• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

निर्वाचनमा होमिएको एनआरएनएमा कस्तो नेतृत्व?

तेज पौडेल (विनोद) सोमबार, असोज २२, २०८०  ०८:१२
1140x725

गैरआवासीय नेपाली संघ (एनआरएनए) र यसका सदस्यहरुलाई यस संस्थाको निर्वाचन लागेको छ। चुनावी सरगर्मी बढेको अभाष सदस्यहरूलाई हुने गरी विभिन्न पदका आकांक्षी उम्मेदवारहरुले प्रचारप्रसार तीव्र पारेका छन्। फोन कल र मेसेन्जरमा भोट माग्ने क्रम बढेको छ। समर्थकहरू समेत निकट उम्मेदवारको पक्षमा खुल्दै मत माग्ने क्रमलाई तीव्रता दिन थालेका छन्। प्रतिबद्धता र एजेन्डा सहितका पर्चा र पम्प्लेटहरुले सामाजिक सञ्जाल भरिएका छन्। व्यक्तिगत सन्देश पठाएर मत माग्नेहरुको पनि कमी छैन।

कस्तो नेतृत्व? 
विश्वभरीबाट उम्मेदवार भएको संस्थामा भोट कस्लाई दिने भनेर निर्णय गर्न सजिलो छैन। एनआरएनएजस्तो विविधताले भरिपूर्ण संस्थामा उम्मेदवारहरु अपरिचित पनि हुनसक्छन्। तर निर्वाचन नजिकिँदै जाँदा कम्तिमा यसका सदस्यहरुले आफैंलाई एउटा प्रश्न सोध्न जरुरी छ– अबको एनआरएनमा कस्तो नेतृत्व?

यो प्रश्नले थप केही विषयहरुमा गम्भीरतापूर्वक सोच्न हामी सबै एनआरएनएका सदस्यहरूलाई अपिल गर्दछ। भनिरहनु पर्दैन, एनआरएनए एउटा प्रभावकारी संस्था हुनुपर्छ। यस संस्थाको मूल मर्म र भावना नेपालको समृद्धिको आकांक्षामा विश्वभर छरिएका नेपालीहरुले कसरी योगदान गर्न सकिन्छ भन्ने बिषयमा एकमत तय गर्नु त छँदैछ, यसका अतिरिक्त अहिले अन्य थुप्रै एजेण्डाहरूमा थप स्पष्टता र प्रतिबद्धता समेत आवश्यक देखिन्छ।

प्रश्नहरू थुप्रै छन्। असन्तुष्टिहरु पनि यथेष्ट छन्। संस्थाले एनआरएनहरुको अजेन्डा बोक्नसक्यो? संस्थाको केन्द्रमा साँच्चै नेपालीको भलो र हित रह्यो? संस्था नेपाल सरकार र विदेशिएका नेपालीको सम्बन्धको माध्यम बन्नसक्यो? संस्थाले व्यक्तिकेन्द्रित मनोभावबाट बाहिरिएर विषयकेन्द्रित बहस गर्न सफल भयो? यस्ता धेरै प्रश्नहरु धेरै सदस्यहरुको मनमनमा छन्। त्यसैले यो निर्वाचनमा कम्तिमा एनआरएनए सदस्यहरुले यस्ता प्रश्नको जवाफ खोज्ने प्रयास गर्नैपर्छ। यी प्रश्नहरुको जवाफको खोजी गर्न निर्वाचनअगाडि हरेक सदस्यले आफैंसँग प्रश्नहरू गर्नुपर्ने छ– हामीले खोजेको नेतृत्व कस्तो हो? कस्तो नेतृत्वले व्यक्तिकेन्द्रित मनोभावबाट बाहिरिएर बहुजनहीतायको मर्मलाई कायम गर्नसक्छ? कस्तो नेतृत्व आउँदा विषयकेन्द्रित बहस सम्भव हुन्छ?

एनआरएनएमा उम्मेदवारको आकांक्षीहरु स्वयंले आफ्नो नैतिक धरातल र व्यक्तिगत कमिकमजोरीलाई समेत ख्याल गर्न आवश्यक छ। एनआरएनएले समाजमा आदर्श मानकहरु निर्माण गर्न सक्नुपर्छ। यदि एनआरएनएको नेतृत्व नै नैतिक रुपमा कमजोर धरातलमा उभिएको र समाजले प्रश्नैप्रश्न गरेकाहरु आए भने उनीहरुले समाजका अन्य तप्काका व्यक्तिहरुलाई उदाहरण प्रस्तुत गर्न सक्दैनन्। यसै पनि लोकतन्त्र जीवन संस्कृति पनि हो। व्यक्तिगत व्यवहार, आचरण र आनीबानी, कर्तव्यबोध आदिलाई पनि निर्वाचनको सन्दर्भमा ध्यान दिनुपर्छ।

कसरी छान्ने नेतृत्व?
झट्ट सुन्दा राम्रो सुनिए पनि यो काम सहज भने छैन। व्यक्तिगत सम्बन्धहरू, राजनीतिक समीकरण, व्यापारिक रूचि, विभाजित मानसिकता आदि पक्षहरु निर्वाचनको समयमा ह्वात्तै बढेर जान्छन्। यसले अन्य समयमा देखिने संस्थालाई बलियो बनाउने चिन्तालाई समेत फिक्का बनाइदिन्छ।

एनआरएनएको जिम्मेवार पदमा बसेको युवा नेतृत्वको रुपमा मलाई व्यक्तिगत रुपमा एनआरएनले नेतृत्व छनौटको दौरानमा सकारात्मक उर्जा र उदाहरण प्रस्तुत गर्नुपर्छ भन्ने लाग्छ। देशविदेश घुमेका, विकसित देशहरुको उन्नत लोकतन्त्र र निर्वाचन प्रणालीसँग साक्षात्कार गरेका एनआरएनए सदस्यहरुले संसारका निर्वाचनका उत्कृष्ट अभ्यासलाई संस्थागत गर्नसक्दा त्यसले नेपालमा रहेका अन्य सामाजिक र कतिपय राजनीतिक संस्थाहरुलाई समेत राम्रो अभ्यासका लागि प्रोत्साहित गर्नसक्ने सम्भावना रहन्छ। दुःखका साथ भन्नुपर्छ, अधिकांश नेपालीहरू र एनआरएनए सदस्यहरूलाई नै यस्तो महसुस भएको पाइँदैन।

अतः कम्तिमा युवा पंक्तिका साथीहरुले यसपटकको चुनावमा उम्मेदवार छनौटमा थप सचेतता अपनाउनु सान्दर्भिक देखिन्छ। खासगरी संस्थालाई हाँक्ने महत्त्वपूर्ण पदहरूमा उम्मेदवार छान्दा व्यक्तिभन्दा अजेण्डालाई प्राथमिकता दिने रणनीति बनाउनु वाञ्छनीय देखिन्छ। गोप्य मतदानको सदुपयोग गर्दै तुलनात्मक रूपमा योग्य, क्षमतावान् र भिजन भएको नेतृत्व छान्दा निर्वाचन लगत्तै नेतृत्व प्रभावकारी भएन भनेर गुनासो गर्नुपर्ने समस्या कम आउने पक्षलाई ध्यान दिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

अजेण्डाहरूको सूची
नेपालबाट विदेशिनेहरुको सूची लामो भएको छ। यसले एनआरएनको आयातन मात्र बढाएको छैन, एनआरएनले विदेशमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा उठाउनुपर्ने मुद्दाहरुमा सार्थक र अर्थपूर्ण बहस पनि खोजी गरेको छ। यसपटकको निर्वाचन यस्ता अजेण्डाहरुको बारेमा घनिभूत बहसको सुरुवातको प्रस्थानबिन्दु हुनसक्छ, यदि नेतृत्व तद्अनुसार गम्भीर र भिजनसहितको छनौट भएमा।

चुनावमा उम्मेदवारी दिने भन्ने बित्तिकै पहिलो फड्को अजेन्डा नै हो। उम्मेदवारका केही न केही अजेन्डा हुन्छन्। सम्बन्धित उम्मेदवारका अजेन्डाहरु उनीहरुको सामाजिक सञ्जालमा पाइन्छ। अथवा उम्मेदवारलाई आफैं सम्पर्क गरेर पनि अजेन्डा माग्न सकिन्छ, यसो गर्दा उम्मेदवारसँग सम्बन्ध पनि स्थापित हुन्छ।

आज एनआरएनएले उठाउनुपर्ने एजेण्डाहरूको सूची लामो छ। वंशजको नागरिकताको निरन्तरता, दोहोरो कर हटाउनको लागि सन्धि र कार्यान्वयनको पहल, सदस्यहरुको सुरक्षा, डेटाको सुरक्षा, व्यवहारमै लगानीको वातावरणको सिर्जना गर्न निरन्तर वकालत र कार्यान्वयनको सुनिश्चितता लगायतका पेचिला अजेण्डाहरुमा नेतृत्व दृढ उभिन आवश्यक छ।

यसका अतिरिक्त एनआरएनहरुको सीप विकास, शिक्षा र स्वास्थ्यमा चासो, रोजगारीमा सहायता जस्ता सदस्यहरूलाई प्रत्यक्ष लाभ पुग्ने विषयहरुमा पनि आगामी नेतृत्वले थप काम गर्न आवश्यक देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

एउटा संस्थाको रुपमा एनआरएनका आर्थिक गतिविधिहरुको पारदर्शिता, नेपाल सरकारसँग सम्बन्ध, साझेदारी र सहकार्य लगायत संस्थागत विकास र सुशासनका अजेन्डाहरु पनि छन्। आर्थिक हिनामिना र भ्रष्टाचारका कुराहरुमा शून्य सहनशीलताको प्रतिबद्धता र सोही अनुरुपको विगतको चालचलन पनि सम्बोधन हुनुपर्ने देखिन्छ। कुन उम्मेदवारले कसरी र कस्ता योजना ल्याएको छ, अध्ययन गरेर निर्णय गर्न सकिन्छ।

राजनीतिक प्रभाव न्यूनीकरण गरौँ
एनआरएनए गैर राजनीतिक संस्था हो । सिद्धान्ततः यसको चुनाव राजनीतिक पार्टीहरूको प्रतिस्पर्धा होइन। संस्थामा काम गरेका, समाज बुझेका, नेतृत्व लिन सक्ने र एनआरएनप्रति अपनत्व रहेका व्यक्तिहरु उम्मेदवार हुने गर्छन्।

विधानमा कुनै पनि समूहमा चुनाव लड्न नपाइने लेखिएको छ। त्यसैले हामीले भोट दिने सबै उम्मेदवार स्वतन्त्र हुन्। कुनै पार्टी र प्यानलसँग आवद्ध हुँदैनन्। यो फलानो पार्टी हो, यसलाई भोट दिऔँ भन्दा पनि हामीले उनीहरुलाई व्यक्तिगत रुपमा बुझेर, योजना पढेर र नजिकबाट छामेर आफ्नो एक भोट दिने हो।

हामीलाई कुनै पनि पार्टी, संगठन र समूहले करकाप गर्न सक्दैन र पाउँदैन। स्वतन्त्र र सिंगो एनआरएनएको लागि स्वतन्त्र उम्मेदवारलाई स्वतन्त्र रुपले जिताउने हो।

एनआरएनए नेपाल बाहिर बस्ने नेपालीहरुका लागि प्रतिनिधि सरकार हो। गैरआवासीय नेपालीहरुको कूटनीतिकदेखि सामाजिक र व्यक्तिगत समस्यामा गैरआवासीय नेपाली संघले साथ र हात दिँदै आएको छ र झन् सशक्त नेतृत्व आयो भने अझै जनपक्षीय काम हुन सक्छन्। त्यसैले यो संस्थाको नेतृव चयन गर्दा मतदाताले ध्यान दिन आवश्यक छ। मातृभूमिमा सही नेतृत्व नपुग्दा निराश भएर गुनासो गर्ने हामी गैरआवासीय नेपालीलाई अफूले पनि त्यस्तै गैर जिम्मेवार र अक्षम नेतृत्व चयन गर्ने छुट छैन। भोट दिँदा पैसा, आफन्त, पद जस्ता कुनै पनि कुराको प्रलोभनमा नपरी सबल एनआरएनए बनाउने उम्मेदवारलाई जिताउनु पर्छ।

हामी सबै मिलेर विवेकको मतलाई स्वतन्त्रतापूर्वक प्रयोग गर्दा हामीले एउटा सबल, सशक्त र पारदर्शी एनआरएनए निर्माण गर्न सक्छौँ। यो पटकको निर्वाचन त्यही दिशामा केन्द्रित हुने प्रण आजबाटै हामी सबैले गरौँ।

(पेसाले सफ्टवेयर इन्जिनियर तेज पौडेल गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरिकाका युवा संयोजक हुन् । हाल उनी अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका छन्।)

प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  ०८:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्