• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशीमा देखिएका तीन अस्वीकार

64x64
किशोर दहाल सोमबार, असोज २९, २०८०  १५:०४
1140x725

काठमाडौं- कोशी प्रदेशको मुख्यमन्त्रीका लागि बिहीबार केदार कार्की र इन्द्र आङ्बोले दाबी पेश गरे। कार्कीले कांग्रेसका आठ र एमालेका ३९ सांसदको हस्ताक्षरयुक्त समर्थन पेस गरेका थिए। उता गठबन्धनका तर्फबाट आङ्बोले दलीय समर्थन बुझाएका थिए।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति तथा राजमोले आङ्बोलाई समर्थन गर्ने भन्दै निर्णय गरेका थिए। गठबन्धनको निर्णयप्रति असन्तुष्ट कांग्रेसका शेखर कोइराला पक्षका सांसदहरूले एमालेसँग ‘गठबन्धन’ गरेका थिए।

संवैधानिक अपेक्षा अनुसार सांसदकै हस्ताक्षर बुझाएका कारण कार्कीको सम्भावना बलियो थियो। तर, मुख्यमन्त्री नियुक्त गर्ने आधिकारिक व्यक्ति प्रदेश प्रमुखमाथि संघीय सत्ताको अवाञ्छित दबाब हुने गरेको विगतमा रहेकाले कोशीमा पनि गडबडी हुनसक्ने आशंका पनि थियो। तर कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले हस्ताक्षर गरेका सांसदहरूको सनाखत गर्ने विवेकपूर्ण बाटो प्रयोग गरे। आङ्बोलाई समर्थन गर्ने सांसदहरू सनाखतमै गएनन्, कार्कीको पक्षमा बहुमत सांसदले सनाखत गरिदिए। अन्ततः कार्की नै मुख्यमन्त्री नियुक्त भए।

कार्कीको नियुक्तिलाई लिएर विभिन्न कोणबाट आकलन र विश्लेषण भइरहेका छन्। यहाँ भने उनको नियुक्ति प्रक्रियासँग जोडिएका तीन किसिमका अस्वीकारलाई चर्चा गरिन्छः

कांग्रेसमा देउवाको जथाभावी अस्वीकार
कांग्रेसमा सभापति शेरबहादुर देउवाले जे चाह्यो, त्यही हुने गरेको विगत छ। देउवाको चाहना जतिसुकै विवादित हुने गरे तापनि पार्टी त्यसमै लतारिने गरेको थियो। उनका अगाडि संस्थापनइतर समूह प्रभावहीन देखिएको थियो। एक मात्रै होइन, कैयौं निर्णयमा यस्तै हुँदै आएको छ।

कोशीमा पनि देउवाले पुरानै तरिका अपनाए। असोज २५ गते उनले माओवादी केन्द्रलगायत गठबन्धनका दलहरूको बैठकबाट कोशीको मुख्यमन्त्रीमा आङ्बोलाई समर्थन गर्ने निर्णय गरे। सुरुवातमा सत्ता गठबन्धनमा भागबण्डा हुँदा कोशीको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति थियो। दुई पटक कांग्रेसबाट उद्धव थापा मुख्यमन्त्री पनि बने। यसपटक भने थापाको सम्भावना नरहेपछि देउवाले पार्टीभित्रै शेखर कोइराला समूहका नेतालाई अवसर दिनेभन्दा माओवादी केन्द्रलाई अवसर दिनु उचित ठाने।

२५ गतेको निर्णयबाट असन्तुष्ट शेखर कोइरालाले देउवालाई चुनौती दिए। देउवाको स्वेच्छाचारितालाई अस्वीकार गरिदिए। उनले आफू निकटका प्रदेश सांसदहरूलाई विद्रोह गर्न उत्प्रेरित गरे। त्यसको केन्द्रीय नेतृत्वको रुपमा भरोसा दिलाए। अन्ततः सफल पनि भए।

कोइराला पक्षको अस्वीकार मात्रै होइन, देउवा पक्षकै नेताले पनि उनको निर्णयलाई अस्वीकार गरेको देखियो। कोशीका संसदीय दलका उपनेता हिमाल कार्कीको राजीनामा त्यसकै उदाहरण हो।

Ncell 2
Ncell 2
nimb
nimb

प्रदेशमाथि केन्द्रको स्वेच्छाचारिता अस्वीकार
संघीय प्रणाली अभ्यास गर्न थालिएको करिब ६ वर्ष भयो। संघीयता पक्षधरहरूले साह्रै आलोचना गर्ने एउटा विषय हो- प्रदेशको राजनीतिमाथि संघीय/केन्द्रीय राजनीतिको प्रभाव। अहिलेसम्म प्रदेशमा सरकार बनाउने र ढाल्ने कामको निर्धारण केन्द्रबाट हुँदै आएको छ। गठबन्धन बनाउने र भत्काउने विषय प्रदेशको पार्टी कमिटी/समितिको विवेकमा होइन, केन्द्रीय तहको मनोमानीमा हुँदै आएको छ।

संघीय सरकार गठनअघि बन्ने केन्द्रीय गठबन्धनका बेलामा प्रदेशहरूको पनि भागबण्डा हुने गरेको छ। जसअनुसार, कुन प्रदेशमा कुन दलका कसलाई मुख्यमन्त्री बनाउने, कसलाई सभामुख बनाउने, कुन पार्टीबाट कतिलाई मन्त्री बनाउने, कुन मुख्यमन्त्रीलाई राजीनामा दिन लगाउने जस्ता झिनामसिना र प्रदेशगत राजनीतिको विषय पनि केन्द्रले नै निर्धारण गर्दै आएको छ। अझ यस्ता निर्णयहरू प्रधानमन्त्री निवास बालुवाटारबाट हुँदै आएको छ। [विस्तृतमा पढ्नुहोस्- संघीयताको मर्म मिचेर प्रदेशको राजनीति निर्धारण गर्दै बालुवाटार ]

यसपटक पनि यस्तै प्रवृत्ति देखिएको थियो। कोशी प्रदेशमा आङ्बोलाई मुख्यमन्त्री बनाउने भनेर असोज २५ गते बालुवाटारमा सात पार्टीको तर्फबाट निर्णय नै गरिएको थियो। तर, त्यसलाई अस्वीकार गरेर कोशी प्रदेशमा कार्की नेतृत्वको सरकार बनेको छ। यसमा कांग्रेस नेता शेखर कोइराला र एमाले अध्यक्ष केपी शर्मा ओलीको गुप्त सहकार्य त देखिन्छ, तर बालुवाटारको मनोमानी भने परास्त भयो।

हैसियतभन्दा बढी माओवादीको रहर अस्वीकार
सुरुमा केन्द्रीय सरकारकै कुरा गरौं। प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले ८९, एमाले ७८ र माओवादी केन्द्रले ३२ सिट जितेका थिए। स्वभाविक अवस्थामा कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने हो। तर न्यून सिट संख्यासहित तेस्रो ठूलो पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सो पद हत्याए। कांग्रेस र एमालेबीच खेल्दै उनले सो पद आफ्नो पोल्टामा पारेका थिए।

कांग्रेस र एमालेको सहकार्य हुने स्थितिमा प्रचण्डको पद तत्कालै गुम्न पनि सक्छ, ती दुई पार्टीबीच एकले अर्कोलाई रोक्ने खेल चलिरहँदा उनको पद सोचेभन्दा लामो हुन पनि सक्छ। तर ३२ सिटको पार्टीले सरकारको नेतृत्व गरिरहेको, जुन निर्वाचनको आदेश होइन, त्यसको भने आलोचना पनि हुने गरेको छ। त्यसको बोध स्वयं प्रचण्डलाई पनि छ। त्यसैले उनले आफूहरूलाई ३२ सिटे भनेर हेप्ने गरिएको भन्दै सार्वजनिक कार्यक्रममै बताइसकेका छन्।

अब लागौं कोशीतिर। कोशीमा पनि माओवादी केन्द्र न्यून सिट संख्यासहित तेस्रो ठूलो पार्टी हो। ९३ सदस्यीय प्रदेश सभामा एमालेले ४० र कांग्रेसले २९ सिट जितेका थिए। गत पुस २४ गते एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएपछि तत्कालीन सत्ता साझेदार दलहरूबीच सातै प्रदेशको सत्ता बाँडफाँट हुँदा कोशीको मुख्यमन्त्री एमाले नै पाउने सहमति भयो। माओवादी केन्द्रको कोशी नेतृत्वले भने आलोपालो हुनुपर्ने अडान राखेको थियो। तर अन्तिममा उनीहरू केन्द्रीय निर्णय मान्न बाध्य भए। पछि गठबन्धन फेरियो। त्यतिबेलादेखि नै कोशीको सरकारको नेतृत्व गर्न माओवादी केन्द्रले प्रयास गरिरहेको थियो। यद्यपि, केन्द्रीय स्तरमा सहमति हुँदा सो प्रदेश कांग्रेसको भागमा पर्‍यो। कांग्रेसबाट दुई पटक उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन्।

पछिल्लो पटक जब सत्ता परिवर्तन हुने भयो, माओवादी केन्द्रको रहर पुनः ब्यूँतियो। असोज २५ गते बालुवाटारमा गरिएको सहमति त्यसको अभिलेख मात्रै हो। तर कोशीमा माओवादी केन्द्रको रहर भने अस्वीकार गरियो। खासगरी कांग्रेसका सांसदहरूले तेस्रो पार्टीका नेतालाई सत्ता सरकार गठनका लागि सघाउन तयार भएनन्। उनीहरूले पार्टीभित्र विद्रोह गर्ने आँट गरे। अन्ततः सफलता पनि प्राप्त गरे।

प्रकाशित मिति: सोमबार, असोज २९, २०८०  १५:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश न्यायाधीश डा. नहकुल सुवेदी र शान्तिसिंह थापाको इजलासले पक्राउ परेका व्यक्ति भाग्ने जोखिममा रहेको, हिंसात्मक व्यवहार गरेको वा आफू तथा... सोमबार, असोज ५, २०८३
राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित, के–के छन् व्यवस्था? विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीमा देशप्रेम, जनसेवा, राष्ट्रिय एकता, अनुशासन र नैतिकताको भावना विकास गर्ने उद्देश्य राखिएको छ... सोमबार, असोज ५, २०८३
चीनद्वारा बाढी प्रभावित बालबालिकाका लागि एक करोड १० लाख सहयोग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई मन्त्रालयमा उक्त सहयोग रकमको चेक हस्तान्त... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्यूयोर्कमा सोमबार, असोज ५, २०८३
असोज ९–११ मा अति भारी वर्षाको जोखिम, राति यात्रा नगर्न प्राधिकरणको आग्रह सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीको क्षति मापन गर्न २५० भन्दा बढी कर्मचारी फिल्डमा सोमबार, असोज ५, २०८३
अब जोखिम नभएसम्म पक्राउ परेकालाई हत्कडी नलगाउन सर्वोच्चको आदेश सोमबार, असोज ५, २०८३
टेकुमा प्लास्टिक गोदाममा आगलागी सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्