काठमाडौं – भारतीय क्रिकेटर विराट कोहलीले एक दिवसीय क्रिकेटमा महान क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । उनले २८७ इनिङ्समा १४ हजार रन पूरा गरेका हुन् । यसअघि सचिनले ३५० इनिङ्समा १४ हजार रन पूरा गरेका थिए ।
आइतबार भएको च्याम्पियन्स ट्रफीको खेलमा २४२ रनको लक्ष्य पछ्याएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । कोहलीले पाकिस्तानसँगको खेलमा १११ बलमा ७ चौकासहित शतक पूरा गर्दै अविजित पारी खेलेका हुन् ।
उनले सबैभन्दा कम इनिङ्समा १४ हजार रन पूरा गर्ने सचिनको रेकर्ड तोड्दै कीर्तिमानी बनाएका हुन् । उनले करिअरको ५१ औं एकदिवसीय शतक पूरा गरेका हुन् । कोहली एकदिवसीय क्रिकेटका १४ हजार रन पूरा गर्ने तेस्रो खेलाडी बनेका छन् । यसअघि भारतका सचिन तेन्दुलकर र श्रीलंकाका कुमार संगाकाराले एकदिवसीय क्रिकेटमा १४ हजार रन पूरा गरेका थिए । एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमानी पनि कोहलीकै नाममा रहेको छ । पाकिस्तारविरुद्धको शतक उनको अन्तराष्ट्रिय क्रिकेट करियरको ८२औँ शतक हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।