• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस १६, २०८२ Wed, Dec 31, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

संविधानको मर्म र भावनाको कार्यान्वयन कहिले?

डा डिला संग्रौला  बुधबार, असोज ३, २०८०  १५:३७
1140x725

२०७२ साल असोज ३ गते नेपाल र नेपालीका लागि ऐतिहासिक दिनको रुपमा रहेको छ। ७ दशक लामो प्रयासपछि जनताले निर्वाचित गरेको संविधान सभामार्फत् संविधान बनाउने प्रतिक्षाको घडी समाप्त भएकाले नेपाली राजनीतिक इतिहासमा असोज ३ को छुट्टै महत्त्व स्थापित भएको छ।

२०६४ सालको संविधान सभा असफल भएपछि २०७० सालमा भएको दोस्रो संविधान सभाको चुनावमार्फत् बनेको नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको पहलमा संविधान जारी गर्न सफल भएको हो। यसबीचमा संविधान जारी गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्नुहुने ज्ञात अज्ञात शहीदहरूलाई सम्झनै पर्छ, भने हालै संविधान जारी गर्दा बखतका संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। उहाँको आत्माको चीर शान्तिको कामना। 

दोस्रो जनआन्दोलन २०६२/०६३ पछि गणतन्त्रात्मक नेपालको राजनीतिक परिवर्तनलाई संस्थागत गर्नका लागि राजनीतिक दलहरूबीच सहमतिको दस्तावेजको रुपमा नेपालको संविधान (२०७२) जारी गरिएको थियो। विभिन्न बाधा व्यवधानहरूलाई चिर्दै नेपालकै इतिहासमा जनतामाझ गएर मस्यौदा तयार गरिएको यो पहिलो र विश्वकै सबैभन्दा पछिल्लो संविधान हो। नेपालको तराई क्षेत्रका जिल्लाहरूमा यसविरुद्ध आवाज उठाइएता पनि गणपूरक संख्या पुर्‍याएर दुईतिहाई (९० प्रतिशतभन्दा बढी) बहुमतबाट यो संविधान राष्ट्रपतिबाट घोषणा गरिएको थियो। संविधान कुनै धर्मग्रन्थ होइन। त्यसैले यसमा आवश्यकताका आधारमा संशोधन पनि गर्नुपर्छ। जुन कुराको सुरुआत भइसकेको छ। तर अझ यसलाई जनताले अपनत्व ग्रहण गर्ने गरी वर्तमान संसद्‌ले केही परिमार्जन गर्ने अपेक्षा पनि गरिएको छ। 

यस संविधानमा ३५ भाग ३०८ धारा र ९ वटा अनुसूचीहरू रहेका छन् भने संविधानले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गर्नुका साथै पहिलोपटक संघीय मुलुकको रुपमा स्थापित गरेको छ। संघीयताको अभ्यास अहिले सुरु भइसकेको छ। तर अझै पनि संविधानलाई कार्यान्वयन गर्नका लागि आवश्यक पर्ने कानुन निर्माणको चरण भने सकिएको छैन।

संविधानले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र मिश्रित निर्वाचन प्रणाली आत्मसात गर्नु नै प्रमुख उपलब्धि हो। यही उपलब्धिअनुसार नै हामीले अहिले संघीयताको दोस्रोपटक अभ्यास गरिरहेका छौं। गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनपछि संघीय र प्रदेश सरकारहरू सञ्चालनमा छन्। भलै, अहिले कोशी प्रदेशमा अंकगणितका हिसाबले केही अप्ठेरो देखिए पनि अन्य प्रदेशमा कुनै समस्या छैन। हाम्रोमा संघीयताको अभ्यास त्यति पुरानो नभएकाले यसमा सुधार गर्नु पर्ने विषयहरू छन्। ती विषयहरूमा राजनीतिक सहमति कायम गरेर सुधार गर्दै जानु पर्ने छ। 

Ncell 2
Ncell 2

संविधान उत्कृष्ट, कार्यान्वयन कमजोर
हाम्रो संविधानमा मौलिक हकको व्यवस्था राम्रोसँग गरिएको छ। यो हामीले उल्लेख गर्नै पर्ने उत्कृष्ट विषय पनि हो। यो संविधानले महिला, दलित लगायत सिमान्तकृत वर्गको अधिकारलाई आरक्षण गरेर केही हदसम्म दबिएकाहरूलाई राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन कोसिस गरेको छ। तर यसमा भएका छिद्रलाई बढाएर मिचाहा प्रवृति पनि हाबी भएको हो कि भन्ने यदाकदा आभास हुने गरेको छ। हुन त संविधान यसलाई मान्नेको चरित्र र स्वार्थमा पनि भर पर्ने कुरा हो भनेर चित्त त बुझाउन सकिएला, तर अक्षरश: पालना गर्दै अघि बढ्ने हो भने पक्कै पनि यो संविधानले नेपाल र नेपालीको हित गर्छ नै।

संविधानमै २ वर्षभित्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन नपाइने व्यवस्था पनि गरेका छौँ। हामीले राजनीतिक स्थायित्वका लागि यो व्यवस्था गरे पनि अहिले नेपाली राजनीति कतै विकृत भएको त होइन, यस्ता खेलहरू कुनै न कुनै माध्यमबाट भइ पनि रहेका छन्। विगतमा अधिकार नै नभएको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई/दुई पटक संसद् विघटन गर्दा संविधान मिचिएको भनेर हामी नै सर्वोच्च अदालतमा गएका थियौँ। अदालतबाट संसद पुनर्स्थापना  भएपछि तत्कालीन अवस्थामा एमाले अध्यक्षसहितका नेताहरूले नेपाली कांग्रेसको नेतृत्वको सरकारलाई परमादेशको सरकार भनेर आरोप लगाउनु भएकै हो। तर अहिले कोशी प्रदेशमा त्यसैगरी सरकार बन्दा उहाँहरू चुप हुनुहुन्छ। यसबाट संविधान भनेको केही व्यक्ति र नेताहरूले आफू अनुकूल प्रयोग र व्याख्या गरेको रुपमा पनि आम मानिसले बुझ्ने गरेका छन्।   

त्यतिबेला एमाले अध्यक्ष ओलीले संविधानका प्रावधानलाई नकुल्चिएको भए अहिलेको राजनीतिक समीकरण नबन्न पनि सक्थ्यो। ओलीले संविधानविपरीत संसद् विघटन गरेपछि नै अहिलेको समीकरण बनेको हो र ओलीलाई सरकारबाट हटाइएको हो। त्यही नयाँ समीकरण बनेपछि संसद्को कार्यकाल पूर्णरुपमा ५ वर्ष चल्यो भने नयाँ चुनावबाट अहिले नयाँ सरकार बनेको छ।    

हामीले संविधान सभाबाट जारी गरेको संविधानले सबैको अधिकारको सुनिश्चितता गरेको छ। समावेशिता भन्ने कुरा नै त्यही हो। संविधानको प्रस्तावनामै वर्गीय, जातीय धार्मिक र लैंगिक विभेदको अन्त्य र समानताको कुरा गरेको छ। संविधानले कसैलाई कुनै पनि विभेद नहुने कुराको ग्यारेन्टी पनि गरेको छ। यसैगरी महिलाहरूलाई सम्मानपूर्वक बाँच्न पाउने र समानताको हकको पनि ग्यारेन्टी गरेको छ भने समान कामको लागि समान ज्यालाको कुरा पनि छ। तर समान कामको समान ज्याला भने अहिले पनि पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन, यो विडम्बना हो। त्यसैगरी महिलालाई राज्यको हरेक निकायमा ३३ प्रतिशत सहभागिताको सुनिश्चितता पनि यो संविधानले गरेको छ। तर अहिलेको निर्वाचन प्रणालीअनुसार राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षमा टिकट नदिने अनि समानुपातिकमा सीमित गर्ने परम्परा जस्तै बनेको छ भने  गठबन्धनको संस्कृतिका कारण फरक फरक राजनीतिक दलको उम्मेदवार हुँदा पुरुष पुरुषको प्रतिस्पर्धाका कारण पाउने पदमा पनि महिलाहरू बञ्चित हुन परेको छ। संविधानले राष्ट्रपति वा उपराष्ट्रपति, सभामुख वा उपसभामुख, स्थानीय तहका प्रमुख वा उपप्रमुखमध्ये एक जना महिला अनिवार्य गरेको भए पनि गठबन्धनको संस्कृति हाबी हुँदा निर्वाचित हुने हरेक जसो पदमा पुरुष नै आएका छन्। यो विषयमा थप बहस गरेर निर्वाचन आयोगले निर्वाचन कानुन बनाउँदै गर्दा महिलाहरूका लागि प्रत्यक्ष सिट नै आरक्षण गर्नुपर्ने कुरा आइरहेको छ यसका लागि हामीले थप पहल गर्नुपर्छ। 

महिला, बालबालिका, ज्येष्ठ नागरिक, किशोर किशोरीको कुरा संविधानमै उल्लेख भएको छ। संविधान कार्यान्वयन गर्ने भनेको सरकार र राजनीतिक दलहरूको जिम्मा हो। तर, आजको दिनसम्म पनि महिला हिंसाका घटनाहरू घट्नुको साटो दिनानुदिन बढ्दै गएका छन् भने पछाडि परेका वर्ग, तह र तप्काले अहिले पनि शिक्षामा समान पहुँच पाएका छैनन्। तराई मधेसमा दाइजोको कारण अहिले पनि महिला हिंसाका घटनाहरू भइरहेका छन्। त्यसैले महिलालाई पहुँचयोग्य बनाउनका लागि उच्च शिक्षा निःशुल्क गराउनु पर्छ। यस्तो गरियो भने मात्रै हामीले संविधानमा लेखेको कुराले सार्थकता पाउँछ। 

अहिलेको मुख्य समस्या भनेकै हामीले संविधान उत्कृष्ट लेख्यौं अनि बनायौं पनि, तर कार्यान्वयनको सवालमा हामी चुक्दै गएका छौं। तसर्थ, जनताको त्याग र तपस्याका साथै ७ दशक लामो संघर्षबाट बनेको संविधानको अक्षरशस् पालना गर्ने र पालना गर्ने सवालमा कतै अप्ठेरो पर्छ भने संशोधन गरेर सहज बनाउने कुरामा ध्यान दिन सकियो भने अहिलेको अवस्थामा समस्याका समाधानहरू आफै निस्कने पक्का छ। तसर्थ संविधानलाई कठोर भन्दा पनि परिवर्तनशील बनाएर यसको कार्यान्वयनमा लाग्नु नै संविधान दिवसको मूल उद्देश्य बन्नुपर्छ।

(पूर्व सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य हुन्।)

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
निकोलस भुसाललाई अस्पताल लगियो
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी
सम्बन्धित सामग्री
न बदलिएको समाज उज्यालो नेपालको कुरा नगरेको भनेर प्रश्न उठ्न सक्छ। यदि साँच्चै राजनीतिमा आउन चाहनुहुन्छ भने, आजै जिम्मेवारीबाट राजीनामा दिएर आउनुपर्... आइतबार, पुस १३, २०८२
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
राजतन्त्रको एजेन्डा केही स्वार्थ समूहको खेती मात्र : भट्टराई बुधबार, पुस १६, २०८२
सङ्घीय सरकारविरुद्ध मधेस सरकारले दिएको रिटमा आज पेसी बुधबार, पुस १६, २०८२
२४ घण्टापछि महेन्द्र राजमार्गमा यातायात सञ्चालन बुधबार, पुस १६, २०८२
हाम्रा मुद्दाले जनताको समर्थन पाएको छ, निकट भविष्यमै पार्टीबाट पनि अनुमोदन हुनेछ : भट्टराई बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
कांग्रेसको समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी (सूचीसहित) मंगलबार, पुस १५, २०८२
एलिजा गौतम आजपाबाट पहिलो नम्बरमा समानुपातिक सिफारिस मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्