• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तराईदेखि हिमालसम्म: यी हुन् दशैं बिदामा घुम्न सकिने ८ गन्तव्य

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक ३, २०८०  ०८:५४
1140x725

काठमाडौं– नेपालीहरुका लागि सबैभन्दा लामो बिदा दशैंमा हुने गर्छ। दशैं बिदामा साथीभाइ, परिवारसँग घुम्ने रमाइलो गर्ने सबैको चाहना हुन्छ। तर कहाँ घुम्ने भन्नेबारे भने सबैलाई जानकारी नहुन सक्छ। 

करिब एक साताको दशैं बिदामा दूधकुण्ड ताल, कन्चनजंगा बेस क्याम्प, लाङटाङ, अन्नपूर्ण, लगायतका ठाउँ उपयुक्त गन्तव्य हुन सक्ने नेपाल ट्रेकिङ एजेन्सी एसोसिएसनका प्रतिनिधि छिरिङ दोर्जे शेर्पा बताउँछन्। उनका अनुसार दशैं बिदामा यीमध्ये कुनै एक गन्तव्यमा सजिलै घुमघाम गर्न सकिन्छ। 

दूधकुण्ड ताल
सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर र कार्यालुङ हिमालको काखमा रहेको छ दूधकुण्ड ताल। यी दुवै हिमालबाट आएको पानी जमेर बनेको यो ताल समुद्री सतहदेखि झण्डै ४ हजार ७ सय मिटरको उचाइमा छ। यहाँ रमणीय विशाल तालदेखि नजिकै नुम्बुर र कार्यालुङ हिमालको अवलोकन गर्न सकिन्छ।

सदरमुकाम सल्लेरीबाट झण्डै २० कोसको दूरीमा रहेको यो स्थानसम्म आइपुग्न पैदल यात्रा नै गर्नुपर्छ। भौगोलिक रुपमा अत्यन्तै विकट भए पनि प्राकृतिक सुन्दरताको खानी छ। दूधकुण्ड ताल मात्र नभएर भूतपोखरी, गंगा जमुना ताल, आँखेपोखरी र महाकुण्डको मनोरम दृष्यावलोकन गर्न सकिन्छ। यो तालको यात्रा गर्न ५/७ दिन छुट्याउनु पर्छ।

कसरी जाने?
काठमाडौं कोटेश्वरदेखि बस,जिप तथा मोटरसाइकलको प्रयोग गरी सडकमार्गबाट करिब १० घण्टामा सल्लेरी पुगिन्छ। हवाई मार्गबाट जाँदा भने त्रिभुवन विमानस्थलबाट झण्डै ४५ मिनेटको उडानमा नै सदरमुकाम नजिक रहेको फाप्लु विमानस्थलमा पुगिन्छ। 

त्यस्तै काँगेल विमानस्थल पनि नजिकै रहेको हुँदा यहाँबाट पनि सजिलै सदरमुकाम सल्लेरीसम्म पुग्न सकिन्छ। सदरमुकाम सल्लेरीबाट रिङमुसम्म सडक छ। पैदल हिँड्दा भने फाप्लु, चिवाङ, फेरा हुँदै झण्डै ४ घण्टामा रिङमु पुग्न सकिन्छ। गाडीबाट हो भने १ घण्टामा पुगिन्छ। रिङमुसम्म अत्यन्तै राम्रो बाटो तथा बास बस्नका लागि विदेशी तथा स्वदेशी पर्यटकका लागि उपयुक्त हुने खालका लज तथा होटलहरु प्रशस्तै पाइन्छन्।

रिङमुबाट नाम्चेतर्फ जाने बाटो छोडेर दूधकुण्डतर्फ जाने बाटोतर्फ लाग्नुपर्छ। रिङमुबाट सरकारीपाटी हुँदै बाटो अघि बढाउनु पर्छ। त्यहाँको घना जंगलमा सुनपाती, लेकाली फूलको मिठो बासना र चराचुरुङ्गीको आवाजले यात्रालाई झनै आनन्ददायी बनाउने गर्छ। झण्डै ३ घण्टा उकालो  हिँडेपछि कामीडाँडा पुगिन्छ। कामीडाँडामा पुग्दा ४/५ बजेको भए बास बस्दा उपयुक्त हुन्छ। कामीडाँडाबाट यात्रा गर्दा जोङले खोला, गामटाङ हुँदै सहस्रबेनीमा पुगेर बास बस्न पर्छ। भोलिपल्ट बिहान दूधकुण्डको यात्रा तय गर्नुपर्छ। सहस्रबेनीबाट दूधकुण्डसम्म ३ घण्टा हिँडेपछि पुगिन्छ। 

कन्चनजंगा बेस क्याम्प
विश्वको तेस्रो अग्लो हिमालका नामले परिचित छ कन्चनजंगा। जसको उचाइ रहेको छ ८ हजार ५५६ मिटर। विश्वकै सर्वोच्च शिखर सगरमाथा (८,८४८ मिटर) भन्दा २६२ मिटरमात्रै होचो छ यो  कञ्चनजंगा। र, विश्वको दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) भन्दा कञ्चनजंगा २५ मिटरमात्रै होचो छ। जसको मनमोहन दृश्य अति नजिकबाट नियाल्न बेस क्याम्प पुग्नुपर्ने हुन्छ। काठमाडौंबाट ८–१० दिनसम्ममा कञ्चनजंघाको दुवै बेसक्याम्प पुगिन्छ। 

Ncell 2
Ncell 2

कसरी जाने ?
काठमाडौंबाट भद्रपुरसम्म जहाजमार्फत जान सकिन्छ। अथवा, बिर्तामोडसम्मको गाडीमा पनि जान सकिन्छ। बिर्तामोडबाट जिपमा ताप्लेजुङको फुङ्लिङसम्म जान सकिन्छ। त्यहाँबाट थिवासम्म फेरि गाडी परिवर्तन गर्नुपर्छ। आफ्नै रिजर्भ सवारी हुँदा सहज हुन्छ। अर्को बाटो ताप्लेजुङमा रहेको सुकेटार विमास्थल तथा सदरमुकाम फुङलिङदेखि हाङद्रुङसम्म गाडीमा जान सकिन्छ।

ताप्लेजुङ सदरमुकामदेखि नै उत्तरी बेस क्याम्पसम्म रहेका आठ वटा क्याम्पमा पैदलै यात्रा गर्नु पदर्छ। उत्तरी बेस क्याम्प पुगिसकेपछि घुन्सा झरेर दक्षिणी बेसक्याम्प जान सकिन्छ। त्यहाँ पुगेपछि कन्चनजंगाको काखैमा बसेर मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ।

लाङटाङ 
लाङटाङ दशैं बिदामा यात्राका लागि उपयुक्त गन्तव्य हो। जुन संघीय राजधानी काठमाडौंबाट नजिकै र  छोटो समयमा पुगिन्छ। गोसाइकुण्ड र लाङटाङ हिमालको रमणीय दृष्यावलोकन गर्न सकिन्छ।

एक हजार सात सय १० वर्ग किलोमिटरमा फैलएिको लाङटाङ राष्ट्रिय निकुञ्जमा विश्वकै दुर्लभ मानिने रातो हाब्रे लगायत ४६ जात स्तनधारी र तीन सय १५ थरीका पंक्षी पाइन्छन्। धार्मिकस्थल गोसाइकुण्ड र क्याञ्जिङ उपत्यका लाङटाङका प्रमुख आकर्षण हुन्। क्यान्जिङ उपत्यका समुद्री सतहबाट ४ हजार मिटरको उचाइमा रहेको छ। यही उपत्यकामा लाङटाङ खोलाको उद्गमस्थल रहेको छ।

कसरी जाने?
काठमाडौंबाट एक सय २० किलोमिटर बसमा यात्रा गरेपछि रसुवाको स्याफ्रुबेसी पुगिन्छ। त्यहाँबाट सुरु हुन्छ, लाङटाङको पदयात्रा। स्याफ्रुबेसीबाट झोलुङ्गे पुल तरेर लाङटाङ खोलाको किनार हुँदै कटुसको सुगन्ध र गुराँसका रंगीबिरंगी जंगलको दृष्यापान गर्दै यात्रा गर्न सकिन्छ। यहाँ सुविधासम्पन्न लजहरु पनि छन्। साढे दुई दिनको यात्रामा खाम्जङि, शेर्पा गाउँ, रिम्चे, लामा होटेल, घोडा तबेला, लाङटाङ गाउँ हुँदै पदयात्राको अन्तमि गन्तब्य क्यान्जिङ पुगिन्छ। 

क्यान्जिङबाट दुई घण्टा उकालो लागेपछि क्याञ्जिङ री पुगिन्छ। रीबाट आँखै अगाडि लाङटाङ हिमाल देखिन्छ। सात हजार दुई सय २७ मिटर अग्लो लाङटाङसँगै ६ हजार मिटरभन्दा अग्ला चाङ्बु र युब्रा हिमाल पनि देखन्छिन्। दुई हिमालको बीचबाट बग्ने लरिुङ हमिनदी र त्यसबाट बनेको ताल छन्। यस्तै उत्तरपूर्वमा देखिने ५५ सय मिटर अग्लो याल्ला पिक, दक्षिण पश्चिममा देखिने सेर्गो री, काङजा हिमाल तथा दक्षिणमा काग्रा हिमालका कारण क्यान्जिङ री, लाङटाङ छुटाउनै नहुने गन्तव्य हुन्।

अन्नपूर्ण
विश्वको चर्चित पदमार्गमध्ये एक हो, अन्नपूर्ण पदमार्ग। विश्वका उत्कृष्ट दश पदमार्ग भित्र पर्ने भएकोले यो पदमार्ग विश्वभर परिचित छ। यो पदमार्ग नेपाल आउने विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने गर्छ। यो क्षेत्रमा पदयात्रा गर्दा सबै स्थानमा टी–हाउस भएकोले पनि अन्य पदमार्ग जस्तो पैदल यात्रीलाई समस्या हुँदैन। ठाउँ–ठाउँमा थकाइ मार्न र चिया–कफीको तलतल मेटाउन सबैजसो स्थानमा सुविधासम्पन्न होटल तथा लजहरु छन्। यस कारण पदयात्राका क्रममा खान र बस्न सहज हुन्छ। 

अन्नपूर्ण हिमालको काखैमा बसेर अननपूर्ण साउथ, अन्नपूर्ण थर्ड, माछापुच्छ्रे, टेन पिक आदि हिमशिखरको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। यहाँ पुग्न ५/७ दिनको समय छुट्याउनु पर्छ।

कसरी पुग्ने ?
लमजुङको बेसीशहरलाई अन्नपूर्ण पदमार्गको प्रवेशद्वार भनिन्छ। बेसीशहर हुँदै खुदी, भुलभुले, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको ताल, बगरछाप, चामे, थोरङपास हुँदै मनाङ पुगेपछि अन्नपूर्ण पदमार्ग सकिन्छ। यस बाहेक पोखरादेखि पुनहिल हुँदै अन्नपूर्ण बेस क्याम्प पुगेर पुनः पोखरा आउनलाई ११ दिन छुट्याउनु पर्छ।

मुस्ताङ
उपल्लो मुस्ताङ पदयात्राका लागि मुस्ताङको लोकप्रिय क्षेत्र हो। विशेष गरी यो मौसममा उपल्लो मुस्ताङ घुम्न लायक गन्तव्य हो। पहिले तिब्बती साम्राज्यको एक भागको रुपमा रहेको ल्हो क्षेत्र संस्कृति र भौगोलिक दृश्यको अवलोकन गर्न सकिन्छ। यस क्षेत्रमा आश्चर्यजनक चट्टानहरुले घेरिएको र मरुभूमि जस्तो देखिने भौगोलिक दृश्यको बीचमा गाँउहरु र त्यहाँका हरिया खेतहरुले मरुभूमिको बीचमा बगैँचा जस्तो देखिन्छ। यस क्षेत्रमा नौतले गुफा, मौलिक संस्कृति, जीवनशैली, मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ। मुस्ताङको यात्राका लागि एक साता समय छुट्याउनु पर्छ।

कसरी पुग्ने?
आफ्नो सवारी भए काठमाडौँबाट गाडीमा माथिल्लो मुस्ताङसम्म पुग्न सकिन्छ। जोमसोम पुगेर फेरि बाट उपल्लो मुस्ताङसम्म गाडीमार्फत जान सकिन्छ। 

काठमाडौंबाट जोमसोमसम्म हवाई यात्रा पनि गर्न सकिन्छ। जोमसोमदेखि छुसाङसम्म जिपको यात्रा गर्नुपर्छ। बाटोमा पर्ने खोलामा मोटरेबल पुल नभएकोले पैदल पुल तरेपछि फेरि अर्को गाडी चढेर माथिल्लो मुस्ताङ ६ घण्टामा पुग्न सकिन्छ। पैदल यात्रा गर्दा तीन दिन लाग्छ। 

खप्तड
सुदूरपश्चिमका पहाडी जिल्लामा पर्ने यो धार्मिक र प्राकृतिक रुपमा संरक्षित क्षेत्र हो। यो समुद्र तहबाट ३ हजार मिटरको उचाइमा छ। खप्तड बाबाको नामबाट चर्चित यो क्षेत्र बझाङ, बाजुरा, अछाम र डोटी जिल्लामा फैलिएको छ। यहाँ हरियाली  हल्का भिरालो चोउरहरु, खोला नाला र घाँसे मैदान गरेर २२५ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ।
यो मौसममा हरियालीले ढाकिएको हुन्छ।

खप्तड क्षेत्रको प्रमुख विशेषता भनेको विशाल फाँटहरुमा फुल्ने रंगीचगी फूलहरु नै हुन्। फूल फुलेका फाँटको किनारमा रुखहरु हितको सुन्दर बगैँचा दृष्यवलोकन गर्न पाइन्छ। यहाँ २७० प्रजातिका चरा पाइन्छन्। खप्तड बाबाको कुटी, त्रिवेणी नदी, खप्पर दह, शिव मन्दिर, सहस्र लिंग, गणेशस्थान, नागढुंगा, केदारढुंगा जस्ता धार्मिक स्थलहरु पनि छन्। जसले खप्तड क्षेत्रलाई निकै प्रख्यात बनाएका छन्। खप्तड क्षेत्रका रहेका ठूला–साना गरी २२ वटा फाँट पनि आकर्षणका केन्द्र हुन्।

कसरी पुग्ने?
खप्तड पुग्न कैलालीको धनगढीसम्मको यात्रा गर्नुपर्छ। धनगढीबाट डोटीको सिलगढीसम्म बसमा आठ घण्टाको यात्रा गरेपछि पैदल हिँड्नुपर्छ। सिलगढीबाट बगलेगसम्म जिप पनि चल्ने भएकाले जिप रिजर्भ गरेर पनि जान सकिन्छ। सिलगढीबाट सुरु भएको पैदल यात्राको पहिलो दिन झिगराना र दोस्रो दिन खप्तड राष्ट्रिय निकुञ्ज प्रवेश गर्न सकिन्छ।

यस्तै अछामको साँफेबगरबाट झिग्रानासम्म २ घण्टाको बस यात्रा र त्यहाँबाट ८ घण्टाको पैदल यात्रामा खप्तडबाबाको आश्रम पुग्न सकिन्छ। त्यहाँबाट खप्तड दह, सहस्र लिङ्ग, नाग दह, त्रिवेणी धाम छन्। काठमाडौंबाट कम्तीमा ६ देखि १० दिन छुट्याउँदा हुन्छ।

बर्दिया राष्ट्रिय निकुञ्ज
बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। यो निकुञ्ज बाघ हेर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो। हाल बबई उपत्यका निकुञ्जमा सबैको आकर्षण बनेको छ। द्वन्द्वकालमा बन्दरहेको निकुञ्जको चुरे क्षेत्रमा रहेको छ। उपत्यकासम्म पुग्न राष्ट्रिय निकुञ्जको कार्यालय ठाकुरद्वाराबाट करिब १० घण्टाको पैदल यात्रा वा जंगल सफारी पनि गर्न सकिन्छ।

यो उपत्यकाबाट सूर्योदय र सूर्यास्त अवलोकन गर्न सकिन्छ। निकुञ्जमा राजस्व तिरेर बबईमा माछा मार्ने व्यवस्था पनि गरिएको छ। तर माछा मारेर खान पाइँदैन। निकुञ्जको ७० प्रतिशन भूभाग साल र यसको सहायक प्रजातिका बनस्पतिले ढाकिएको छ। बाँकी ३० प्रतिशत घाँसे मैदान छ। निकुञ्जमा ५४ प्रजातिका स्तनधारी, ४०० प्रजातिका चराचुरुङ्गी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछाहरु पाइन्छन्।

कसरी पुग्ने ?
पश्चिम नेपालको प्रवेशद्वार नेपालगञ्जबाट दुई घण्टाको बस यात्रापछि सहजै पुग्न सकिने यस निकुञ्ज पूर्व–पश्चिम राजमार्गको अम्बासबाट जम्मा १३ किलोमिटर टाढा छ। यसका करिब ५ दिन छुट्याउँदा हुन्छ। बाघ हेर्नको लागि भने केही दिन कुर्नु पर्ने हुन सक्छ।

शे–फोक्सुण्डो
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो। यो राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको डोल्पा तथा मुगु जिल्लामा फैलिएको छ। यसको क्षेत्रफल ३,५५५ वर्ग किलोमिटर छ। यस निकुञ्ज भित्र नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डो तथा एक ऐतिहासिक शे गुम्बा रहेका छन्।

शे–फोक्सुण्डो ताल ३९०० मिटरको उचाइमा डोल्पा जिल्लामा अवस्थित छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल वाई आकारको छ।

कसरी पुग्ने?
हवाई यात्रामा नेपालगञ्जबाट सिधै डोल्पाको जुफाल विमानस्थलमा उत्रेर त्यहाँबाट पैदल त्रिपुरा हुँदै तालसम्म पुग्न सकिन्छ। स्थलमार्गबाट यहाँ जान बाँकेको कोहलपुर पुग्नुपर्छ। त्यहाँबाट सुर्खेतको छिन्चु हुँदै दायाँ लागेर जाजरकोटको सदरमुकाम खलंगा हुँदै रिन्मा पुग्नुपर्ने हुन्छ।

भेरी नदीको छेउछेउ खलंगाबाट रिन्मासम्म बसको यात्रा गर्नुपर्ने हुन्छ । रिन्माबाट रुकुमको त्रिवेणीसम्म जिपको यात्रा गर्नुपर्छ। त्रिवेणीबाट खादान र त्रिपुराकोट हुँदै तालसम्म पुग्न सकिन्छ। त्रिवेणीबाट अगाडि पैदल यात्रामा अगाडि बढ्नुपर्ने हुन्छ। हिमालको बाटो चट्टानमा हिँड्नु पर्ने भएकाले त्यहाँ पुग्न अलि धेरै दिन छुट्याउनुपर्ने हुन्छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:५४
  • #दशैं_२०८०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो रहनेछ देशभरको मौसम
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्