• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ १७, २०८२ Sat, Jan 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

बंगलादेशमा वर्षेनि २५ हजार आईटी स्नातकहरू उत्पादन, नेपालमा ९ हजार

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०८०  ११:३७
1140x725

ढाका- बंगलादेशी शिक्षण संस्थाहरूबाट हरेक वर्ष सूचना प्रविधि (आईटी) अध्ययन गरेका २५ हजार स्नातकहरू उत्पादन हुने गरेका छन्। ढाकास्थित नेपाली राजदूतावासले सूचना प्रविधिको क्षेत्रमा नेपाल तथा बङ्गलादेशबीच सहयोग अभिवृद्धि गर्ने उद्देश्यले गत बिहीबार आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै त्यहाँका एक उद्यमीले उक्त जानकारी गराएका हुन्।

बंगलादेश एसोसिएसन अफ सफ्टवेयर एण्ड इन्फरमेसन सर्भिसेज (बेसीस) का अध्यक्ष रसेल टी अहमदले बंगलादेश सरकारले सन् २००९ मा 'डिजिटल बंगलादेश’ अभियान घोषणा गर्दा बंगलादेशले सूचना तथा संचार प्रविधिमा आधारित सेवा निर्यात गरी  झन्डै तीन करोड डलर आम्दानी गरेको बताए। अहिले त्यस्तो आम्दानी वार्षिक एक अर्ब पचास करोड डलर पुगेको जानकारी उनले दिए।  उनले बंगलादेशी शिक्षण संस्थाहरूबाट उत्पादित स्नातकहरूलाई थप प्रशिक्षण र कार्य अनुभव आवश्यक रहेको बताए।  'हामी एउटै डुंगामा छौं। त्यसैले नेपाल र बंगलादेशबीच प्रतिस्पर्द्धा हैन, सहयोग आदानप्रदान हुनु पर्दछ,' उनले भने। 

बेलायतमा मुख्यालय रहेको कम्पनी, जेनेस सलुसनका संस्थापक तथा मुख्य प्राविधिक अधिकृत अञ्जली फुयालले नेपालमा सूचना प्रविधि अध्ययन गरेका वर्षेनि ९ हजार स्नातकहरू उत्पादन भैरहेको बताए। उनले सूचना प्रविधि क्षेत्रले नेपालको कूल गार्हस्थ्य उत्पादनमा १.४ प्रतिशत तथा कूल वैदेशिक मुद्रा संचितिमा ५.५ प्रतिशत योगदान गरेको बताए। सन् २०२० मा नेपालको सूचना प्रविधि क्षेत्रले ३० करोड डलर भन्दा बढी आम्दानी गरेकोमा दुई वर्षमै त्यस्तो आम्दानी बढेर ५१ करोड डलर नाघेको अनुमान गरिएको उनकाे भनाइ थियाे। नेपाल तथा बंगालदेशबीच डिजिटल पूर्वाधार, ई-गभर्नेन्स, स्वास्थ्य, शिक्षा तथा साइबर सेक्युरिटी लगायतका क्षेत्रमा अनुसन्धान तथा सहकार्य अगाडि बढाउने सम्भावना रहेको उनले बताए। 

कार्यक्रमका सहभागीहरूलाई स्वागत गर्दै बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले नेपाल र बङ्गलादेश दुवैले सूचना प्रविधिको विकासमा जोड दिँदै आएको र दुई मुलुकबीच आपसी सहयोग अभिवृद्धि गर्न पर्याप्त सम्भावना रहेको बताए। उनले  बंगलादेशी कम्पनी पठाओले नेपालमा र जेनेस सलुसन जस्ता कम्पनीहरूले बङ्गलादेशमा आफ्नो कार्यक्षेत्र विस्तार गरेको बताए। सूचना प्रविधिको विकासका लागि शिक्षा, तालिम तथा पूर्वाधारको विकास गर्नुपर्नेमा पनि उनले जोड दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा बंगलादेश सरकारको सूचना विभागका सचिव मोहम्मद शम्शुल आरेफिनले नेपाल र बंगलादेशबीच सूचना प्रविधिको क्षेत्रमा सहयोग विस्तार गर्न अपूर्व मौका आएको बताए। उनले नेपालमा मौलाउँदो सूचना प्रविधि क्षेत्र र बंगलादेशमा जारी नव प्रवर्तनका प्रयासहरूले त्यस्तो सहयोगको आधारभूमि तयार गरेको बताए।ज्ञान आदानप्रदान गर्न र साझेदारीका नयाँ क्षेत्रहरूको पहिचान गर्न पनि आग्रह गरे।

Ncell 2
Ncell 2

संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिलकुमार दत्तले नेपाल सरकारले आफ्ना अधिकांश सेवाहरू अनलाइनमार्फत् उपलब्ध गराइरहेको बताए। उनले सूचना प्रविधि तथा साइबर सेक्युरिटीसम्बन्धी नयाँ विधेयक ल्याउन सरकारले काम गरिरहेको बताए।  सहसचिव दत्तले सूचना प्रविधिको क्षेत्रमा बंगलादेश सरकारसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको पनि भनाइ राखे।

नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेज कम्पनीज (नास आईटी) का महासचिव निर्देश द्वाले अन्तरराष्ट्रिय बजारमा नेपाली कम्पनीहरूको पहिचान र पहुँच बढ्दै गएको बताए।  उनले नेपालले बंगलादेशका ‘हाइटेक पार्क’हरूबाट सिक्न सक्ने र दुवै देशका निजी एवं प्राज्ञिक क्षेत्रबीच सहयोग आदानप्रदानलाई प्रोत्साहन गर्नु पर्ने बताए। 

नास आईटी तथा जेनेस सलुसनसँगको सहकार्यमा ढाकास्थित नेपाली दूतावासले उक्त कार्यक्रमको आयोजना गरेको थियो।

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री
सम्बन्धित सामग्री
श्रम सम्झौता भएका देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध गराैँ : सञ्चारमन्त्री उनले भने,‘नेपालसँग श्रम सम्झौता भएका सबै देशहरूमा अनिवार्य रूपमा हुलाकको प्रबन्ध हुनुपर्‍यो । जहाँ जहाँ नेपाली डायस्पोरा छ। ती ती दे... मंगलबार, भदौ १७, २०८२
सूचनाको हकको सहज उपयोगका लागि डिजिटल प्लेटफर्म सार्वजनिक आयोगले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सूचनाको हकको सहज उपयोगका साथै सार्वजनिक निकायमा भएका काम कारवाहीका सूचनालाई डिजिटल प... बिहीबार, साउन १, २०८२
देशभर सामान्यतया बदली, पूर्वी तथा मध्य नेपालका केहि क्षेत्रमा वर्षाको सम्भावना महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बा... मंगलबार, असार १७, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो शुक्रबार, माघ १६, २०८२
नेता, कार्यकर्ता र मतदातासँग भेटघाट गरी सर्लाहीबाट काठमाडौँ फर्किए गगन थापा शुक्रबार, माघ १६, २०८२
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री शुक्रबार, माघ १६, २०८२
सिराहामा गोली प्रहार गरी एक जनाको हत्या, थप विवरण आउन बाँकी शुक्रबार, माघ १६, २०८२
शेरबहादुर देउवासँग निरन्तर संवादमा छु : गगन थापा शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ बिहीबार, माघ १५, २०८२
पूर्व प्रधानमन्त्री माधव नेपाल अस्पताल भर्ना बिहीबार, माघ १५, २०८२
नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय बिहीबार, माघ १५, २०८२
आज एकै दिन २० हजार ५०० सयले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? शुक्रबार, माघ १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्