• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकार सधैं लाचार ! 

अनुसा थापा आइतबार, भदौ १७, २०८०  ०७:४५
1140x725

पछिल्लो केही समययता महँगी ह्वात्तै बढेको छ। हरेक सामानको मूल्यवृद्धि भएको छ। सर्वसाधारणलाई बिहान-बेलुका चुल्हो बाल्न पनि धौधौ परेको छ। यस्ता जटिल अवस्थामा घरधनीहरूले कोठाबहाल बढाउँदा सर्वसाधारण मर्कामा परेका छन्। कोठाभाडालाई लिएर अहिले अधिकांश गुनासो गरिरहेको भेटिन्छन्। एउटै कोठामा दुई हजार रुपैयाँसम्म बढाइएको छ। 

त्यस्तै, १० हजार रुपैयाँ भाडामा लिएर फ्ल्याटमा बसेकाहरू पनि समस्यामा परेका छन्। एकैचोटी दुईदेखि तीन हजार रुपैयाँसम्म बढाइएको छ। अहिले बजारमा व्यापक आर्थिक मन्दी छ। पसलेहरूलाई आम्दानी नभएको चिन्ताले पिरोलिरहेको बेला घरधनीहरू भाडा बढाउनतिर लागिपरेका छन्। एकातिर दिनभर पसलमा आएर झिँगा धपाउनुबाहेक काम छैन, अर्कोतिर घरधनी भाडा बढाउँछन्। 

विगतदेखि नै बहालमा बस्नेहरूमाथि घरधनीले हेपाहा प्रवृत्ति देखाउँदै आएका छन्। भाडा लिन्छन् तर सेवासुविधा केही छैन। फोहोर, बत्ती, पानीको तिर्नुपर्नेभन्दा दोब्बर तिरिएको हुन्छ। विडम्बना, कतिपयले कोठाबहालमा बसेदेखि आजसम्म धाराबाट पानी चुहिएको देखेका छैनन् होला। किनेरै प्रयोग गर्नुपर्ने बाध्यता छ। फोहोरको पैसा पनि सबै बहालवालासँग उठाउँछन् घरधनी। 

सेवासुविधा दिनेतिर घरधनीको चासो हुँदैन, भाडा बढाउनतिर मात्र हुन्छ। कोठाबहालमा बस्नेका निम्ति नीतिकानुन नहुँदा उनीहरू मर्कामा पर्दै आएका छन्। घरधनीले मनलागेको बेलामा भाडा बढाउने, कोठाबाट निकाल्नेलगायतका अमानवीय काम गर्छन्। तर, आफूले सेवासुविधा दिएको छु कि छैन्? यो चाहिँ मतलब छैन। कोठाबहालमा बस्नेहरूलाई धेरै समस्यामा छ। तर, कसले देख्ने? 

लुगा सुकाउने ठाउँ नै हुँदैन। कुचुक्क परेको ठाउँमा घर बनाएको हुन्छ। न लुगा सुकाउने ठाँउ हुन्छ न बालबालिका, वृद्धवृद्धा घाम ताप्ने। छतमा त जानै दिइँदैन। महिना सकिनुअगावै भाडा माग्न आउने धरधनीहरू पैसा लिन्छन्, बिल दिँदैनन्। सरकारले पैसा तिरेपछि बिल लिनु भन्छ तर, दिनुपर्नेले दिँदैनन्। बिरामी, एकल महिला, विद्यार्थी, मजदुरी गरेर खाने, बालबच्चा भएकाहरूलाई कोठा पाउन महाभारत छ। 

सरकारी जागिरे, व्यापारीबाहेक अरुलाई त कोठा दिनै मान्दैनन्, घरधनी। तर, यहाँ सरकारी जागिरेभन्दा मजदुरी गरेर खाने धेरै छन्। सानो परिवार घरधनीको ‘क्राइटेरिया’ भित्र पर्छ। बालबच्चा भएकाले त कोठा नै पाउँदैनन्। कोठाबहालमा बस्नेले सामान पनि ल्याएको हुँदैन, तीन महिनाको अग्रिम भाडा बुझाउनुपर्छ। मागेजति भाडा तिर्ने सहमति नजनाएसम्म बहालमा दिइँदैन। 

बरु, खाली खाने चल्ती छ हामीकहाँ। घरधनीले बोल्यो कि सकियो। उनीहरूले जिब्रोले जति भन्छ, त्यति भाडा तिर्नैपर्छ। नत्र कोठा पाउने आश नगर्दासमेत हुन्छ। एउटा चिसो, अध्याँरो, खाट नअट्ने कोठाको लागि यत्रो पापड पेल्नुपर्छ। महँगो भाडा तिरेर दिनभर बत्ती बाल्नुपर्ने कोठा पाइन्छ। कोठाबहालमा बस्नेलाई घरधनीले हेप्न पाउनुको कारण सरकार हो। सरकार शहर केन्द्रित हुँदा यो अवस्था सिर्जना भएको छ। 

काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा मात्रै विकास भएको छ। गाउँगाउँमा त आज पनि बत्ती पुगेको छैन्। कतिपय जिल्लामा बाटो पुगेको छैन्। अस्पताल, स्कुल छैन्। अनि गाउँमा बसेर के गर्ने ? बिरामी मर्नै आँटिसकेको हुन्छ, अस्पताल ल्याउनै एकदिनको लाग्छ। स्कुल जान घण्टौं हिँड्नुपर्छ। सानो काम गर्न पनि सदरमुकाम आइपुग्नुपर्ने बाध्यता छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँगाउँमा सिंहदरबार’ भनेर सरकारले ठूल्ठूला नारा लगायो। गाउँमा कुनै सरकारी कार्यालय नै छैन, के–को सिंहदरबार? गाउँगाउँमा सरकारी कार्यालय पुर्‍याए पो विकास हुन्छ। कार्यालय सबै सदरमुकाममा छ। गाउँका जनता त अझै पनि काम लिएर घण्टौंको बाटो हिँड्नुपर्छ। सरकारले गाउँमा बस्नेलाई जनता नसोच्दा बहालमा बस्नेको संख्या बढेको हो। 

पढ्नका लागि काठमाडौं वा जिल्लाको सदरमुकाम आउँछन्, विद्यार्थीहरू। त्यहाँ कोठा लिएरै बस्नुपर्‍यो। उपचारका लागि टाढाटाढाबाट राजधानी आएर कोठा लिएर बसेका छन्। राजधानी गएर मजदुरी गरेर खान्छु भनेर गाउँ छोडेकाहरू पनि कोठा बहालमा लिएर गुजारा गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारलगायतका सेवासुविधा यही छ। त्यही भएर पनि काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा कोठा पाउनमै मुश्किल हुन्छ। 

सरकारले गरेको भेदभावको बयान गरिसाध्य छैन। काठमाडौं उपत्यकामा बस्नेलाई कति सुविधा छ। ढोकैसम्म सरकारले पिच गरिदिएको छ। घरबाट निस्किनेबित्तिकै गाडी लागिहाल्छ। गाउँमा त सरकारले एउटा झोलुङ्गे पुलसमेत बनाउन सकेको छैन्। तुइनबाट खोला तर्नुपर्ने बाध्यता छ। पुलसमेत नभएको ठाउँमा को बस्छ भन्छन्, झोलाझाम्टा बोकेर राजधानी आउँछन्। 

अहिले गाउँ रित्तिनुको कारण यही त हो। श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा, श्रीमती बालबच्चा बोकेर राजधानीमा। विदेश नगएका पनि काठमाडौं आएर बसेका छन्। सबै कोठाबहालमा बस्ने भए, अनि घरबेटीले जति नै हेपे पनि सहनैपर्‍यो। चुइक्क आवाज निकाल्यो कि कोठा सरेर जा भनिहाल्छन्। फेरि कोठा खोज, सामान सार कम्ता दुःख छैन। महिनैपिच्छे भाडा बढाए पनि तिर्नुपरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनसंख्याको ८० प्रतिशत भाडामा बस्छन्। भाडामा बस्नेमा राजनीतिक दलदेखि लिएर सरकारी कर्मचारी, व्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकारलगायत सबै छन्। उनीहरूलाई घरधनीको आनीबानी राम्रोसँग थाहा हुन्छ। तर, आवाज उठाउन चाँहदैनन्? भाडामा बस्नेका लागि सरकारले कुनै कानुन बनाएकै छैन। घरधनी मात्र जनता हुन् जस्तो गरिरहेको छ सरकार। 

यहाँ नभए गाउँमा त आफ्नो घर छ, खेतबारी छ। तर, घरधनीले सुकुम्बासीजस्तो व्यवहार गर्छन्। सित्तैमा राखेजस्तो गर्छन्। कोठाबहाल, फल्याट र सटरको भाडा तोक्नुपर्ने जिम्मा त सरकारको हो। कुन घर बस्नका लागि प्रयोग गर्ने? कुन व्यापारिक प्रयोजन र कार्यालयका लागि? सरकारले अहिलेसम्म वर्गीकरण गरिदिएको छैन। तल्लो फ्ल्याट कोठामा बस्नेलाई दिइएको हुन्छ, माथिल्लो फल्याटमा अफिस सञ्चालन गरिएको हुन्छ। 

निजी सम्पत्ति भनेर सरकारले छाडा छोडेको अवस्था छ। कोठाबहालमा बस्नेले भाडा तिरेका छन्। तर, घरधनीले घरबहाल कर तिरेका छन् त? घरबहाल कर छल्ने कार्यले व्यापकता पाएको छ। सबै कोठा भाडामा लगाइएको हुन्छ तर घर खाली छ भनेर कर नै तिर्दैनन्। एउटा घर भाडामा लगाएर घरधनीले ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म कमाउँछन्। 

तर, राज्यलाई कर तिर्दैनन्। राज्य हिजो पनि चिल्लै थियो, आज पनि चिल्लै छ। घरधनीले यसरी भाडा बढाएको बढ्यै गर्छन्, कहाँबाट ल्याएर तिर्ने ? वर्षौंदेखि उति नै तलबमा काम गर्नेहरू यहाँ छन्। सरकार न्यूनतम तलब तोक्छ तर, रोजगारदाताले दिन मान्दैनन्। अहिले पनि पाँचदेखि १० हजारमा महिनाभरि काम गर्नेहरू छन्। सरकार ‘एक्सन’ मा उत्रिन नसक्ने अनि गरिब जनताचाँहि सडकमा सुत्ने ? 

कोठा भाडा तिर्न नसकेपछि अन्तिम विकल्प त्यही नै रह्यो। महँगीले जनताको ढाड सेकिएको छ, सरकारलाई मतलब छैन। बिहानबेलुका छाक टार्न मुश्किल भइरहेको बेलामा कोठाभाडा बढाइन्छ। आम्दानी भए त ठिकै थियो, कामधन्दा छैन। तैपनि घरधनीले बुझ पचाएका छन्। बेरोजगारी दिनहुँ बढिरहेको छ। महिनौंदेखि तलब नपाएको गुनासो अहिले व्यापक माग्छ। 

अब त गुजारा गर्न नै सास्ती भइसकेको छ। जहाँ पनि पैसाकै कुरा आउँछ तर, दिनेले नै दिँदैनन् के गर्नु? काम गरेको ठाउँमा तलब माग्यो, साहु आज र भोलि भन्छन्। कामदारहरूको समस्या कसले बुझिदिने? जनतालाई सरकार छ भन्ने महसुश हुन सकेन्। सरकार लाचार हुँदाको परिणाम निमुखाहरूले भोगिरहेका छन्। ‘ठूलालाई चैन, सानालाई ऐन’ प्रवृत्ति रोकियोस्। 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ?
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने
सम्बन्धित सामग्री
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो दशैं र विजयादशमीमा पनि फरक छ। पहिले त हामी दशैं मान्थ्यौं। पछिपछि आएर दशैंलाई विजयादशमी भन्न थालियो। पहिलो त दशैं नेपालीहरुको चाड हो... बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बिरामी र नर्सबीच एक किसिमको आत्मीयता जोडिएको हुन्छ। जब बिनिताले ती बिरामी हजुरबुबाको मृत्युको खबर सुनिन्, उनी निकै दुःखी भइन्। बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मोसन सिकनेस हवाईजहाज, पानीजहाज, बस, कार वा अन्य चलायमान साधनमा यात्रा गर्दा हुन सक्छ। केही मानिसलाई सामान्य गतिमा पनि समस्या हुन्छ भ... मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
जीवनशैली छालालाई तन्नेरी राख्न के खाने , के नखाने ? बिहीबार, कात्तिक १२, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर: कतिमा हुन्छ खरिद बिक्री ? बिहीबार, कात्तिक १२, २०८३
एनपीएल : आज जनकपुर–काठमाडौं र कर्णाली–विराटनगर भिड्दै बिहीबार, कात्तिक १२, २०८३
कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने बिहीबार, कात्तिक १२, २०८३
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्