• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बीपी १५ वर्ष प्रधानमन्त्री भएको भए?

64x64
नेपाल लाइभ सोमबार, भदौ २५, २०८०  २०:२०
1140x725

काठमाडौं- आधा शताब्दीअघि बीपी कोइराला र राजा महेन्द्रबीच भएको संवादलाई कांग्रेस महामन्त्री गगन थापाले सोमबार पार्टी केन्द्रीय कार्यालयमा स्मरण गरे।

प्रथम बीपी साहित्य महोत्सवको दोस्रो दिन बीपी र राजा महेन्द्रबीचको संवादलाई उद्धृत गर्दै थापाले भने, ‘बीपी कोइलालाले एउटा सन्दर्भ भन्नु भएको थियो–राजा महेन्द्र होइबक्सन्थ्यो र उहाँले मलाई सोधिबक्सियो, बीपी बाबु देश कसरी बदल्ने हो? मैले राजालाई भनेको थिएँ, म विराटनगरको एउटा मध्यम परिवारमा जन्मेको मान्छे हुँ। खान लगाउन पुगेको छ। १५ वर्ष मैले पाएको भए, प्रत्येक नेपाली परिवारलाई मेरो जस्तै खान लगाउन पाउने मध्यम वर्गको परिवार बनाउने थिएँ।’

यही सन्दर्भलाई जोड्दै थापाले 'बीपीले नपाएको १५ वर्ष' शीर्षकमा राजनीतिक विश्लेषक हरि शर्मालाई प्रश्न गरे। बीपीले १५ वर्ष पाएको भए के हुन्थ्यो?

बीपी कोइरालाको ११०औं जन्म जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बीपी साहित्यिक महोत्सवका क्रममा राजनीतिक विश्लेषक शर्माले सहज रुपमा जवाफ दिँदै भने,  ‘यो कल्पना गर्ने प्रश्न हो। बीपीले पाउनुभएन। पाउनुभएको भए के हुन्थ्यो? बीपीमा केही गरौं भन्ने हुटहुटी थियो। कार्यक्रम पनि थियो। त्यस कारण उहाँले १५ वर्ष होइन। १८ महिनामा काम गरेर देखाइदिनु भयो।’

उनले बीपी समयका उपज हुन् या उनले समयको निर्माण गरे? भन्ने विषयमा ठूलो दार्शनिक विवाद रहेको बताए। बीपी आफैं समयलाई पढ्न सक्ने महत्त्वपूर्ण व्यक्ति भएको बताउँदै बीपीमा आफूले दार्शनिक बढी राजनीतिज्ञ कम भेटेको टिप्पणी गरे। 

उनले बीपीलाई परिस्थितिलाई पढ्न सक्ने, त्यसलाई आफूले कसरी बुझ्ने र अरुलाई कसरी बुझाउने? भन्नेमा उनको बढी चिन्ता भएको व्यक्तिको रुपमा वर्णन गरे।

बीपी प्रथम विश्वयुद्धमा जन्मेको र दोस्रो विश्वयुद्ध देखेको व्यक्ति भएकाले उनी विश्वमा साइन्स, टेक्नोलोजी र एन्टिकोलोनी मुमेन्टबाट अछुतो नभएको बताए। 

पार्टी र क्रान्ति उनका लागि साध्य भएको उल्लेख गर्दै शर्माले बीपीलाई राजनीतिक मात्रै होइन, दार्शनिक रुपमा चर्चित गरे।

nimb
nimb
Ncell 2
Ncell 2

‘बीपी परिवर्तन र परिवेशलाई जोड्ने युगान्तकारी व्यक्ति हो। परिवर्तनका लागि बीपी चञ्चल हुनुहुन्थ्यो। उहाँलाई परिवर्तन चाँडो चाहिएको थियो। किन भने उहाँ पछाडि पर्न चाहनुहुन्थेन। विश्व समाजवादी आन्दोलनमा योगदान दिनसक्ने क्षमता थियो। विचारविहीन परिवर्तनले कुनै अर्थ राख्दैन भन्ने उहाँको सोचाइ थियो। हामी विचारलाई विचारको रुपमा हेर्छौं, व्यक्तिको रुपमा हेर्दैनौं।’

पञ्चवर्षीय योजनाको परिकल्पना

त्यसैगरी प्राध्यापक एवम् अर्थशास्त्री डा अच्युत वाग्लेले बीपीले दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पना गरेको बताए। उनले भने, ‘बीपीले दोस्रो पञ्चवर्षीय योजनाको परिकल्पना गर्नुभएको थियो। पहिलो पञ्चवर्षीय योजनाका लागि खर्च गर्न छुट्याएको बजेट २२ करोड थियो। दोस्रो पञ्चवर्षीय योजनाका लागि खर्च गर्न १ अर्ब  ९६ करोडको प्रोजेक्सन दिनुभयो।’ उनले दोस्रो पञ्चवर्षीय योजनाबाट विनियोजित बजेटको १६ प्रतिशत कृषि उत्पादन वृद्धिको प्रस्ताव अघि बढाएको बताए। 

उनले भने, ‘अघिल्लो पञ्चवर्षीय योजनाको तुलनामा झण्डै ९ गुणा बढीको बजेटको प्रोजेक्सन र विकास लागि भनेर १ अर्ब ५२ करोड पूँजीगत खर्च गर्छु भन्नुभयो। ती पनि उहाँका प्राथमिकता थिए।’ 

उनले पहिलो २२ करोडको खर्चमध्ये ८ करोड एकै वर्षमा खर्च भएको तथ्य उल्लेख गर्दै उनको पहिलो प्राथमिकता भूमिसुधार र सामन्तवादको अन्त्य गर्नु रहेको बताए। 

बीपीले भूमिसुधार ऐन ल्याएर समाजवादी अर्थतन्त्र, सम्पत्तिकाे अधिकार संगै निजी सम्पत्तिको विषयमा जोड दिएको बताए। 

संविधानविद् डा बिपिन अधिकारीले बीपीलाई पुनर्जागरणको प्रतीकको रुपमा चित्रण गरे। उनले भने,‘ बीपीलाई हामी पुनर्जागरणको प्रतीकको रुपमा लिन्छौं। विचारका हिसाबले पनि उनको हाउभाउ, उनको जीवन पद्धति, उनले बाँचेको जीवन र समाजका लागि गरेको योगदान पनि महत्त्वपूर्ण छ।’

अधिकारीले  बीपीले १५ वर्ष पाएको भए पद्म शमशेरको संविधान लागू गर्ने, २००७ सालको अन्तरिम विधान ऐन आउनेबित्तिकै प्रधान न्यायालय ऐन जारी गरेको, महिला सशक्तिकरणका लागि मस्यौदासमेत तयार भएर राजपत्रमा छापिएको तर लागू हुन नसकेको बताए। 

बीपीलाई भूमिसुधारको विषय लिएर राजनीति गर्ने एक नेताकाे रुपमा चित्रण गर्दै अधिकारीले उनीसंग भूमिसुधारको लागि एउटा प्रष्ट दृष्टिकोण रहेको उनले बताए। उनले भूमिसुधारका लागि तत्कालीन समयमा अमेरिकाबाट ल्यान्डजेस्की भन्ने कृषि विशषज्ञलाईसमेत नेपाल बोलाएको बताए। 

प्राध्यापक मञ्चला झाले बीपी कोइराला सिद्धान्त र व्यवहारमा एक भएको व्यक्ति टिप्पणी गरिन्। उनले भनिन्, ‘बीपीले प्रजातन्त्रवादी समाजवादको कुरा अंगिकार गरे। त्यसलाई व्यवहारमा चरितार्थ गर्नका लागि भगमग्धुर कोशिस गरेको देखेँ। १८ महिनाको अवधिमा बीपी कोइरालाले जति काम गर्नुभयो, नेपालको इतिहासमा त्यति काम गरेको व्यक्ति मैले पाएको छैन।’ 

बीपीले निरंकुश राजतन्त्र र जहाँनिया राणा शासनको समयमै एक वर्षमा १६ सय विद्यालय स्थापना गरेको उल्लेख गर्दै अहिले २० वर्षमा एउटा राष्ट्रिय गौरवको आयोजनालाई सम्पन्न गर्न नसकिएको दृष्टान्त व्यक्त गरिन्। 

‘हामीसँग राष्ट्रिय गौरवका आयोजनामा अर्बौंको पूँजी र लगानी भएको छ। हामी विदेशी ऋणमा डुबिसकेका छौं। तर बीपीको त्यो काम गर्ने हुटहुटीलाई अंगिकार गर्न सकिरहेका छैनौं,’ उनले भनिन्, ‘बीपीले त्यो १५ वर्ष पाएको भए लाखौंको संख्यामा युवाहरू विदेश जानुपर्ने थिएन।’ 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा
सम्बन्धित सामग्री
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
देशको राजनीति र सरकार गलत ट्र्याकमा अघि बढिरहेको छ : पुष्पकमल दाहाल  ‘प्रचण्ड आइतबार बिहान वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका संशय र प्रश्नहरू रहेकोले समर्थन गर्न नसकिने बताएका... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी आइतबार, जेठ ३, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा आइतबार, जेठ ३, २०८३
नुवाकोटमा दाजुभाई हत्या प्रकरण : मुख्य कारण कुलोको विवाद आइतबार, जेठ ३, २०८३
कंगोमा इबोला भाइरसका कारण ८० जनाको मृत्यु, डब्लुएचओले घोषणा गर्‍यो विश्व स्वास्थ्य संकटकाल आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्