास गरिरहेका छन्।

नीतिगत स्थायीत्व, राजनीतिक दृढता र लगानी भित्र्याउनका लागि दुवै देशले गरिरहेका पहलहरु त अर्थतन्त्रमा चासो राख्ने लगभग सबैलाई थाहै छ। यसबाहेक यी दुवै देशले गरिरहेका अर्को पाटो हो – विदेशिएका नागरिकसँग पनि हातेमालो गर्दै विकासको पूर्वाधार र सूचना प्रविधिमा गरिएको विकास।

के गर्दैछन् हाम्रा छिमेकीहरु?
भारतले प्रवासी भारतीयहरुको ज्ञान, सीप र अनुभवहरुलाई देश भित्र्याउनको लागि विभिन्न नीतिहरु नै अंगीकार गरेको देखिन्छ। गैरआवासीय नागरिकहरुलाई साथमा लिएर देशमा ठूला ठूला योजना, प्रविधि र ज्ञान भित्र्याउन सफल पनि भइसकेको छ।

सन् २००४ मा भारतले प्रवासी भारतीयहरुको लागि छुट्टै मन्त्रालय नै खडा गरेको थियो। पछि यसलाई भारतीय विदेश मन्त्रालय अन्तर्गत राखियो। देशको सबै भन्दा ठूलो शक्ति भनेको ज्ञान र जनशक्ति पनि रहेछ। जुन भारतले उत्पादन पनि गर्‍यो र प्रयोग पनि भरपुर गर्न सक्यो। अहिले भारतीय नागरिक नपुगेको विश्वको कुनै पनि ठाउँ छैन, तर कुनै न कुनै तरिकाबाट भारतीयहरु आफ्नो देशसँग जोडिएका छन्।

सूचना तथा प्रविधिमा अमेरिकाका ठूला ठूला कम्पनीका आउटसोर्सिङ प्रोजेक्टहरु भित्र्याएर काम मात्र हात पारेनन्, उल्टै तालिम र प्रविधिको ज्ञान पनि भित्र्याए र दक्ष जनशक्ति पनि उत्पादन गरे। भारतमा ब्रान्च नभएको विश्वको ठूलो कम्पनी सायदै होला।

त्यस्तै हाम्रो उत्तरमा रहेको चीनले देश विकासको दौरानमा विदेशमा ज्ञान आर्जन गरेकाहरुको विज्ञता र सीपलाई प्रचुर उपयोग गरेको छ। सन् २००८ मा चीनले विदेशमा विज्ञान र प्रविधिको अध्ययन गरेका युवाहरुलाई देश फर्कन र विकासमा योगदान गर्न प्रोत्साहित गर्ने उद्देश्यले ट्यालेन्ट प्लान कार्यक्रम नै ल्यायो र विदेशिएका चाइनिजलाई विज्ञान र प्रविधिमा काम गर्ने अवसर दियो। अंग्रेजी पनि राम्रोसँग बोल्न नसक्ने चाइनिजहरुले विदेशमा रहेका आफ्ना नागरिकको प्रयोग गरी विकाश र प्रविधिमा विश्वको सर्वश्रेष्ठ तुल्याए।

चाइनीजहरु विश्वको कुना कुनामा गएर व्यापार व्यवसाय गरे, सीप सिके, भाषा सिके र त्यही सीप र भाषालाई चीनले उपयोग गर्न सक्यो। विशेषगरी अमेरिका र युरोप जस्तो विकसित देशमा बसोबास गर्ने चाइनिजहरुले चीनमा प्रविधिको व्यापारिक सहर सिलिकन भ्याली निर्माण गर्न ठूलो योगदान गरेको देखिन्छ।

नेपालमा के छ अवस्था?
नेपाल यी दुई ठूला र द्रुत प्रगति गर्ने देशको बीचमा छ। तर पनि हामीले यो अवसरलाई उपयोग गर्न सकेका छैनौं। नेपालमा पनि विकास हुँदै नभएको होइन। छिमेकमा पानी पर्दा बाछिटो परेजस्तो समयले ल्याउने विकास नेपालमा पनि भएको छ। तर दीगो योजना सहितको विकास देखिँदैन।

nimb
nimb
Ncell 2
Ncell 2

अस्थायी सरकार, काममा ढिलासुस्ती, र हरेक क्षेत्रमा व्याप्त भ्रष्ट्राचार आदी कारणहरुले नेपाल फर्कन चाहनेहरु पनि फर्कन आँट गर्न सक्ने अवस्था छैन। सूचना प्रविधिको विकाससँगै नेपालमा कलेज र यूनिभर्सिटी पढेर सीप र सर्टिफिकेट लिने युवाहरु बढेका छन्, तर राज्यको असफलताको कारण ति सबै युवा विदेश पलायन भएका छन्।

युवाहरुलाई नेपालमा रोक्ने सरकारसँग कुनै पनि ठोस योजना छैन। सरकार युवा विदेश पठाउन चाहन्छ तर विदेशमा ज्ञान र सीप भएका युवालाई उपयोग गर्न चाहँदैन। रेमिट्यान्स चाहन्छ तर त्यसलाई सही तरिकाले उपयोग गर्न चाहँदैन। उद्योग धन्दा खोल्न र रोजगारी सृजना गर्ने सरकारको कल्पनाभन्दा बाहिर छ। राज्य रेमिट्यान्स भित्र्याउन उद्यत छ तर सीप र विज्ञता भित्र्याउन उदासीन।  

सरकारले ठोस योजना ल्याएर सूचना प्रविधिमा ध्यान दिने हो भने लाखौं युवाको लागि विदेशबाट काम भित्राउन सकिन्छ। यो बेलामा चीनसँग अमेरिका र युरोपको सम्बन्धमा अलि चिसोपन देखिएको छ। फलस्वरुप त्यहाँ रहेका कतिपय उद्योगहरु अरु देशमा स्थान्तरण हुँदै छन्। नेपालमा ५० हजारदेखि एक लाखसम्म मासिक तलबमा राम्रै सफ्टवेर इन्जिनियरहरु उपलब्ध छन्। यो बेलामा सरकारले सुरक्षाको व्यवस्था, र व्यापार बीमाको व्यवस्था गरेर विदेशी कम्पनीलाई नेपालमा भित्राउन पहल गर्न सक्छ। जसका कारण लाखौं युवाले प्रत्यक्ष रोजगारी पाउँछन्।

साइबर सुरक्षा, सूचनाको सुरक्षा, व्यापार बीमा, र ग्राहक सेवामा नेपाल कमजोर छ। बिजनेस इन्सुरेन्स कम्पनी खोल्ने र अरबौंको लगानी गर्नेहरुलाई पनि इन्सुरेन्स दिने हो भने लगानीकर्ताहरु अलि ढुक्क भएर लगानी गर्न सक्छन्। तर नेपालले चासो देखाएको देखिँदैन।

एनआरएनको भूमिका
एनआरएरए विशेषत: नेपालमा सामूहिक लगानी भित्र्याउन खडा गरिएको संस्था हो। तर पछिल्लो समयमा एनआरएनए त्यस्तो देखिएको छैन। यो एउटा विदेशिएको नेपालीको चुनाव गराएर पद बाँडफाँट गर्ने एक कर्मकान्डी संस्था जस्तो देखिएको छ।

विभिन्न डोमेनमा अनुभव भएका लाखौं दक्ष एनआरएन छन्। कोही संस्थाको छाता मुनि होलान कोही बाहिर छन्। तर एनआरएनले नेपालमा प्रविधि र विकास भित्र्याउनको लागि यी दक्ष एनआरएनहरुलाई प्रयोग गर्न सक्छ। एनआरएनएले मिडिएटरको रुपमा काम गर्न सक्छ। अझै विदेशिएका नेपालीहरुसँग पैसा संकलन गरेर देशमा मेघा प्रोजेक्टहरु सञ्चालन गर्न सक्छ।

विदेशमा भएका फ्रिल्यान्सिङका प्रोजेक्टहरुलाई टपक्क टिपेर नेपालका युवालाई रोजगारी दिने वातावरण सृजना गर्न सक्छ। जसरी भारत, चीन र पाकिस्तानले गरेका छन् त्यसरी नै नेपालले पनि यो ग्लोबल प्रविधिको लाभ लिन सक्छ।

विदेशबाट विशेषगरी अमेरिकन कम्पनीका फ्रिलेन्स कामहरु व्यक्तिगत रुपमा नेपालीहरुले पनि गरेका छन्, तर सरकार र संस्थागत रुपमा गरेको देखिँदैन। यसमा एनआरएनएले सुरुवात गर्न सक्छ। सफ्टवेयर डेभलपमेन्ट, सफ्टवेयर डिजाइन, अकाउन्टिङ, प्रोजेक्ट म्यानेजमेन्ट जस्ता थुप्रै कामहरु छन्, नेपालीले सस्तो मूल्यमा गरेर धेरै गाह्रकहरु तान्न सक्ने। तर यथेष्ठ पहल भएको छैन।

भारतबाहेक अन्य देशमा करिब साठी लाख नेपाली रहेको अनुमानित तथ्यांक छ। साठी लाख मध्येमा दश लाखलाई मात्रै एनआरएनएको सदस्यता दिएर नेपालमा लगानी गर्ने वातावरण मिलाउने हो भने एक जना लगानीकर्ता एनआरएनबाट कम्तिमा एक हजार डलर संकलन गर्न सकिन्छ। दश लाख जनाले एक हजार मात्रै लगानी गर्ने हो भने एकै पटकमा कूल एक बिलियन डलर उठाउन सकिन्छ, जुन पैसाले नेपालमा अत्यावश्यक पूर्वाधार निर्माण हुन्छन्। यो काम यदि एनआरएनएले चाहने हो भने असम्भव पनि छैन। कनिका छरे जस्तो विकास मोडल होइन कि रिसर्चमा आधारित अन्तराष्ट्रिय स्तरको दीगो विकासको वातावरण बनाउने हो।

एनआरएन वास्तवमा सानासाना सामाजिक संस्थाले गर्ने कामहरुमा अड्किएको छ। एक बोरा चामल बाँडेको, पाँच थान कम्बल बाँडेको जस्ता समाचारमा एनआरएनहरुले मजा लिएका छन्। गत हप्ता एनआरएनए एनसीसीका महासचिवद्वयको प्रतिवेदन आएको थियो। लामो समयपछि प्रतिवेदन पढ्न पाउँदा खुशी लाग्यो। प्रतिवेदन नै नल्याउने संस्थाको प्रगति प्रतिवेदन पढ्दा मन खुशी भयो। तर प्रतिवेदनमा एनआरएनए संस्थाले के गर्नु पर्ने हो त्यो थिएन।

चरालाई कनिका छरे जस्तो चुरचुर कतै सहयोग गरेको, कतै शौचालय बनाएको, कतै २/४ वटा घर बनाइदिएको जस्ता काममा एनआरएन व्यस्त भएको देखियो।
उदाहरण हेरौं,
एनआरएनको अहिलेको मोडलः कुपोषण भएका १०० जना बालबालिकालाई एनआरएनए आइसीसी अध्यक्षले एक/एक लिटर दूध वितरण गर्नु भयो।
हुनुपर्नेः एनआरएन आइसीसीले नेपाल भरी पुग्ने गरी दूध उत्पादन गर्ने उद्योग खोल्यो। जसको कारण देशभरीका जनताले बजारमा चलेको भन्दा प्रति लिटर ५ रुपैयाँ कममा दूध पाउने भए, देश भरी १० हजार जनाले प्रत्यक्ष रोजगारी पाए। यसका साथै उद्योग चलेपछि लगानीकर्ता एनआरएनहरु पनि फाइदामा।

एनआरएनएले २/४ परिवारलाई फ्रिमा दूध बाँड्ने होइन, नेपाल भरी पुग्ने गरी दूध उत्पादन गर्ने उद्योग खोल्ने हो। एम्बुलेन्स बाँड्ने भन्दा अरु सामान्य सवारी साधन बिना रोकावट चल्ने द्रुत मार्ग बनाउने हो। जसबाट हुने आम्दानीले लगानीतर्तालाई धनी बनाउने हो। एनआरएनएले यसको नेतृत्व गर्न सक्छ र गर्नुपर्छ।

नेपालको द्रुत विकास गर्न सकिने एक मात्रै सजिलो उपाय एनआरएनसँग सहकार्य नै हो। रेमिट्यान्स भित्र्याएर देश चलाउन सक्ने एनआरएनहरुले देश विकासमा हातेमालो गर्न पछि हट्नु हुँदैन। यसको लागि नेपाल सरकार चनाखो भएर एनआरएनको पक्षमा कानुन बनाएर देशलाई समृद्धिको बाटोमा लानुपर्छ।

वातारण बन्यो भने लाखौं एनआरएनहरु थैलीमा आफ्नो पसिनाको कमाइ लिएर फर्किने छन्। बस, यो जीवन अन्त्य हुनुपूर्व नेपाल समृद्ध भएको हेर्ने रहर छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्