• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
टिप्पणी

माधव नेपाल निर्दोष : स्वयं फैसलाको ओलीपथमा प्रचण्ड

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०८०  १५:०९
1140x725

काठमाडौं- समाजवादी मोर्चाले शुक्रबार पोखरामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘माधवजी यहाँ हुनुहुन्छ, उहाँको बारेमा पनि धेरै प्रश्नहरू के हो कसो हो, के हो कसो हो बनिराख्यो। र पहिलोचोटि अहिले उहाँ निर्दोष हो भन्ने साबित भयो। औपचारिक ढंगले साबित भयो। अब फेरि प्रश्न उठाउने ठाउँ रहेन। किनभने सीआईबीले अन्तत: उहाँको पनि कुरा के हो भनेर बयान त लियो। बयान लिएर निर्दोष साबित गरेर मुद्दा चलाउन नपर्ने भनेर लिखित रूपमा दिएपछि सधैंको टेन्सन (अन्त्य भएको छ)।’

ललिता निवासको सरकारी जग्गालाई व्यक्तिको नाममा पुग्ने गरी विभिन्न प्रधानमन्त्रीका पालामा महत्त्वपूर्ण निर्णयहरू भएका थिए। त्यसमा जोडिन्छन्, पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई। उनीहरूमाथि पनि अनुसन्धान हुनुपर्ने सार्वजनिक माग उठेको भए पनि सरकारले आलटाल गरिरहेको थियो। तर, सर्वोच्च अदालतले साउन २१ गते मन्त्रिपरिषद्का नीतिगत निर्णयमा पनि अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले नेपाल र भट्टराईको निवासमै गएर सो प्रकरणबारे बयान लिएको थियो। उसले भदौ ५ मै रायसहित जिल्ला सरकारी वकिलको कार्यालयलाई फाइल बुझाइयो। २३८ विरुद्ध मुद्दा चलाउने राय दिइएकोमा नेपाल र भट्टराईलाई भने सरकारी साक्षीको रुपमा मात्रै राखेर उन्मुक्ति दिइएको थियो।

प्रदेशस्तरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभा भनिए पनि सारमा प्रशंसा सभा चलिरहेको छ। अर्को नेताले गरेको प्रशंसा सुन्दा सम्बन्धित व्यक्तिलाई स्वयं लाज लाग्दो हो। यसै अन्तर्गत प्रधानमन्त्री प्रचण्डले माधव नेपाललाई निर्दोष बताएका हुन्। कतिसम्म भने, ललिता निवास प्रकरणमा माधव नेपाल जोडिँदा उनलाई मात्रै होइन, आफूलाई पनि टेन्सन हुने गरेको बवताए। थपे, ‘केपी ओली प्रधानमन्त्री हुँदा पनि मलाई यसबारे टेन्सन थियो। किनभने माधव नेपाल र हामी त एकै मोर्चामा थियौं।’

माधव नेपाल निर्दोष नै हुनसक्लान्। तर, राजनीतिक नेताप्रति सरकारी संयन्त्रको व्यवहार कस्तो हुन्छ भन्ने छिपेको छैन। त्यसैले यो प्रक्रियामा प्रधानमन्त्रीद्वयमाथि गहिरोगरी अनुसन्धान भएन कि भन्ने आशंका व्याप्त छ। जबसम्म आम मान्छेले निष्पक्ष छानबिन भयो भन्ने विश्वास गर्दैनन्, तबसम्म सरकारी संयन्त्रले गरेको भनिएको अनुसन्धान प्राविधिक विषय मात्रै हो। कम्तीमा नेताहरूको हकमा आम मानिसको विश्वास महत्त्वपूर्ण हो।

त्यहीमाथि यो अनुसन्धान र सीआईबीको निष्कर्षमा बालुवाटारमा गठबन्धनका दलहरूले तय गरेको साझा धारणा बिर्सन सकिँदैन। साउन २९ गते सर्वोच्च अदालतले न्यायिक सक्रियता देखाएको भन्दै असन्तुष्टि जनाउँदै आफूहरूको पोजिसन प्रष्ट पारेका थिए र सम्भवतः सम्बद्ध निकायलाई सन्देश पनि दिएका थिए। जब बालुवाटारबाटै एउटा प्रकरणलाई लिएर निश्चित धारणा सार्वजनिक भइसक्छ, तब बाँकी घटनाक्रम त्यो धारणा विपरीत अघि बढ्ला भनेर कसले विश्वास गर्ला र?

nimb
nimb
Ncell 2
Ncell 2

सत्ताको नेतृत्वमा पुगेपछि बाँकी सबै विषय आफ्नो तजबिजमा चल्छ भन्ने भ्रम सबै जसो प्रधानमन्त्रीलाई हुँदै आएको छ। सम्भवतः न्याय-अन्याय, दोषी-निर्दोषी छुट्याउने रहर त्यसै कारण पलाउँछ। यो प्रचण्डमा मात्रै देखिएको लक्षण होइन, यसअघिका मुखर प्रधानमन्त्री केपी ओलीमा झन् बढी थियो। प्रचण्डको पछिल्लो अभिव्यक्ति ओलीपथकै यात्रा हो।

ललिता निवास प्रकरणमै नाम जोडिएका एमाले नेता विष्णु पौडेलका विषयमा सार्वजनिक प्रश्न उठेपछि उनले सार्वजनिक रुपमै बचाउ गरे। २०७६ माघ २१ गते सम्पादकहरुसँग अन्तरक्रिया कार्यक्रममा उनले आफूले पनि घडेरी खोज्दै हिँडेको तर धन्न बालुवाटारमा किनिनछु भन्दै त्यत्रो जग्गा प्रकरणलाई स्वाभाविक बनाउने प्रयन्त गरे। उनको सो अभिव्यक्तिमा पौडेलले बालुवाटारमा प्राप्त गर्नु र आफूले बालकोटमा किन्नु उस्तै हो भन्ने स्थापित गर्ने उद्देश्य देखिन्थ्यो।

त्यस्तै, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटा जोडिए। एउटा अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिए। तर ओलीले गोकुलको प्रतिरक्षा गर्दै कुनै अनाडीले अनधिकृत ढंगले अडिओ सार्वजनिक गरेको बताए।

वाइडबडी जहाज खरिद प्रकरणमा भएको अनियमिततामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रवीन्द्र अधिकारी जोडिए। पदमै रहँदा उनको निधन भएपछि ओलीले उनीमाथि अनुचित ढंगले आरोप लगाइएको र उनी निर्दोष भएको ठोकुवा गरिदिएका थिए।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १५:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्