• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख १७, २०८३ Thu, Apr 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

यसो भन्थे विकासबारे बिपी

64x64
नेपाल लाइभ आइतबार, भदौ २४, २०७५  ०८:२३
1140x725

तपाईहरूलाई थाहा छ, म धेरै कराएर बोल्न सक्दिनँ। मेरो अन्त्यमा बोल्ने पालो परेकोले सुविधा पनि भएको छ, किनभने मैले भन्नुपर्ने कुराहरू पूर्ववक्ताहरूले भनिसक्नु भएको छ। म तिनै कुराहरूलाई फेरि दोहोर्‍याउँदिनँ र पञ्चायत मरिसकेको घोडा हो, त्यसलाई चाबुक मार्न पनि म चाहन्नँ।

जब म २०१७ सालतिर प्रधानमन्त्री थिएँ, त्यसबेला राजा महेन्द्रसँग बराबर वातचित हुन्थ्यो र म भन्थे, म एउटा निम्नमध्यम वर्गीय आर्थिकस्तरको मानिस हुँ, मेरो धारणा छ, १५ वर्षभित्रमा नेपालको प्रत्येक परिवारलाई मेरा जत्तिको आर्थिक अवस्थामा ल्याउन सकिएला। तर आज (२०३७ सालमा) बीस वर्षपछि आइपुग्दा देशको आर्थिक अवस्था झन् नाजुक भएर गएको छ। योजना आयोगका तथ्यांक र अर्थशास्त्रीहरू बोलिरहेका छन् कि पाँचौँ पञ्चवर्षीय योजना कालमा ५ प्रतिशत राष्ट्रिय उत्पादन बढाउने लक्ष्य राखिएकोमा केवल २ प्रतिशत मात्र उत्पादन बढ्यो र त्यसै अवधिमा जनसंख्या वृद्धिको दर भने २.३ प्रतिशत रह्यो। यसरी जनसंख्या वृद्धि दरसित तुलना गर्दा विकासको दर ०.३ प्रतिशतले घटेको देखिन्छ। तर विकासको दर केवल २.५ प्रतिशतले मात्र बढेको भए पनि अर्थशास्त्री र तथ्यांकशास्त्रीहरूले भन्ने थिए कि कमसेकम ०.२ प्रतिशत भने पनि विकासको दर बढेको छ।

तर विकास भनेको के हो? के यस्तो तथ्यांकले देखाउने विकास विकास हो? अथवा विकास कसको लागि हो? विकास गाउँमा भएको छ कि आँकडामा? एउटा–दुईवटा उदाहरण दिएर मेरो कुरा प्रष्ट गरुँ। अस्ति म एउटा समारोहबाट फर्किदै थिएँ। त्यो समारोह भित्रको वातावरण र बाहिरको अड्याइएका ठूला–ठूला महंगा गाडीहरू देख्ने जोसुकैले पनि भन्ने थियो, नेपालमा ठूलो विकास भएछ र यहाँका मानिसहरू धेरै धनी भएछन्।

त्यसै दिन म पहाडतिरबाट यहाँ (काठमाडौं) आएर डेरा गरी बस्ने केही विद्यार्थीहरूको कोठामा गएँ। उनीहरू चार–पाँच जना एउटै कोठामा बसेका थिए। जसमा सुकुल विछ्याइएको थियो र त्यसलाई मैलो तन्नाले ढाकेको र तकिया पनि त्यस्तै मैलो थियो। उनीहरू त्यस्तैमा सुत्दा रहेछन्। बगलमा एउटा फोहोर होटेल थियो। जहाँ उनीहरू खान्थे। होटेलको अवस्था हेर्दा थाहा हुन्थ्यो, त्यहाँ सफा र स्वास्थ्यकर भोजन दिइँदैन। त्यस दिनका ती दुई अनुभवले मलाई के लाग्यो भने यहाँ दुइटा नेपाल रहेछ। एउटा महंगा मोटरगाडी चढ्ने नेपाल र अर्को गाउँको गरिब नेपाल।

यी दुईटा दृश्यबाट म नेपालको विकासको बारेमा सोच्नेहरूलाई भन्न चाहन्छु– नेपालमा केही सडक बने, बिजुलीको उत्पादन भयो र हवाइ यातायातको समेत विकास भयो। तर नेपालमा एभ्रो या जेट विमान चढ्ने कति छन्? बिजुलीको सुविधा कतिले उपभोग गर्न सक्छन्? अझ सडककै उपभोग कतिले गर्न पाएका छन्? काठमाडौँबाट विराटनगर जाने सडकमा प्रतिदिन ३–४ वटा बस यताबाट र ३–४ वटा बस उताबाट आउँछन् । त्यसमा ३–४ सय मानिस आवतजावत गर्लान तर काठमाडौंबाट विराटनगर या उहाँबाट काठमाडौं ल्याउने लाने अरू सामान केही छ, जसको ढुवानीबाट त्यो सडकको उपयोग अरू ज्यादा गर्न सकियोस्।

त्यसकारण विकास भनेको केही ठूला घरहरू, होटलहरू, ठूला सडक, मोटरगाडी, हवाइजहाज र अझ केही औद्योगिक उत्पादन वृद्धिका तथ्यांक पनि होइनन् भन्ने मलाई लाग्छ। विकास भनेको के हो भन्ने प्रश्नका साथै विकास कसको लागि हो भन्ने प्रश्न समेत सोचेर मात्र हामीले त्यसको परिभाषा गर्न सकिन्छ।

के नेपाल भनेको यहाँका चार–पाँचवटा शहर हो? कि नेपाल भनेको गाउँ हो? हामीले विकासका कुरा गर्दा विकासले त्यो ग्रामीण परिवारलाई के गर्‍यो भन्ने प्रश्नको जवाफ दिन सक्नुपर्छ। यदि ठूलो सडक बन्छ भने सडक त मोटरगाडी जोसित छ उसैले उपयोग गर्छ। जेट प्लेन गाउँलेले चढदैन, बिजुलीको प्रचूर प्रयोग गर्दैन। त्यसकारण मैले प्रधानमन्त्री छँदा योजना आयोगको मिटिङलाई भनेको थिएँ– तपाईंहरू भित्तामा राजाको तस्बीरसँगै नेपालको गरिब गाउँले किसान आफ्नो झुपडी अगाडि उभिरहेको चित्र पनि राख्नोस् र त्यसको अनुहार हेरेर योजना बनाउनोस् र सोध्नोस्– यस योजनाले त्यो झुपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ? म आज पनि त्यही प्रश्न सोध्दैछु।

हामीले विकासका कुरा गर्दा अमेरिकाको नमूना देखाएर उदाहरण दिने गरेका छौँ, जो एकदम गलत हो। यो गल्तीबाट कम्युनिष्ट देशहरू समेत मुक्त छैनन्। रुसले पनि आफ्नो औद्योगिक विकासको तथ्यांक या रेखाचित्र देखायो भने अमेरिकासित तुलना गरेर मात्र देखाउँछ। रुसको लागि पनि विकासको नमूना अमेरिका नै हो। अमेरिकाले यही शताब्दीको शुरुदेखि विकासको जुन नमूना देखाइदिएको छ त्यही आज संसारको सामु छ र सबै त्यसैको अनुशरण गर्दै छन्।

nimb
nimb
Ncell 2
Ncell 2

अब अमेरिकामा के छ भनेर कुरा गर्‍यौं भने, सबैलाई थाहा छ, अमेरिकामा संसारको ६ प्रतिशत जनता बस्दछन् र अमेरिकाले आफ्नो औद्योगिक विकासको संरक्षणका लागि स्वदेशी तथा विदेशी स्रोतहरू जम्मा गरी संसारको ३० प्रतिशत प्राकृतिक साधनहरू उपभोग गर्छ। अर्थात, ६ प्रतिशतले संसारको पूरा स्रोतको ३० प्रतिशत खाइदिन्छ। यदि भारत र चीनको जनसंख्या दुवै जोड्ने हो र त्यो जनसंख्याले पनि अमेरिकी जनसंख्याकै अनुपातमा संसारको प्रसाधनहरू उपभोग गर्न थाल्ने हो भने संसारको शतप्रतिशत भन्दा पनि बढी प्रसाधनहरू तीनवटा मुलुकले मात्र खाइसक्छन्। अरूले के गर्ने, अरूलाई प्राकृतिक प्रसाधन खोई?

यो खतरनाक कुरा हो कि हामीहरू हेनरिफोर्डले दिएकै नमूनालाई आफ्नो लक्ष्यका रूपमा अगाडि राखेर विकासका कुरा गर्छौं। ठीक छ, विकासको वृद्धिदर घट्यो भने त्यसमा काफी असन्तुष्ट हुने ठाउँ छ। तर त्योभन्दा पनि असन्तुष्ट हुनुपर्ने कुरा विकासको क्रमले  ग्रामीण जनतालाई पछाडि छोडिदिएकोमा छ। आज हामी देशमा औद्योगीकरणको कुरा गर्छौं। औद्योगीकरण या शहरीकरण भनेको त्यस्तो केन्द्रिभूत प्रकृया हो जसले ग्रामीण जनताको बेवास्ता गरेर शहरको मात्र विकास गर्छ। पढाई–लेखाइका लागि शहरै जानुपर्‍यो, ओखतिमूलोका लागि शहर, किनमेलका लागि शहर, मनोरञ्जनका लागि पनि शहर, सारांशमा सम्पूर्ण कुराहरू शहरमा मात्र छन्।

हामीले अहिलेसम्म यस्तै शहरको मात्र विकास गर्ने नमूनाहरूलाई लिएर योजनाहरू बनाएका छौं जसमा विदेशी सहायताद्वारा निर्मित सडकहरूमा विदेशी मोटरगाडीहरू विदेशी कलपूर्जा र विदेशी तेलले चल्छन्– केवल उपभोक्ता मात्र स्वदेशी छन्। ती पनि मुठ्ठीभर। त्यसकारण हामीले सोध्नु परेको छ– हाम्रो ग्रामीण किसानलाई त्यसले के गर्‍यो? हामीलाई त आज गाउँलेले चलाउन सक्ने प्रविधि चाहिएको छ अर्थात् हाम्रो किसानलाई कस्तो हलो चाहियो? हलोको वैज्ञानिकीकरण, उन्नत बिजको व्यवस्था गरेर, सिंचाइ पुर्‍याएर उसको कृषि उत्पादन कसरी बढाउन सकिन्छ र उत्पादनलाई कसरी बेच्न सकिन्छ? नेपाल जस्तो कृषिप्रधान देशमा यो भन्दा बढी सार्थक कुरा के हुन सक्छ?

अब म तपाईहरूलाई नेपालको वर्तमान आर्थिक अवस्था र राजनीतिक भविष्यबारे दुई–तीन कुरा भन्न चाहन्छु।

२०१७ सालमा संसदीय व्यवस्था भंग गरेर पञ्चायती व्यवस्था लागू गरियो। आर्थिक विकासका लागि त्यसो गरिएको हो भन्ने नारा दिइयो। आर्थिक विकास भनेको प्राकृतिक जड स्रोतहरूको परिचालन गर्ने प्रकृया हो, जसद्वारा उपभोग्य वस्तुहरूको उत्पादन गरिन्छ। राजनीतिक विकास भनेको मानिसलाई परिचालन गर्ने प्रकृया हो। मानिसलाई विकासका निमित्त उत्प्रेरित गर्ने राजनीतिक संस्थाहरू हुन्छन्, जसका मार्फत् उनीहरू विकास कार्यमा संलग्न हुन्छन्। २०१७ साल यता, गत बीस वर्षमा मानिसलाई पनि प्राकृतिक स्रोतहरूलाई जस्तै गरी विकासका लागि परिचालित गर्न सकिन्छ भन्ने भ्रमात्मक धारणा लिएर विकास गर्न खोजियो। फलस्वरूप आज देश यो दुर्दशामा पुग्यो। वास्तवमा जड शक्ति–स्रोतहरूलाई भन्दा जनशक्तिलाई परिचालित गर्नु झन् गाह्रो छ। जनताको निहित स्वार्थ भएका राजनीतिक संस्थाहरू नभइकन जनता विकास कार्यका लागि उत्प्रेरित हुँदैनन्।

अमेरिकामा साधन, स्रोत र पूँजीलाई राष्ट्रको विकास कार्यमा कसरी कति प्रयोग गर्ने भन्ने मात्र प्रश्न छ। अर्थात् त्यहाँको समस्या बजेटको विनियोजनसित सम्बन्धित छ। स्वास्थ्य, शिक्षा, यातायात, प्रतिरक्षा, उद्योग, कृषि या अन्य क्षेत्रहरूमा कति रकम कसरी छुट्याउने भन्ने उनीहरूको प्रश्न हो। तर हाम्रो देशमा यी सब क्षेत्रमा विकास गर्नका लागि साधन, स्रोत र पूँजी कहाँबाट जुटाउने भन्ने समस्या छ। अरू स्रोत केही नभएको ठाउँमा केवल मानवीय शक्ति मात्र परिचालन गरेर विकास गर्ने कुरा आउँछ। त्यही मानवीय शक्तिलाई पनि जड शक्ति समान ठानेर विकासका लागि परिचालन गर्न खोजियो भने त्यसको परिणाम आज नेपालको जुन दुर्दशा छ त्यही हुन्छ।

आर्थिक विकास र राजनीतिक विकासको के कस्तो सम्बन्ध छ भन्ने कुरा मेरो भनाइको अर्को पक्ष हो। कुनै पनि ठाउँमा विशेषगरी नेपाल जस्तो ठाउँमा आर्थिक विकासको लागि परिचालित हुनसक्ने शक्ति मानवीय शक्ति नै हो भनेर मैले भनिहालें। त्यसलाई कुनै एकजनाको सक्रिय नेतृत्वमा परिचालन गर्न सकिन्छ भन्ने पञ्चायती व्यवस्थाका दार्शनिकहरूको सोचाइ छ। उनीहरूको दलील छ– आखिर विकास प्रकृयाको सञ्चालन गर्ने नेतृत्व एक न एक चाहिन्छ र त्यो राजाको सक्रिय नेतृत्व बाहेक केही हुन सक्दैन। हाम्रो प्रश्न छ– यदि यही मात्र एउटा उपाय हो भने राजा भएको ठाउँमा त राजाको नेतृत्वमा विकास गर्ने, तर राजा नभएका ठाउँमा विकासका लागि जनशक्ति परिचालन गर्ने नेतृत्व कसले गर्छ? सारांशमा हाम्रो भनाइ के हो भने विकास जसलाई चाहिएको छ, उसैले विकासका प्राथमिकताहरू निर्धारण गर्छ। विकासका योजनाहरू उसैले बनाउँछ र तिनको कार्यान्वयन गर्न प्रेरित पनि हुन्छ– त्यो जनता हो।

सार्वजनिक या राष्ट्रिय महत्त्वको कुनै प्रश्नमाथि विवाद उठेमा जनताले निर्णय गर्छ। कसैको सक्रिय नेतृत्वले होइन। यसरी राष्ट्रिय महत्त्वका प्रश्नहरूको चुनावद्वारा निर्णय गर्ने अधिकार जनताको हो। त्यसकारण जनतालाई विकास कार्यका लागि उत्प्रेरित हुने राजनीतिक संस्थाहरूमध्ये एक मौलिक अधिकारहरूको प्रत्याभूति हो। मौलिक अधिकार भन्नाले बोल्ने, विचार गर्ने, आफ्नो विचार फैलाउने, संगठन गर्ने र समानताको आधारमा न्याय पाउने अधिकारहरू पर्छन्। समानताको आधारमा न्याय दिनका लागि अदालतले सरकारमाथि पनि न्याय गर्ने क्षमता राख्नुपर्छ। चाकरीद्वारा निर्मित अदालतले त्यस्तो क्षमता राख्दैन। दोस्रो, राष्ट्रको संचालन या प्रशासन जनताद्वारा छानिएका प्रतिनिधिहरूले गर्ने व्यवस्था हो। छान्ने या छानिने भन्ने बित्तिकै दुई (या त्यो भन्दा बढी) विचारधाराहरूमा एउटालाई छान्ने भन्ने कुरा आउँछ। त्यसकारण चुनाव भनेको आफ्नो विचार जनसमक्ष राखेर त्यसै विचार या सिद्धान्तका लागि मत प्राप्त गर्ने प्रकृया हो। यदि निर्वाचित जनप्रतिनिधिद्वारा शासन व्यवस्था चलाउने हो भने चुनावमा कुनै किसिमको छेकबार राख्नु बेठीक हुन्छ।

म पञ्चायतको घोर विरोधी भएकाले त्यसवापत अरूले जस्तै मैले पनि गत बीस वर्षमा अनेक दुःख कष्ट झेल्नुपर्‍यो। जे भए पनि म कुनै कुरालाई व्यक्तिगत आधारमा लिन्न। तर मलाई के लाग्छ भने जनअधिकारको अपहरणले राजनीतिमा दमनको रूप लिन्छ र त्यसले आर्थिक क्षेत्रमा शोषणको रूप लिन्छ। राजनीतिमा दमन र आर्थिक क्षेत्रमा शोषण– म यी दुवै कुराको विरुद्धमा छु।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी युनियनद्वारा आयोजित विचार गोष्ठीमा दिएको भाषण, १२ साउन २०३७ ।

साभार : ‘बी.पी कोइरालाको आलेख, भाषण र अन्तर्वार्ता’ 

(यो सामाग्री रेड इंकबाट साभार गरिएको हो।)

प्रकाशित मिति: आइतबार, भदौ २४, २०७५  ०८:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
ओमानसँग नेपालको लज्जास्पद हार
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम बिहीबार, वैशाख १७, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
रास्वपाले भन्यो– काठमाडौंमा उपलब्ध सांसदज्यूहरू ११ बजे सिंहदरबारमा उपस्थित हुनू बुधबार, वैशाख १६, २०८३
सरकारसँग सर्वोच्चद्वारा सम्पत्ति जाँचबुझ आयोग गठन गर्नुको कारण बुधबार, वैशाख १६, २०८३
ओमानसँग नेपालको लज्जास्पद हार बुधबार, वैशाख १६, २०८३
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्