• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार ३०, २०८३ Tue, Jul 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार बनाउन कोशी प्रदेशमा आठ महिनामै सबै विकल्प प्रयोग

64x64
नेपाल लाइभ शनिबार, असोज २७, २०८०  १०:४६
1140x725

काठमाडौं- कोशी प्रदेशमा सरकार नेपाली कांग्रेसका केदार कार्की मुख्यमन्त्री नियुक्त भएका छन्। शनिबार प्रदेश प्रमुख परशुराम खापुङले उनलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। नियुक्ति गर्नुअघि प्रदेश प्रमुख कार्यालयमा सांसदहरूको सनाखत गराइएको थियो। कार्कीको पक्षका ४७ सांसदले सनाखत गरिदिएपछि उनी नै मुख्यमन्त्री नियुक्त भएका हुन्।

कार्की जस्तै मुख्यमन्त्रीमा दाबी पेश गरेका माओवादी केन्द्रका इन्द्र आङ्बो पक्षका सांसदहरू भने सनाखतका लागि उपस्थित भएका थिएनन्।

कार्की संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त भएका हुन्। 'नेपालको संविधानको धारा १६८ (५) बमोजिम तपाईंलाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरेको छु', खापुङले कार्कीलाई नियुक्त सम्बन्धी पत्रमा भनिएको छ, 'मुख्यमन्त्री पदमा नियुक्त हुनुभएकोमा हार्दिक बधाईसहित कार्यकालको सफलताको कामना गर्दछु।'

कार्कीको नियुक्तिसँगै कोशी प्रदेशमा सरकार गठनका लागि सबै संवैधानिक विकल्प प्रयोग भएको छ। र यसका लागि करिब आठ महिना मात्रै खर्च भएको छ।

प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेकाले संविधानको धारा १६८ (१) अनुसारको सरकार गठनको सम्भावना थिएन।

nimb
nimb
Ncell 2
Ncell 2

त्यसैले सुरुवातमै १६८ (२) को सरकार गठनका लागि आह्वान भएको थियो। सोही अनुसार एमाले र माओवादी केन्द्र लगायतका दलको सहयोगमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भएका थिए। उनको सरकार ढलेपछि सोही उपधारा अनुसार कांग्रेसका उद्धव थापा दुई पटक मुख्यमन्त्री नियुक्त भएका थिए। तर पहिलो पटक उनको नियुक्त असंवैधानिक र दोस्रो पटक उनले लिएको विश्वासको मत असंवैधानिक ठहर भएको थियो।

चौथो मुख्यमन्त्रीका रुपमा पुनः कार्की नै आएका थिए। उनी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर, उनले पनि विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका थिए।

प्रदेश प्रमुख खापुङले असोज २० मा धारा १६८ (५) अनुसारको सरकार गठनका लागि आह्वान गरेका थिए। बहुमतको आधार देखाउन सक्ने प्रदेश सभाका जुनसुकै सदस्यले यस अनुसार दाबी प्रस्तुत गर्न सक्ने भएको र नयाँ मुख्यमन्त्री नियुक्त नभए मध्यावधि निर्वाचनमा होमिने भएकाले यो उपधाराको प्रयोगलाई चासोपूर्वक प्रतीक्षा गरिएको थियो।

बिहीबार माओवादी केन्द्रका आङ्बो र कांग्रेसका कार्कीले दाबी प्रस्तुत गरेका थिए। तर केही सांसदलाई दुवैले आफ्नो समर्थकको रुपमा प्रस्तुत गरेकाले प्रदेश प्रमुख खापुङले शनिबार सनाखत गराएका हुन्।

मुख्यमन्त्री नियुक्त भएका कार्कीले तीस दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। उनले विश्वासको मत नलिएमा वा लिन नसकेमा ६ महिनाभित्र प्रदेश सभाका लागि अर्को निर्वाचन हुनेछ।

कार्की कांग्रेसका शेखर कोइराला पक्षका सांसद हुन्। उनलाई आफ्नो दलभन्दा पनि एमालेको समर्थन छ। उनका लागि एमालेका ३९ सांसदले हस्ताक्षरयुक्त समर्थन दिएका थिए। तर, केन्द्रीय गठबन्धनमा कांग्रेस र माओवादी केन्द्र लगायतका दलहरू एक ढिक्का भएकाले कोशीमा पनि कार्कीलाई मुख्यमन्त्री मानेर सत्ता निरन्तरता दिने सम्भावना ज्यादा देखिन्छ। तर यसबारे आगामी दिनमा नै प्रष्ट हुनेछ।
 

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १०:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने
मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे र पूर्वगृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित... मंगलबार, असार ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय बैठकका निर्णयहरूबारे जानकारी दिँदै शिक्षामन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले बैठकले कृषि मन्त्रालयको प्रस्तावमा ‘बिउ... मंगलबार, असार ३०, २०८३
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌को निर्णय ‘अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णयबमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्य... मंगलबार, असार ३०, २०८३
ताजा समाचारसबै
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
भोलिबाट भरि सिलिन्डर ग्यास बिक्री हुने मंगलबार, असार ३०, २०८३
मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर मंगलबार, असार ३०, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
मिटरब्याज प्रतिवेदन तत्कालै कार्यान्वयन गर्ने मन्त्रिपरिषद्‌को निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
कांग्रेस सभापति गगन थापाको घर अगाडि पनि शंकास्पद गाडी पार्किङ सोमबार, असार २९, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सरकारको चर्को आलोचना हुन थालेपछि रविसँगै संसद बैठकमा पुगे प्रधानमन्त्री बालेन मंगलबार, असार ३०, २०८३
गणेश नेपालीका परिवारले दिएको जाहेरी प्रहरीमा दर्ता सोमबार, असार २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्