• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज २५, २०८३ Sun, Oct 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गान्धीको आदर्श अनुकरण गर्ने कि?

सञ्जय पन्थी सोमबार, असोज १५, २०८०  १३:२३
1140x725

महात्मा गान्धी विश्वमा यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ति दिएर कसैलाई अनुयायी बनाएनन्। बन्नु पर्छ भनेर अड्डी पनि लिएनन्। स्वयं आफैंले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी अहिंसाका पुजारी बने। विश्वले त्यसरी नै उनलाई चिन्छ।

कुनै पनि समस्यालाई गहन रुपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु गान्धीको व्यावहारिक गुण रह्यो। भगवान बुद्धले दु:खको कारण पत्ता लगाए जस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन्।

विश्वमा समस्याका प्रकार धेरै छन्। जस्तै: गरिबी, धनी र गरिबबीचको विभेद। पूर्व र पश्चिमबीचको मतभेद। उत्तर र दक्षिणबीचको विभेद। आतंकवाद, जातीय युद्ध, उत्पीडन, भष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि इत्यादि। व्याप्त यी समस्यालाई गान्धीले स्वीकारेका छन्। त्यसको समाधान छ भन्ने कुरालाई उनको जीवन आदर्शले प्रमाणित गरिदिएको छ। त्यसका लागि ज्ञान योग, भक्ति योग र कर्म योग संगम जीवनलाई बनाउन सक्नुपर्छ। मानिस आध्यात्मिक हुन सक्नुपर्छ। नकि कर्मकाण्डी।

गान्धीको अनुभव र आदर्शले अहिले संसारका समस्याको समाधान छ। तर मानवले सत्यको मार्गलाई अनुशरण गर्न सक्नुपर्छ। त्यो भनेको अहिंसालाई आत्मसात गरेर अर्काको भलाइमा समर्पण। 

गान्धी समानता र स्वतन्त्रताका पक्षपाती रहे। भगवान बुद्धका वाणीमा आधारित मैत्री, करुणा, मुद्धिकालाई अँगाल्दै मानव कल्याण र जगत कल्याणका लागि उनले काम गरे। समाजिक प्रगति नै निराशाको अन्त्य हो भन्ने उनको मान्यता रह्यो। स्वतन्त्रताका लागि शस्त्र सुसज्जित साम्राज्यसँग निशस्त्र आन्दोलनमार्फत गरेर विजय प्राप्त गरेर उनले विश्वलाई चकित बनाइदिए। तर उनले शान्तिपूर्ण साधनाद्वारा आफ्नो देश र जन्तालाई स्वतन्त्रता दिलाउन सफल रहे।

विश्व राजनीतिक इतिहासमा गान्धीको जित एउटा चमत्कार नै हो भन्दा हुन्छ। सत्ता परिवर्तनको लडाइँमा त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाइँ भएर कसैले विजय प्राप्त गरेको अहिलेसम्म छैन। 

अहिंसालाई जीवन चरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने उनको जीवन आदर्शबाट जानकारी पाउन सकिन्छ। हतियारभन्दा कैयौं गुणा प्रभावशाली हुन्छ, अहिंसा मार्ग र सिद्धान्त। 

उनले सन् १९३० मा गरेको दाण्डी मार्च होस् वा छुवाछुत विरुद्धको भैकाम आन्दोलनले उनलाई अहिंसात्मक आन्दोलनबाट नै देशलाई आजाद गराउन सकिन्छ भन्ने आत्मविश्वास जगाएको थियो। सन् १९०६ को दक्षिण अफ्रिकाको आन्दोलनदेखि सन् १९४८ जनवरी ३० सम्म आफ्नो हत्या हुनुअघिसम्म अहिंसाको मार्गबाट उनी विचलित भएनन्। बाँच्नका लागि सशस्त्र शक्तिको सहारा लिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

संसार सशस्त्र शक्तिमा विश्वस्त भइरहेका बेला अहिंसामा पनि बल छ, भनेर गान्धीले पत्ता लगाए। त्यो मार्गबाट मुक्ति सम्भव छ भनेर प्रमाणित समेत गरेर देखाए। त्यसैले उनलाई व्यवहार दार्शनिकभन्दा पनि हुन्छ। विश्वलाई अहिंसात्मक मार्गमा लाग्न प्रेरित समेत गरे। विश्व इतिहासमा अहिंसामा पनि शक्ति छ भनेर दर्ज गराए। 

राजनीतिक लडाइँ अहिंसाबाट विजय प्राप्त गर्न सकिन्छ भन्ने विश्वास कसैलाई थिएन। गान्धीले त्यसलाई सिद्ध गरेर विश्वलाई विश्वस्त हुन बाध्य बनाए। परन्तु, अहिलेको संसारका लागि गान्धीको मण्डेला र अमेरिकी अश्वेत आन्दोलनका नेता मार्टिन लुथर किङ उनको अहिंसात्मक आन्दोलनका अनुयायी बनेका उदाहरण पनि छन्। त्यसैले ती देशमा गान्धीको आर्दश र दर्शनको उच्च स्थान छ।

त्यसो त गान्धीलाई समकक्षी क्रान्तिकारी विचारक लेनिनले एक प्रणेता र जनआन्दोलनका नेता हुन्, त्यसैले उनलाई क्रान्तकारी भन्नुपर्छ भनेका छन्। भियतनामका पूर्व राष्ट्रपति होची मिह्नले भनेका छन्, ‘गान्धी तपाइँले हामी सबैलाई अहिंसाको मार्गमा हिँडाउन सक्नुहोस्। हामी पनि अहिंसाको कार्गमा हिँड्न सकौं। हामी सबै क्रान्तिकारी हो। तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी गान्धीकै शिष्य हौं। यो भन्दा कम-बेसी केही छैन्।’

गान्धीको पहिलो पटक जीवनी उतार्न एक पश्चिमा जोसेफ डाकले उनीसँग सोधे, ‘तपाइँले कस्तो अहिंसाको विकास गर्नुभयो। यतिसारो केबाट प्रभावित हुनुभयो?’ त्यतिबेला गान्धीले भनेका थिए, ‘मलाई बचपनमा अध्ययन गरेको एक कविताको स्मरण छ। उक्त कविताको सार यस्तो थियो- यदि तिमीलाई तिर्खा लागेको बेलामा कसैले पानी पिलाउँछ भने तिमीले पनि उसलाई त्यसको बदलामा पानी पिलायौ भने बडपन हुने छैन। बडपन त त्यतिबेला हुन्छ, जतिबेला तिमीले बैगुन गर्नेलाई गुन गर्न सक्छौ। उक्त कविताको पंक्तिले मेरो बाल मस्तिष्कमा ठूलो प्रभाव पार्‍यो। त्यसरी नै उक्त पंक्तिलाई व्यवहारमा उर्तान प्रयास गरेँ।’

Xtrem

Xtrem

त्यसपछि भागवत गीताको कथाबाट त्यसरी नै प्रभावित हुन पुगे गान्धी। अर्को ठूलो प्रभाव भनेको रुसी कवि टायल्सटायको ‘स्वर्ग तिमी भित्रै, छ’ भन्ने पुस्तकले मेरो जीवनमा स्थायी परिवर्तन ल्याइदियो भनेका छन् उनले।

मानिसको जीवनमा प्रभाव अरुको जीवन र वचनले प्रभाव पार्ने हो तर त्यसलाई व्यवहारमा खुद मानिसले नै उर्तान सक्नुपर्छ। अनि मात्र चाहेको परिवर्तनको लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश गान्धीको जीवनीबाट पाउन सकिन्छ।

त्यसैले अहिंसामा आधारित गान्धीको दर्शन अहिले पनि नेपाल र नेपालीका लागि अनुकरणीय छ। किनकि हाम्रा छिमेकी अस्त्र र शस्त्रले सुसज्जित छन्। हामीले उनीहरुसँग शस्त्र बलमा प्रतिरोध गर्न सक्दैनौं पनि। त्यसैले हामीले उनीहरुसँग गर्ने भनेको आदर्श व्यवहार र चरित्रले नै हो, जुन गान्धीको जीवनीबाट सिक्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति
सम्बन्धित सामग्री
परिवारभित्रको पर्व जितिया देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम सुरु हुन लागेको छ। यही पर्वको शृंखलामा मैथिली र थारू समुदायका महिलाले मनाउने जितिया... आइतबार, असोज १८, २०८३
अमेरिकी सैन्य फिर्तीको इराक आयाम विश्वव्यापी तेल व्यापार अनिवार्य रूपमा अमेरिकी डलरमै हुनुपर्ने कडा बाध्यतालाई निरन्तरता दिएर आफ्नो ग्लोबल आर्थिक नियन्त्रणलाई बलियो... शुक्रबार, असोज १६, २०८३
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपालको राजनीतिमा नयाँ पुस्ताको नेतृत्वप्रति जनअपेक्षा बढिरहेका बेला बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारलाई केवल समर्थन वा विरोधको... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : उद्धारको लागि हेलिकप्टर परिचालन आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीले २०० मिटर माथिसम्म क्षति आइतबार, असोज २५, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
बुढीगण्डकीमा ठूलो बाढी, त्रिशूली दोभानका नदी किनार नजान आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश शनिबार, असोज २४, २०८३
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
ककरोच जनता पार्टीका संस्थापक दीपके विमानबाटै पक्राउ शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्