• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

गान्धीको आदर्श अनुकरण गर्ने कि?

सञ्जय पन्थी सोमबार, असोज १५, २०८०  १३:२३
1140x725

महात्मा गान्धी विश्वमा यस्ता दार्शनिक हुन् जसले सिद्धान्त अध्ययन गरेर र अर्ति दिएर कसैलाई अनुयायी बनाएनन्। बन्नु पर्छ भनेर अड्डी पनि लिएनन्। स्वयं आफैंले अनुभव गरेको कुरालाई जीवन आदर्शमा उतारेर अहिंसाको सिद्धान्त बनाए। त्यसैले उनी अहिंसाका पुजारी बने। विश्वले त्यसरी नै उनलाई चिन्छ।

कुनै पनि समस्यालाई गहन रुपमा अध्ययन गरेर समाधानको कारण पत्ता लागाउन सक्नु गान्धीको व्यावहारिक गुण रह्यो। भगवान बुद्धले दु:खको कारण पत्ता लगाए जस्तै उनले पनि आधुनिक जीवनमा विकराल समस्या रहेको स्वीकारेका छन्।

विश्वमा समस्याका प्रकार धेरै छन्। जस्तै: गरिबी, धनी र गरिबबीचको विभेद। पूर्व र पश्चिमबीचको मतभेद। उत्तर र दक्षिणबीचको विभेद। आतंकवाद, जातीय युद्ध, उत्पीडन, भष्टाचार, अतिवाद, उन्माद, हिंसा आदि इत्यादि। व्याप्त यी समस्यालाई गान्धीले स्वीकारेका छन्। त्यसको समाधान छ भन्ने कुरालाई उनको जीवन आदर्शले प्रमाणित गरिदिएको छ। त्यसका लागि ज्ञान योग, भक्ति योग र कर्म योग संगम जीवनलाई बनाउन सक्नुपर्छ। मानिस आध्यात्मिक हुन सक्नुपर्छ। नकि कर्मकाण्डी।

गान्धीको अनुभव र आदर्शले अहिले संसारका समस्याको समाधान छ। तर मानवले सत्यको मार्गलाई अनुशरण गर्न सक्नुपर्छ। त्यो भनेको अहिंसालाई आत्मसात गरेर अर्काको भलाइमा समर्पण। 

गान्धी समानता र स्वतन्त्रताका पक्षपाती रहे। भगवान बुद्धका वाणीमा आधारित मैत्री, करुणा, मुद्धिकालाई अँगाल्दै मानव कल्याण र जगत कल्याणका लागि उनले काम गरे। समाजिक प्रगति नै निराशाको अन्त्य हो भन्ने उनको मान्यता रह्यो। स्वतन्त्रताका लागि शस्त्र सुसज्जित साम्राज्यसँग निशस्त्र आन्दोलनमार्फत गरेर विजय प्राप्त गरेर उनले विश्वलाई चकित बनाइदिए। तर उनले शान्तिपूर्ण साधनाद्वारा आफ्नो देश र जन्तालाई स्वतन्त्रता दिलाउन सफल रहे।

विश्व राजनीतिक इतिहासमा गान्धीको जित एउटा चमत्कार नै हो भन्दा हुन्छ। सत्ता परिवर्तनको लडाइँमा त्यसरी एक्लो व्यक्तिको आदर्शमा अहिंसात्मक लडाइँ भएर कसैले विजय प्राप्त गरेको अहिलेसम्म छैन। 

अहिंसालाई जीवन चरित्र, साहस, दृढता, संयम र विश्वासका साथ अपनाउन सकियो भने विभेद र अन्यायका विरुद्ध विजय प्राप्त गर्न सकिन्छ भन्ने उनको जीवन आदर्शबाट जानकारी पाउन सकिन्छ। हतियारभन्दा कैयौं गुणा प्रभावशाली हुन्छ, अहिंसा मार्ग र सिद्धान्त। 

उनले सन् १९३० मा गरेको दाण्डी मार्च होस् वा छुवाछुत विरुद्धको भैकाम आन्दोलनले उनलाई अहिंसात्मक आन्दोलनबाट नै देशलाई आजाद गराउन सकिन्छ भन्ने आत्मविश्वास जगाएको थियो। सन् १९०६ को दक्षिण अफ्रिकाको आन्दोलनदेखि सन् १९४८ जनवरी ३० सम्म आफ्नो हत्या हुनुअघिसम्म अहिंसाको मार्गबाट उनी विचलित भएनन्। बाँच्नका लागि सशस्त्र शक्तिको सहारा लिएनन्।

Ncell 2
Ncell 2
nimb
nimb

संसार सशस्त्र शक्तिमा विश्वस्त भइरहेका बेला अहिंसामा पनि बल छ, भनेर गान्धीले पत्ता लगाए। त्यो मार्गबाट मुक्ति सम्भव छ भनेर प्रमाणित समेत गरेर देखाए। त्यसैले उनलाई व्यवहार दार्शनिकभन्दा पनि हुन्छ। विश्वलाई अहिंसात्मक मार्गमा लाग्न प्रेरित समेत गरे। विश्व इतिहासमा अहिंसामा पनि शक्ति छ भनेर दर्ज गराए। 

राजनीतिक लडाइँ अहिंसाबाट विजय प्राप्त गर्न सकिन्छ भन्ने विश्वास कसैलाई थिएन। गान्धीले त्यसलाई सिद्ध गरेर विश्वलाई विश्वस्त हुन बाध्य बनाए। परन्तु, अहिलेको संसारका लागि गान्धीको मण्डेला र अमेरिकी अश्वेत आन्दोलनका नेता मार्टिन लुथर किङ उनको अहिंसात्मक आन्दोलनका अनुयायी बनेका उदाहरण पनि छन्। त्यसैले ती देशमा गान्धीको आर्दश र दर्शनको उच्च स्थान छ।

त्यसो त गान्धीलाई समकक्षी क्रान्तिकारी विचारक लेनिनले एक प्रणेता र जनआन्दोलनका नेता हुन्, त्यसैले उनलाई क्रान्तकारी भन्नुपर्छ भनेका छन्। भियतनामका पूर्व राष्ट्रपति होची मिह्नले भनेका छन्, ‘गान्धी तपाइँले हामी सबैलाई अहिंसाको मार्गमा हिँडाउन सक्नुहोस्। हामी पनि अहिंसाको कार्गमा हिँड्न सकौं। हामी सबै क्रान्तिकारी हो। तर प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हामी गान्धीकै शिष्य हौं। यो भन्दा कम-बेसी केही छैन्।’

गान्धीको पहिलो पटक जीवनी उतार्न एक पश्चिमा जोसेफ डाकले उनीसँग सोधे, ‘तपाइँले कस्तो अहिंसाको विकास गर्नुभयो। यतिसारो केबाट प्रभावित हुनुभयो?’ त्यतिबेला गान्धीले भनेका थिए, ‘मलाई बचपनमा अध्ययन गरेको एक कविताको स्मरण छ। उक्त कविताको सार यस्तो थियो- यदि तिमीलाई तिर्खा लागेको बेलामा कसैले पानी पिलाउँछ भने तिमीले पनि उसलाई त्यसको बदलामा पानी पिलायौ भने बडपन हुने छैन। बडपन त त्यतिबेला हुन्छ, जतिबेला तिमीले बैगुन गर्नेलाई गुन गर्न सक्छौ। उक्त कविताको पंक्तिले मेरो बाल मस्तिष्कमा ठूलो प्रभाव पार्‍यो। त्यसरी नै उक्त पंक्तिलाई व्यवहारमा उर्तान प्रयास गरेँ।’

त्यसपछि भागवत गीताको कथाबाट त्यसरी नै प्रभावित हुन पुगे गान्धी। अर्को ठूलो प्रभाव भनेको रुसी कवि टायल्सटायको ‘स्वर्ग तिमी भित्रै, छ’ भन्ने पुस्तकले मेरो जीवनमा स्थायी परिवर्तन ल्याइदियो भनेका छन् उनले।

मानिसको जीवनमा प्रभाव अरुको जीवन र वचनले प्रभाव पार्ने हो तर त्यसलाई व्यवहारमा खुद मानिसले नै उर्तान सक्नुपर्छ। अनि मात्र चाहेको परिवर्तनको लक्ष्यमा पुग्न सकिन्छ भन्ने सन्देश गान्धीको जीवनीबाट पाउन सकिन्छ।

त्यसैले अहिंसामा आधारित गान्धीको दर्शन अहिले पनि नेपाल र नेपालीका लागि अनुकरणीय छ। किनकि हाम्रा छिमेकी अस्त्र र शस्त्रले सुसज्जित छन्। हामीले उनीहरुसँग शस्त्र बलमा प्रतिरोध गर्न सक्दैनौं पनि। त्यसैले हामीले उनीहरुसँग गर्ने भनेको आदर्श व्यवहार र चरित्रले नै हो, जुन गान्धीको जीवनीबाट सिक्न सकिन्छ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
विवादित ‘ग्रीन आर्मी’माथि नेकपाको प्रश्न, तत्काल खारेज गर्न माग
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव
सम्बन्धित सामग्री
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो। देशका नागरिक विपत्तिको पीडामा छन्। कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका... शनिबार, भदौ २०, २०८३
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबै... शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी सबैभन्दा गम्भीर पक्ष उद्धारका लागि सुरुदेखि नै विदेशी मुलुकहरूले देखाएको सहयोगको तत्परता हो। बाह्रवटा देशले आफ्ना फसेका नागरिकहरूको... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
विवादित ‘ग्रीन आर्मी’माथि नेकपाको प्रश्न, तत्काल खारेज गर्न माग सोमबार, भदौ २२, २०८३
सप्तकोशीमा दुई लाख क्युसेक नाघ्यो पानीको बहाव, कोशी ब्यारेजका २४ ढोका खोलिए सोमबार, भदौ २२, २०८३
काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव सोमबार, भदौ २२, २०८३
त्रिशूली–३ ‘बी’मा उद्धार तीव्र पार्न माइतीघरमा धर्ना सोमबार, भदौ २२, २०८३
‘पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्’ : सभामुख अर्याल सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्