• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ४, २०८३ Sun, Sep 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

फोहोर व्यवस्थापनको मुद्दा जनप्रतिनिधिको टाउको दुखाई: खेतबारीमै प्लास्टिक पुग्दा किसान हैरान

64x64
ललित बोहरा शुक्रबार, कात्तिक ३, २०८०  २०:०७
1140x725

डडेल्धुरा– सुदूरपश्चिम प्रदेशका जिल्ला सदरमुकामका अधिकांश स्थानीय तहलाई फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ। यहाँका पहाडी जिल्लाका स्थानीय तहहरुले फोहोरलाई कुनै एक जंगलमा समान्य खाल्टो खन्नेर राख्ने र जलाउने गरेका छन्।

फोहोरलाई कुहिने र नकुहिने छुट्याउन नसकेर वातावरणमा त नकारात्मक असर परेकै छ तर ठूलो मात्रमा प्रांगारिक मल पनि खेर गहिरहेकोप्रति यहाँका स्थानीय तहले चासो दिएका छैनन्।

यसको एक उदाहरण बन्नेको छ डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका। अमरगढीले वडा नम्बर ७ को उग्रतारा–मेलौली सडक खण्डको किनारमा करिब ३ वर्ष जमीन भाडामा लिएर डम्पिङ साइट बनायो।

यहाँ खाल्डो नबनाई दैनिक रुपमा नगरपालिकाका स्पिरहरुले आगो लगाउन थालेपछि दुमडा, रातोगुन तथा पोखरा बजार क्षेत्रमा दुर्गन्ध फैलियो। त्यसपछि त्यहाँका नागरिक स्वच्छ वातावरणमा बाँच्च पाउने आफ्नो अधिकारका लागि संघर्षमा उत्रिए। 

फलस्वरुप डम्पिङ साइट रातोगुनबाट सर्नुपर्ने निर्णयमा अमरगढी नगरपालिका पुग्यो। तर नगरपालिकाले सुरक्षित डम्पीङ साइट अर्थात् फोहोर विसर्जन गर्न जग्गा नै पाएन। अन्तत: सुन्दुर डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिका ५ सुदूर हरियाली देखिने तथा डिभिजन वन कार्यालय नजिककै खंलगा सामुदायिक वनमा फोहोर फाल्ने स्थान बनायो।

त्यहा पनि समान्य खाल्डो निर्माण गरेर नगरपालिकाको फोहोर विसर्जन गर्ने र खाडल बाहिर आएको फोहोर(प्लास्टिकजन्य सामाग्रीहरु) जलाउन थाल्यो। 

सामुदायिक वनका अध्यक्ष तथा केही उपभोक्ताहरुले त्यहाँ फोहोर फाल्न अनुमति दिए अनुसार नगरपालिकाको फोहोर फाल्न थालेको अमरगढी नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख लालबहादुर साउँदले बताए।

‘हामीले सामुदायिक वनमा अर्को व्यवस्था नभएसम्मका लागि फोहोर व्यवस्थापन गर्न अनुमति लिएका हौं,’ साउँदले भने, ‘यहाँका कसैले जग्गा दिँदैनन्, सूचना पनि निकालेको भाडामा दिनका लागि तर मिलेन। अब नयाँ खरिद प्रक्रिया नै सुरु हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

हुलाक डाँडा भनेर परिचित वनमा जलाइएको फोहोरको प्रदूषण बाघबजार र मालम तथा राईका गाउँका स्थानीय नागरिकको नाकसम्मै पुग्छ। जलाइएको फोहोरबाट निस्किएको धुँवाले आफूहरुलाई असहज महसुस भइरहेको स्थानीयको गुनासो छ।

उक्त स्थानबाट फोहोर हटाउन माग गर्दै स्थानीय सुरत तमोलीको नेतृत्वमा सघंर्ष समिति नै बनाएर नगरपालिका कार्यालय घेराउसमेत गरिएको छ। नगरपालिकाले ८ महिनादेखि आफ्नो गाउँ आउने–जाने बाटोमै तथा समुदायिक वनमा डम्पिङ साइट बनाएर फोहोर फाल्दै आएका कारण आन्दोलनमा उत्रिनुपरेको स्थानीय सुरेन्द्र मालीले बताए।

antolan-phoharka-lagi-1697619718.jpg

उनका अनुसार मालको तल्लो क्षेत्रमासमेत फालिएका प्लास्टिकजन्य वस्तु खेतबारीमै पुगेका छन्। स्याउले बजारको प्लास्टिकजन्य फोहोर खेतमै पुगेपछि तरकारीदेखि अन्य बालीनालीमा क्षति पुगेको उनले बताए। ‘स्याउने बजारको फोहोर र बागबजारको फोहोर हाम्रो खेतबारीमै पुग्‍छ। स्थानीय सरकारले हाम्रो समस्या बुझ्नुपर्छ। नत्र हामी फेरि आन्दोलनमा उत्रिन्छौं,’ उनी भन्छन्।

प्लास्टिकजन्य फोहोर खेतमा थुप्रिन थालेपछि खेतबारी बाँझै छाड्नुपर्ने अवस्था आउन लागेको स्थानीय कृषक विष्णु भट्टले बताए। ‘कहिले जंगली जनावर त कहिले प्लास्टिक नै प्लास्टिकले हाम्रा खेत बाँझा हुँदैछ’, उनले भने। 

डिभिजन वन कार्यालय डडेल्धुराको नजिककै दुई स्थानमा डम्पिङ साइट बनाएको छ। यहाँ जलाएको धुवाले यहाँका अन्य रुखहरुमा असर परेको छ भने वरपरका हुर्किँदै गरेका बोटविरुवासमेत मर्न थालेका छन्। 

‘यो डम्पिङ साईट जंगलमा राख्नु उचित हैन। तर हामी आउनुभन्दा पहिले नै राखेको रहेछ। पहिलेका कार्यालय प्रमुखसँग नगरपालिकाले के कुरा गरेर अनुमति पाएको हो हामीलाई थाह छैन,’ डिभिजन वन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर बोहराले भने, ‘पहिले हाम्रो कार्यालय र निवास तल थियो। त्यसबेला हाम्रो कार्यालयसम्म नै गन्ध आउँथ्यो। अहिले त डम्पिङ साइट वरपर विरुवा पनि छैनन्।’

खाल्डाहरु थपिदै गए जंगल मासिदै जाने र दैनिक प्लास्टिक जलाउँदा त्यस वरपरका विरुवा पनि मर्दै जाने उनको भनाइ छ। 

अमरगढी नगरपालिकाले स्थानीय वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७८ स्थानीय राजपत्रमा प्रकाशित गरेको छ। ऐनको परिच्छेद २ को दफा ३ मा ‘आफ्नो क्षेत्राधिकार क्षेत्रभित्र वातावरण संरक्षण गर्न प्रमुख जिम्मेवारी नगरपालिकाको हुनेछ’ भनी उल्लेख गरेको छ।

त्यसै ऐनको परिच्छेद २ दफा १२ मा ‘जलवायु परिर्वतनको प्रतिकूल असर न्यूनीकरण र संम्भावित जोखिमबाठ बच्नका लागि कार्यपालिकाले अनुकुलन योजना बनाई कार्यान्वय गर्ने छ’ उल्लेख छ भने परिच्छेद २ दफा १३ मा ‘हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण गर्न आवश्यक कार्यक्रम सञ्चालन गर्ने’ लेखिएको छ। तर यो कानुन बनेको दुई वर्ष बितिसक्दा पनि नगरपालिकाले त्यस्तो कुनै पनि योजना वा कार्यक्रम बनाएको छैन। न त कुनै शीर्षकमा बजेट नै छुट्याइएको छ। 

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले फोहोर व्यवस्थापन केन्द्र बनाउने योजनाका साथ जग्गा प्राप्ती प्रक्रिया थालिएको बताए। ‘जग्गा माग गरिएको थियो। निःशुल्क कसैले दिएनन्। अब खरिद गर्न प्रक्रियामा गएका छौ,’ उनले भने, ‘फोहोरकै कारण कृषिमा क्षति पुगर्को भए हामी क्षतिपूर्तिका लागि सौच्छौं, मलाई लाग्छ त्यो भएको छैन होला।’

हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि बजेट छुट्याउन पहल गरे पनि संम्भव नभएको तथा जनप्रतिनिधीहरुलाई बुझाउनै समस्या भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले बताए।

कुहिने र नकुहिने फोहोरलाई अलग गरी कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउन सकिने र त्यसले स्थानीय किसानलाई मल अभावको समस्याबाट पार लगाउन सकिने कृषि विज्ञ डा दिलबहादुर विष्टले बताए। 

‘धेरैजसो कुहिने फोहोरलाई गलाएर कम्पोस्ट मल बनाउन सकिन्छ, युरिया, डिएपी, नाइट्रोजन, फस्पोरस, पोटास सबै हुन्छ। बजारबाट किन्नु पर्दैन,’ डा विष्टले भने, ‘अरु देशमा त्यही फोहोरलाई मोहर बनाएको छ। हाम्रोमा छि:छि गर्छन्। स्थानीय तहले यसका लागि केही विशेष विशेष योजनाहरु ल्याउनुपर्छ।’

स्थानीय तहका प्रतिनिधिहरुलाई जहिलै पनि फोहोर व्यवस्थापन टाउको दुखाई बनेको छ। डडेल्धुरालाई ग्रिन सिटी बनाउने चुनावी प्रतिबद्धतामै लेखेर जितेका अमरगढी नगरपालिका नगर प्रमुख डिल्ली राज जोशीले फोहोरलाई उचित व्यवस्थापनको प्रयास गरिहेको बताए।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  २०:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ललित बोहरा
ललित नेपाल लाइभका संवाददाता हुन्
लेखकबाट थप
दल बदलेपछि बैतडीका एक जनप्रतिनिधि पद मुक्त
हजारौँ रोपनी जमिनमा सिँचाइ गर्ने २० लाख लिटर क्षमताको पोखरी पुनर्निर्माण गर्ने भएपछि कृषक उत्साहित
बैतडीमा ४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रधानाध्यापक पक्राउ
सम्बन्धित सामग्री
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८... आइतबार, असोज ४, २०८३
परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउन मन्त्री खनाल... आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो शनिबार साँझ लक्ष्मीनारायण मन्दिरअगाडि गोली प्रहारबाट घाइते भएका स्थानीय २४ वर्षीय निरजकुमार यादवको शरीरमा लागेको गोली आइतबार बिहान श... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बाढीबाट प्रभावित बालबालिकाका लागि झन्डै ५८ करोड सहयोग गर्ने घले दम्पतीको घोषणा आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड आइतबार, असोज ४, २०८३
नयाँ टियागो ईभीमा ‘जोयफुल विक’ अफर, ४.३ लाख डाउनपेमेन्टमै गाडी लैजान सकिने आइतबार, असोज ४, २०८३
कांग्रेस महाधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न आइतबार, असोज ४, २०८३
पूर्वमन्त्री कार्की कांग्रेसको वडा तहबाट क्षेत्रीय प्रतिनिधि चयन आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
देवानगञ्जमा गोलीकाण्ड : घाइते युवकको पहिचान खुल्यो, गोली चलाउनेको खोजीमा प्रहरी शनिबार, असोज ३, २०८३
देवानगन्ज घटना: प्रहरीले सार्वजनिक गर्‍यो पक्राउ परेका दुई जना, गोली चलेको विषयमा मौन शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्