भीमदत्तनगर- प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्युरोको टोलीले कञ्चनपुरको बेदकोट नगरपालिकाबाट चार किलोग्राम लागुऔषध चरेससहित एक युवकलाई पक्राउ गरेको छ।
सुदूरपश्चिम क्षेत्रीय ब्युरोबाट खटिएको प्रहरी नायब निरीक्षक लोकराज भट्ट नेतृत्वको टोलीले बेदकोट नगरपालिका–९ लालपुरदेखि बागफाँटातर्फ गइरहेका दार्चुला ग्वानी–६ का कृष्ण डाँगालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले चरेस र अभियुक्तलाई जिल्ला प्रहरीमा राखेर कारबाही प्रक्रिया अघि बढाइसकेको जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।