• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

निर्वाचनमा होमिएको एनआरएनएमा कस्तो नेतृत्व?

तेज पौडेल (विनोद) सोमबार, असोज २२, २०८०  ०८:१२
1140x725

गैरआवासीय नेपाली संघ (एनआरएनए) र यसका सदस्यहरुलाई यस संस्थाको निर्वाचन लागेको छ। चुनावी सरगर्मी बढेको अभाष सदस्यहरूलाई हुने गरी विभिन्न पदका आकांक्षी उम्मेदवारहरुले प्रचारप्रसार तीव्र पारेका छन्। फोन कल र मेसेन्जरमा भोट माग्ने क्रम बढेको छ। समर्थकहरू समेत निकट उम्मेदवारको पक्षमा खुल्दै मत माग्ने क्रमलाई तीव्रता दिन थालेका छन्। प्रतिबद्धता र एजेन्डा सहितका पर्चा र पम्प्लेटहरुले सामाजिक सञ्जाल भरिएका छन्। व्यक्तिगत सन्देश पठाएर मत माग्नेहरुको पनि कमी छैन।

कस्तो नेतृत्व? 
विश्वभरीबाट उम्मेदवार भएको संस्थामा भोट कस्लाई दिने भनेर निर्णय गर्न सजिलो छैन। एनआरएनएजस्तो विविधताले भरिपूर्ण संस्थामा उम्मेदवारहरु अपरिचित पनि हुनसक्छन्। तर निर्वाचन नजिकिँदै जाँदा कम्तिमा यसका सदस्यहरुले आफैंलाई एउटा प्रश्न सोध्न जरुरी छ– अबको एनआरएनमा कस्तो नेतृत्व?

यो प्रश्नले थप केही विषयहरुमा गम्भीरतापूर्वक सोच्न हामी सबै एनआरएनएका सदस्यहरूलाई अपिल गर्दछ। भनिरहनु पर्दैन, एनआरएनए एउटा प्रभावकारी संस्था हुनुपर्छ। यस संस्थाको मूल मर्म र भावना नेपालको समृद्धिको आकांक्षामा विश्वभर छरिएका नेपालीहरुले कसरी योगदान गर्न सकिन्छ भन्ने बिषयमा एकमत तय गर्नु त छँदैछ, यसका अतिरिक्त अहिले अन्य थुप्रै एजेण्डाहरूमा थप स्पष्टता र प्रतिबद्धता समेत आवश्यक देखिन्छ।

प्रश्नहरू थुप्रै छन्। असन्तुष्टिहरु पनि यथेष्ट छन्। संस्थाले एनआरएनहरुको अजेन्डा बोक्नसक्यो? संस्थाको केन्द्रमा साँच्चै नेपालीको भलो र हित रह्यो? संस्था नेपाल सरकार र विदेशिएका नेपालीको सम्बन्धको माध्यम बन्नसक्यो? संस्थाले व्यक्तिकेन्द्रित मनोभावबाट बाहिरिएर विषयकेन्द्रित बहस गर्न सफल भयो? यस्ता धेरै प्रश्नहरु धेरै सदस्यहरुको मनमनमा छन्। त्यसैले यो निर्वाचनमा कम्तिमा एनआरएनए सदस्यहरुले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गर्नैपर्छ। यी प्रश्नहरुको जवाफको खोजी गर्न निर्वाचनअगाडि हरेक सदस्यले आफैंसँग प्रश्नहरू गर्नुपर्ने छ– हामीले खोजेको नेतृत्व कस्तो हो? कस्तो नेतृत्वले व्यक्तिकेन्द्रित मनोभावबाट बाहिरिएर बहुजनहीतायको मर्मलाई कायम गर्नसक्छ? कस्तो नेतृत्व आउँदा विषयकेन्द्रित बहस सम्भव हुन्छ?

एनआरएनएमा उम्मेदवारको आकांक्षीहरु स्वयंले आफ्नो नैतिक धरातल र व्यक्तिगत कमिकमजोरीलाई समेत ख्याल गर्न आवश्यक छ। एनआरएनएले समाजमा आदर्श मानकहरु निर्माण गर्न सक्नुपर्छ। यदि एनआरएनएको नेतृत्व नै नैतिक रुपमा कमजोर धरातलमा उभिएको र समाजले प्रश्नैप्रश्न गरेकाहरु आए भने उनीहरुले समाजका अन्य तप्काका व्यक्तिहरुलाई उदाहरण प्रस्तुत गर्न सक्दैनन्। यसै पनि लोकतन्त्र जीवन संस्कृति पनि हो। व्यक्तिगत व्यवहार, आचरण र आनीबानी, कर्तव्यबोध आदिलाई पनि निर्वाचनको सन्दर्भमा ध्यान दिनुपर्छ।

कसरी छान्ने नेतृत्व?
झट्ट सुन्दा राम्रो सुनिए पनि यो काम सहज भने छैन। व्यक्तिगत सम्बन्धहरू, राजनीतिक समीकरण, व्यापारिक रूचि, विभाजित मानसिकता आदि पक्षहरु निर्वाचनको समयमा ह्वात्तै बढेर जान्छन्। यसले अन्य समयमा देखिने संस्थालाई बलियो बनाउने चिन्तालाई समेत फिक्का बनाइदिन्छ।

एनआरएनएको जिम्मेवार पदमा बसेको युवा नेतृत्वको रुपमा मलाई व्यक्तिगत रुपमा एनआरएनले नेतृत्व छनौटको दौरानमा सकारात्मक उर्जा र उदाहरण प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ। देशविदेश घुमेका, विकसित देशहरुको उन्नत लोकतन्त्र र निर्वाचन प्रणालीसँग साक्षात्कार गरेका एनआरएनए सदस्यहरुले संसारका निर्वाचनका उत्कृष्ट अभ्यासलाई संस्थागत गर्नसक्दा त्यसले नेपालमा रहेका अन्य सामाजिक र कतिपय राजनीतिक संस्थाहरुलाई समेत राम्रो अभ्यासका लागि प्रोत्साहित गर्नसक्ने सम्भावना रहन्छ। दुःखका साथ भन्नुपर्छ, अधिकांश नेपालीहरू र एनआरएनए सदस्यहरूलाई नै यस्तो महसुस भएको पाइँदैन।

अतः कम्तिमा युवा पंक्तिका साथीहरुले यसपटकको चुनावमा उम्मेदवार छनौटमा थप सचेतता अपनाउनु सान्दर्भिक देखिन्छ। खासगरी संस्थालाई हाँक्ने महत्त्वपूर्ण पदहरूमा उम्मेदवार छान्दा व्यक्तिभन्दा अजेण्डालाई प्राथमिकता दिने रणनीति बनाउनु वाञ्छनीय देखिन्छ। गोप्य मतदानको सदुपयोग गर्दै तुलनात्मक रूपमा योग्य, क्षमतावान् र भिजन भएको नेतृत्व छान्दा निर्वाचन लगत्तै नेतृत्व प्रभावकारी भएन भनेर गुनासो गर्नुपर्ने समस्या कम आउने पक्षलाई ध्यान दिनुपर्छ।

Ncell 2
Ncell 2

अजेण्डाहरूको सूची
नेपालबाट विदेशिनेहरुको सूची लामो भएको छ। यसले एनआरएनको आयातन मात्र बढाएको छैन, एनआरएनले विदेशमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा उठाउनुपर्ने मुद्दाहरुमा सार्थक र अर्थपूर्ण बहस पनि खोजी गरेको छ। यसपटकको निर्वाचन यस्ता अजेण्डाहरुको बारेमा घनिभूत बहसको सुरुवातको प्रस्थानबिन्दु हुनसक्छ, यदि नेतृत्व तद्अनुसार गम्भीर र भिजनसहितको छनौट भएमा।

चुनावमा उम्मेदवारी दिने भन्ने बित्तिकै पहिलो फड्को अजेन्डा नै हो। उम्मेदवारका केही न केही अजेन्डा हुन्छन्। सम्बन्धित उम्मेदवारका अजेन्डाहरु उनीहरुको सामाजिक सञ्जालमा पाइन्छ। अथवा उम्मेदवारलाई आफैं सम्पर्क गरेर पनि अजेन्डा माग्न सकिन्छ, यसो गर्दा उम्मेदवारसँग सम्बन्ध पनि स्थापित हुन्छ।

आज एनआरएनएले उठाउनुपर्ने एजेण्डाहरूको सूची लामो छ। वंशजको नागरिकताको निरन्तरता, दोहोरो कर हटाउनको लागि सन्धि र कार्यान्वयनको पहल, सदस्यहरुको सुरक्षा, डेटाको सुरक्षा, व्यवहारमै लगानीको वातावरणको सिर्जना गर्न निरन्तर वकालत र कार्यान्वयनको सुनिश्चितता लगायतका पेचिला अजेण्डाहरुमा नेतृत्व दृढ उभिन आवश्यक छ।

यसका अतिरिक्त एनआरएनहरुको सीप विकास, शिक्षा र स्वास्थ्यमा चासो, रोजगारीमा सहायता जस्ता सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने विषयहरुमा पनि आगामी नेतृत्वले थप काम गर्न आवश्यक देखिन्छ।

एउटा संस्थाको रुपमा एनआरएनका आर्थिक गतिविधिहरुको पारदर्शिता, नेपाल सरकारसँग सम्बन्ध, साझेदारी र सहकार्य लगायत संस्थागत विकास र सुशासनका अजेन्डाहरु पनि छन्। आर्थिक हिनामिना र भ्रष्टाचारका कुराहरुमा शून्य सहनशीलताको प्रतिबद्धता र सोही अनुरुपको विगतको चालचलन पनि सम्बोधन हुनुपर्ने देखिन्छ। कुन उम्मेदवारले कसरी र कस्ता योजना ल्याएको छ, अध्ययन गरेर निर्णय गर्न सकिन्छ।

राजनीतिक प्रभाव न्यूनीकरण गरौँ
एनआरएनए गैर राजनीतिक संस्था हो । सिद्धान्ततः यसको चुनाव राजनीतिक पार्टीहरूको प्रतिस्पर्धा होइन। संस्थामा काम गरेका, समाज बुझेका, नेतृत्व लिन सक्ने र एनआरएनप्रति अपनत्व रहेका व्यक्तिहरु उम्मेदवार हुने गर्छन्।

विधानमा कुनै पनि समूहमा चुनाव लड्न नपाइने लेखिएको छ। त्यसैले हामीले भोट दिने सबै उम्मेदवार स्वतन्त्र हुन्। कुनै पार्टी र प्यानलसँग आवद्ध हुँदैनन्। यो फलानो पार्टी हो, यसलाई भोट दिऔँ भन्दा पनि हामीले उनीहरुलाई व्यक्तिगत रुपमा बुझेर, योजना पढेर र नजिकबाट छामेर आफ्नो एक भोट दिने हो।

हामीलाई कुनै पनि पार्टी, संगठन र समूहले करकाप गर्न सक्दैन र पाउँदैन। स्वतन्त्र र सिंगो एनआरएनएको लागि स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपले जिताउने हो।

एनआरएनए नेपाल बाहिर बस्ने नेपालीहरुका लागि प्रतिनिधि सरकार हो। गैरआवासीय नेपालीहरुको कूटनीतिकदेखि सामाजिक र व्यक्तिगत समस्यामा गैरआवासीय नेपाली संघले साथ र हात दिँदै आएको छ र झन् सशक्त नेतृत्व आयो भने अझै जनपक्षीय काम हुन सक्छन्। त्यसैले यो संस्थाको नेतृव चयन गर्दा मतदाताले ध्यान दिन आवश्यक छ। मातृभूमिमा सही नेतृत्व नपुग्दा निराश भएर गुनासो गर्ने हामी गैरआवासीय नेपालीलाई अफूले पनि त्यस्तै गैर जिम्मेवार र अक्षम नेतृत्व चयन गर्ने छुट छैन। भोट दिँदा पैसा, आफन्त, पद जस्ता कुनै पनि कुराको प्रलोभनमा नपरी सबल एनआरएनए बनाउने उम्मेदवारलाई जिताउनु पर्छ।

हामी सबै मिलेर विवेकको मतलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्दा हामीले एउटा सबल, सशक्त र पारदर्शी एनआरएनए निर्माण गर्न सक्छौँ। यो पटकको निर्वाचन त्यही दिशामा केन्द्रित हुने प्रण आजबाटै हामी सबैले गरौँ।

(पेसाले सफ्टवेयर इन्जिनियर तेज पौडेल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरिकाका युवा संयोजक हुन् । हाल उनी अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका छन्।)

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित)
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
रवि, बालेन र कुलमानको एकताप्रति ओलीको टिप्पणी: बाख्रा र कुखुराले मोर्चाबन्दी गरेर बाघको मुकाबिला गर्न सक्दैन मंगलबार, पुस १५, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
ओलीको प्रश्न : एमाले-कांग्रेस बाहेक अरुले सरकार बनाउन सम्भव छ र ? मंगलबार, पुस १५, २०८२
प्रधानमन्त्री कार्कीले भनिन् : ‘सांस्कृतिक विविधता नेपालको गौरव हो’ मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सुधन गुरुङको जोडबलमा कुलमानसहित त्रिपक्षीय छलफल सोमबार, पुस १४, २०८२
काँग्रेस समानुपातिक उम्मेदवारमा संस्थापन पक्षबाट ६०-४० को भागबन्डा प्रस्ताव सोमबार, पुस १४, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्