• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

जीवन तिवारीका तीन कविता

जीवन तिवारी शनिबार, असोज ६, २०८०  ०७:५४
1140x725

बुटवलका जीवन तिवारी युवापुस्ताका सशक्त कवि हुन्। आक्रोश, विद्रोह वा विरह र वियोगलाई पनि जीवनकै एक सुन्दर पाटो मानेर स्वीकार गर्ने उनी पेसाले स्वास्थ्य स‍ेवामा आवद्ध छन्। हाल बेलायतमा रहेका तिवारीका तीन कविता :

१. यादहरू

प्रत्येकजसो रात 
तिम्रा यादहरू आउँछन् 
मलाई बिथोल्न,
मेरो एकाग्रता भङ्ग गर्न ।

तिनै मिठा–नमिठा यादहरू 
ओरालो लाग्छन् आँखाको दोबाटो हुँदै 
सिरानी भिजाउँछन् 
र बनाउँछन् मेरो हृदय– ‘फ्रोजन’ !

मैले पढ्ने, मैले लेख्ने 
कविताका प्रत्येक पंक्तिहरूको बाटो भएर 
आउँछन् तिम्रा यादहरू मलाई गिजोल्न ।

ऐस्ट्रेमा टनाटन भरिएका छन्,
तिम्रा कयौं यादहरू बनेर चुरोटका ठुटा
चियाको हरेक चुस्कीसँगै आएर 
तिम्रा यादहरूले बिगारिदिन्छन् 
प्रत्येकपल्ट चियाको स्वाद ।

लाग्छ, तिम्रा यादहरू हिँड्ने बाटो 
तिम्रा यादहरूको राजमार्ग 
तिम्रो प्रेमभन्दा बहुतै फराकिला छन् ।

यिनै यादहरूबाट भाग्दा–भाग्दै 
म आइपुग्छु कुनै एकान्त ठाउँ 
त्यहाँ पनि खै कता कताबाट आइदिन्छन् 
अँध्यारोमा एक झिल्को उज्यालो आएजसरी,

Ncell 2
Ncell 2
nimb
nimb

मेरो एकान्त बिथोल्न 
कहिले बतास सँगसँगै हुर्रिएर आउँछन् 
कहिले झरी बनी भिजाउँछन् तिम्रा यादहरूले मलाई ।

तिम्रा यादहरूले सधैं बिथोलिरहन्छ मलाई 
तिम्रा यादहरूले सधैं गिजोलिरहन्छ मेरो मनस्थिति ।

तिम्रा यादहरूले 
दिन भन्दैनन् 
रात भन्दैनन् ।

न एकान्त भन्छन् 
न भीड भन्छन् ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भन्दैनन् निद्रा 
न भन्छन् अनिद्रा ।

थकान या विश्राम 
केहि पनि भन्दैनन् ।

बस् बनेर पाहुना 
थाहै नदिई आइदिन्छन् 
टुप्लुक्क तिम्रा यादहरू ।

खास, तिम्रा यादहरूले खुबै जानेका छन् 
मलाई कसरी सताउनुपर्छ !
०००

२. विद्रोही फूलहरू

स्पर्श गर्न नपाउँदै सुन्दर बिहानी किरण
देख्न नपाउँदै क्षितिजमा डुब्दै गरेको घामको लालित्य 
भर्न नपाउँदै बैंशका अनेक रङ्गहरू
छर्न नपाउँदै मनमोहक सुवास
हुर्काउन नपाउँदै आफूभित्र अबोधपन–चञ्चलपन 

हाँस्न नपाउँदै एउटा युगको हाँसो 
नाच्न नपाउँदै हावाको तालसँगै 
साँच्न नपाउँदै रहरका पोकाहरू
गाँस्न नपाउदै सम्बन्धका नयाँ गाँठोहरू 

फक्रेर पुर्ण भई,  बाच्न नपाउँदै मुठ्ठीभर जीवन 
नपाउँदै खोल्न संसार हेर्ने आँखाहरू
सदियौँदेखि चुँडिदै आएका छन् बालख फूलहरू
कुरूप मान्छेको हातबाट 

कहिले बन्न प्रेमको प्रतीक 
कहिले सजिन पूजाका थालिहरूमा
कहिले बन्न गलाको श्रृङ्गार 
मान्छेका अनेकन शौखहरूका लागि 
शताब्दीऔंदेखि मारिँदै आएका छन् 
कयौं कोपिला फूलहरू 

अब यी फूलहरूलाई मञ्जुर छैन यस्तो जीवन
यी फूलहरू चाहँदैनन् 
यस्तो गुमनाम मृत्यु 

फूलहरू चाहन्छन् एउटा विद्रोहको सुरुवात गर्न 
फूलहरू अबदेखि फूलमात्रै बन्न तयार छैनन् 

पाखामा फूल्ने राता लालिगुराँसहरूले 
रातो रगत माग्नेछन् 
गुलाफहरू बनेर काँडा
घोच्नेछन् क्रुर हातहरू 

साटेर मान्छेका आँखाहरू 
फूलहरूले मनाउनेछन् अब आफ्नै प्रणय–दिवस 

चुँडेर यी मान्छेको फक्रिँदो मुस्कान 
फूलहरू चाहन्छन्, 
माला सजाउन आफ्नो गलामा 

निकालेर छातीभित्रबाट 
मान्छेको मुटु, कलेजो
फूलहरूले सजाउनेछन् 
अब आफ्नो पूजाको थाली 

अब फुल्ने फूलहरू सधैंझैं कोमल हुने छैनन् 
यिनीहरूले सिकेका छन् कठोर बन्न 
अब फुल्ने फूलहरूले मगमगाउँदो सुवास छर्ने छैनन् 
छर्नेछन् त विद्रोहको गन्ध 

अब फुल्ने फूलहरू केवल आफ्नै लागि फक्रिने छन् !

अब यी फूलहरू तयार छैनन् 
सजिन, बनेर मोनालिसा
कसैको हृदयको भित्तामा 

फूलहरू तयार छैनन्  
बनेर प्रेमको प्रतीक 
निसास्सिन कुनै डायरी/किताबका पानाहरू भित्र

अब यी फूलहरू बनेर ‘फूलनदेवी’  
फुक्न चाहन्छन् विद्रोहको हुङ्कार 

यी फूलहरू कोमल छँदै छैनन् 
अब छिट्टै सुनिन सक्छ हाम्रा कानहरूमा 
फूलहरूको विद्रोहको आवाज !
०००

३. एक्लो

कलकल बगिरहने 
खोलाहरूको बाटो भएर 
एकदिन मेरो गाउँ शहर पस्यो 

शहरमा मेरो गाउँले ठूला, चिल्ला सडकहरू देख्यो 
अग्ला–अग्ला भवनहरू देख्यो 
मिठो–मिठो खान सिक्यो 

मेरो गाउँ एकदिन शहरको डिस्को छिर्याे 
अचम्मै पर्याे सुनेर, त्यहाँको संगीत 
छक्कै पर्याे देखेर, त्यहाँका मान्छेहरूको नाच 
त्यतैको संगीतमा डुब्यो 
त्यतैको नाचमा नाचिरह्यो 
र बिर्सियो बाँसुरी र मादलको ताल 
बिर्सियो टुङ्गना र सारङ्गीको धुन 
बिर्सियो डम्फु र खैंजेडीको लय !

मेरो गाउँ एकदिन शहर सँग अघायो 
र नाघ्यो सिमाना 

अचेल मेरो गाउँ
शहर बनेर झुमिरहेछ विदेशका गल्लीहरूमा 
निदाइरहेछ त्यतैका क्यासिनोहरूमा 
समुद्रको छालसँगै बगाएको छ 
मेरो गाउँले आफ्नो मौलिकता 
बिर्सिएको छ आफ्नो बाटो 

बिर्सिएको छ गाउँले शहरसम्म पुग्ने बाटो
बिर्सिएको छ गाउँले गाउँसम्म पुग्ने बाटो ।

मेरो गाँउ शहर बनेर 
सीमा नाघेपछि कहिल्यै गाउँ फर्किएन 
मेरो गाउँ शहर पसेपछि कहिल्यै घर फर्किएन 

अचेल सुनसान छ मेरो गाउँ 
अचेल सबैभन्दा एक्लो छ मेरो गाउँ ।
०००

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०७:५४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने !
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश
सम्बन्धित सामग्री
बद्री अर्यालको ‘समृद्ध नेपालको आर्थिक दिग्दर्शन’ र ‘समृद्ध नेपालको राजनीतिक दिग्दर्शन’ सार्वजनिक जय नेपाल फाउन्डेशनको आयोजनामा राष्ट्रिय सभागृह, प्रदर्शनी मार्ग आयोजित एक समारोहबीच दुई पुस्तकको संयुक्त विमोचन गरिएको हो । शुक्रबार, असोज १६, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
ताजा समाचारसबै
अब सवारी दर्ता तथा नामसारीका लागि सवारी धनी स्वयं यातायात कार्यालयमा उपस्थित हुन नपर्ने ! सोमबार, असोज २६, २०८३
ग्लोबल आइएमई बैंक दुई विधामा ‘फोनपे अनर्स २०८३’ बाट सम्मानित सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
महाधिवेशानस्थलवाट पक्राउ परेकी काग्रेस केन्द्रिय सदस्य प्रतिस्पर्धी विनितासहित ५ जनालाई संगठित अपराधमा अनुसन्धान हुने सोमबार, असोज २६, २०८३
सर्वोच्चमा सिफारिश चार न्यायाधीशकाे संसदिय सुुनुवाई शुरु सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढी : पाँच जिल्लामा सतर्कता अपनाउन आग्रह आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्