• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज १८, २०८३ Sun, Oct 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

यी चर्चित व्यक्ति, जसको जेलमा बित्नेछ यसपालिको दशैं

64x64
नेपाल लाइभ शनिबार, कात्तिक ४, २०८०  ०६:५२
1140x725

काठमाडौं- नेपालीको महान चाड बडा दशैंले छोपिसकेको छ। शहरबाट घर फर्कनेहरु टिकट लिन र बस चढ्न लाइनमा छन् भने हवाई मार्गबाट जानेहरु पनि टिकट नपाएर तनावमा छन्। कतिपय त दशैं मनाउन आफ्नो गाउँ-ठाउँ पुगिसकेका छन्। 

मुलुकमा दशैंको खुसियाली छाइरहेका बेला केही चर्चित राजनीतिक व्यक्तिसहित व्यापारीहरुको दशैं भने जेलमै मनाउने भएका छन्। विभिन्न भ्रष्टाचार र ठगी प्रकरणका अदालतको आदेशले थुनामा रहेका उनीहरुले दशैं जेलमै बिताउनुपर्ने भएको हो। 

पूर्व गृहमन्त्री बालकृष्ण खाण 
दशैंमा सधैं कार्यकर्ताले घेरिएर रहने नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले यस पटक जेलमै दशैं मनाउनुपर्ने भएको छ। जिल्ला अदालत काठमाडौंको आदेशले पूर्पक्षका लागि थुनामा रहेका उनलाई रिहाइ गर्ने आदेश उच्च अदालत पाटनले समेत नदिएकाले उनले जेलमा नै दशैं मनाउनुपर्ने भएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले खाणलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। 

खाण २०८० असार १ गतेदेखि सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका छन्। गृहमन्त्री हुँदा नक्कली भुटानी शरणार्थी बनाउने कार्यमा सहयोग गरेको भन्दै उनी विरुद्ध जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। उक्त मुद्दामा सुुनुवाइ गर्दै अदालतले उनलाई थुनामा पठायो। त्यस विरुद्ध खाणले उच्च अदालत पाटनमा निवेदन दिएका छन्। तर उक्त निवेदनमा अदालतले एकपछि अर्को आदेश गर्दै टार्दै आएको छ।  

काठमाडौं जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो। तीमध्येका एक पूर्व गृहमन्त्री खाण पनि थिए। 

पूर्व उपपप्रधानमन्त्री टोपबहादुर रायमाझी
माओवादी आन्दोलनबाट उदाएका नेता टोपबहादुर रायमाझी पनि नक्कली भुटानी शरणार्थी प्रकरणमै जेलमा छन्। रायमाझी आफूमात्र नभई छोरासहित थुनामा छन्। 

नेकपा विभाजन हुँदा माओवादी छोडेर एमाले भएका उनी पार्टीको सचिव समेत भएका थिए। अर्घाखाँचीबाट प्रतिनिधि सभामा जितेर सांसद भएका उनी हाल निलम्बित अवस्थामा छन्। 

उनी नेपाली कांग्रेसका नेता खाणसँगै जेलमा छन्। यी दुई नेता ३५ वर्षअघि पञ्चायतकालमा सँगै जेल परेका थिए। २०४५ सालमा पञ्चायत विरुद्ध उत्रँदा उनीहरूलाई थुनिएको र तीन महिनापछि छुटेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

एउटै जेलमा रहे पनि रायमाझीलाई भने भेट्ने मानिस कम आउने गरेका छन्। उनले माओवादी छोडेकाले उक्त पार्टीका कार्यकर्ता र नेता आउँदैनन्। उनले पनि जिल्लाको फैसला विरुद्ध उच्च अदालत पाटनमा निवेदन दिएका छन्। उक्त निवेदन खाणको मुद्दासँगै राखिएको छ। 

त्यस्तै, उनीसँगै छोरा सन्दीप रायमाझी पनि छन्। सन्दीपलाई अलग कोठामा राखिएको छ। उनीहरुले जिल्ला अदालतको आदेश त्रुटिपूर्ण भएको दाबी उच्चमा गरेका छन्। तर उक्त कुराको सुनुवाइ हुँदै आदेश भने उनीहरुको पक्षमा हुन सकेको छैन। 

सचिव टेकनारायण पाण्डे 
२०८० वैशाख २० गते उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानका लागि भन्दै पक्राउ गर्‍यो। गृहसचिव हुँदै उपराष्ट्रपति कार्यालय पुगेका पाण्डेलाई केही दिन पछ्याउँदै पक्राउ गरेको थियो। 

उनलाई पक्राउ गर्नुको कारण थियो, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिनु। उनी विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भयो र असोज १ गते जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठायो। गृहसचिव हुँदा उनले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउँदै अमेरिका पठाउने कार्यमा घुस लिएको अभियोग आरोपपत्रमा लगाइएको छ। उनले पनि जिल्ला अदालतको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिएका छन्। सचिव पाण्डेको निवेदन पनि खाण र रायमाझीको निवेदनसँगै राखिएको छ।  

Xtrem

Xtrem

व्यवसायी इच्छाराज तामाङ 
संविधान सभाका सदस्य एवं एमाले नेता समेत रहेका व्यवसायी इच्छाराज तामाङ सर्वसाधारणको वचत रकम ठगी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका छन्। 

२०७९ को १७ असोजमा दशैं मनाउने तयारीमा रहेको अवस्थामा उनलाई सीआईबीको टोलीले पक्राउ गरेको थियो। 

जेलबाट बाहिर बसेर मुद्दा लड्नका लागि जिल्ला अदालतका न्यायाधीशलाई कानुन व्यवसायीमार्फत घुस दिन खोजेको अडियो सार्वजनिक समेत भयो। उनी डिल्लीबजार कारागारमा छन्।

संविधान सभामा एमालेबाट समानुपातिक कोटामा सभासद समेत बनेका तामाङ अर्बपति व्यापारी थिए। 

२०७८ पुसमा सिभिल सहकारी ठगी प्रकरणका दुई मुख्य आरोपी पूर्वअध्यक्ष तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ पुर्पक्षका लागि जेल चलान गर्ने आदेश जिल्ला अदालतले गरेको हो। 

संगठित अपराध र ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा पठाएको छ। उनको निवेदन उच्च अदालत पुगे पनि उच्चले धरौटीमा रिहा गर्न अस्वीकार गरेपछि उनी फैसला नभएसम्म थुनामै बस्नुपर्ने भएको छ। 

सिभिल सहकारी ठगीमा सीआईबीले पक्राउ गरेका १२ मध्ये ९ जनालाई धरौटीमा छाड्ने तथा एक जनालाई साधारण तारेखमा छाड्ने अदालतले आदेश गरेकोमा तामाङलाई भने थुनामा पठाएको थियो। 

एक हजार पाँच सयभन्दा धेरै निक्षेपकर्ताले पाँच अर्ब ७७ करोड ठगी भएको भन्दै जाहेरी दिएका थिए।  

पूर्वसांसद समेत रहेका तामाङले आकर्षक ब्याजको प्रलोभनमा सहकारीमा पैसा जम्मा गर्न लगाई सहकारीको नियम विपरीत कर्जा आफ्नै कम्पनीको नाममा प्रवाह गरेका थिए। ती कम्पनीबाट भएको आम्दानी लुकाएर सहकारीको कर्जा नतिरेपछि संस्था समस्यामा परेको थियो। 

पूर्व डीआईजी रञ्जन कोइराला 
सशस्त्र प्रहरीकाका डीआईजी रहेका रञ्जन कोइराला एक पटक रिहा भएर दोस्रो पटक जेलमा छन्। श्रीमतीको विभत्स हत्या गरेको आरोपमा दोषी ठहर भएपछि उनी जेल परेका थिए। केन्द्रीय कारागारमै सजाय काटिरहेका उनी तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गरेको फैसलाबाट छुटेका थिए। तर सर्वोच्चले नै उक्त फैसला उल्ट्याएपछि उनी थुनामा रहेका छन्। 

डीआईजी कोइरालाले पहिले पत्नी गीता ढकालको हत्या गरी शरीर टुक्रा पारेर टिस्टुङको जंगलमा जलाएका थिए। उनलाई २० वर्ष कैद सजाय सुनाइएको थियो। पत्नी हत्याको अपराध सावित भए पनि जबराको इजलासले १२ वर्ष सजाय घटाइदिएपछि कोइराला २०७७ साउन ८ गते जेलमुक्त भएका थिए। पछि सरकारले पुनरावेदन गरेपछि उनको फैसला उल्टियो। 

राहुल महरा 
माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पछिल्लाो पटक जेलमा पुगेका व्यक्ति हुन्। भेपमार्फत ९ किलो सुन तस्करी प्रकरणमा उनी जिल्ला अदालत काठमाडौंको आदेशले पुर्पक्षका लागि थुनामा परेका हुन्। पहिलो अभियोगपत्रमा छुटेका महराको विषय सार्वजनिक सञ्चार मााध्यमले प्रश्न उठाएपछि पुन अनुसन्धान गरी पुरक मुद्दा दायर गरेको थियो।

उक्त अनुसन्धानमा माओवादी केन्द्रका उपाध्यक्ष महरा बाबु-छोरामाथि केन्द्रित थियो। तर सीआईबीले महरालाई सरकारी साक्षीको रुपमा मात्र पेस गरेर राहुललाई मात्र मुद्दा दायर गर्नुपर्ने राय दियो। उक्त राय अनुसार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्‍यो। असोज २६ गते जिल्ला अदालतते उनलाई थुनामा पठाएको हो। 

भुटानी नेता टेकनाथ रिजाल 
भुटानी शरणार्थी प्रकरणमा परेका टेकनाथ रिजाल पनि थुनामा रहेका छन्। २०८० जेठ ४ गते नक्कली भुटानी शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ परेको थियो। झापाबाट बयानका लागि उनलाई काठमाडौंमा ल्याइएको थियो। जिल्ला अदालतमा रिजाल सहितलाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरियो।

जिल्ला अदालतले उनलाई पनि पुर्पक्षका लागि थुनामा पठायो। उक्त निर्णय विरुद्ध उच्च अदालतमा निवेदन दिए पनि हालसम्म रिहा गर्ने आदेश भएको छैन।  

समीरमान बस्नेत 
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनमाथि गोली प्रहार गरी हत्या गरेको अभियोगमा गुन्डा नाइके समीरमान बस्नेत थुनामा छन्। २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौं महानगरपालिका वडा नम्बर ३१ को प्रयागचोकमा गोली प्रहार गरी गौचनको हत्या गरिएको थियो।

उक्त घटनाको अनुसन्धानमा समीरको संलग्नता देखिएपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो। जिल्ला अदालतले उनलाई थुनामा पठाएको थियो।
 

प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  ०६:५२
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न
सम्बन्धित सामग्री
सिरहामा ११० किलो गाँजासहित ३ जना पक्राउ सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार विशेष सूचनाका आधार... शनिबार, असोज १७, २०८३
चाडपर्वमा काठमाडौंमा ३ हजार सँच सय ६ प्रहरी परिचालन गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) दानबहादुर थापाले चाडपर्वका समयम... शुक्रबार, असोज १६, २०८३
परीक्षामा पास गराइदिने प्रलोभन देखाएर छात्रामाथि यौन दुर्व्यवहार, शिक्षक पक्राउ जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–४ स्थायी घर भई हाल रामेछापको सुनापति गाउँपालिका–५ बस्... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा आइतबार, असोज १८, २०८३
संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ : गगन थापा आइतबार, असोज १८, २०८३
रेड बुल १३औँ कृति अवार्ड्स २०८३ अन्तर्गत ‘कृति कनेक्ट’ कार्यक्रम भव्य रूपमा सम्पन्न आइतबार, असोज १८, २०८३
देउवा लक्षित रवि लामिछानको टिप्पणी ‘फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, सुझाव दिन चाहन्छु’ आइतबार, असोज १८, २०८३
कांग्रेसको शक्ति नै उसको लामो राजनीतिक इतिहास हो : रवि लामिछाने आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
रास्वपाद्वारा विभाग प्रमुख र उपप्रमुख मनोनयन, को-कोले पाए कुन-कुन विभाग? शनिबार, असोज १७, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्