• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सरकार सधैं लाचार ! 

अनुसा थापा आइतबार, भदौ १७, २०८०  ०७:४५
1140x725

पछिल्लो केही समययता महँगी ह्वात्तै बढेको छ। हरेक सामानको मूल्यवृद्धि भएको छ। सर्वसाधारणलाई बिहान-बेलुका चुल्हो बाल्न पनि धौधौ परेको छ। यस्ता जटिल अवस्थामा घरधनीहरूले कोठाबहाल बढाउँदा सर्वसाधारण मर्कामा परेका छन्। कोठाभाडालाई लिएर अहिले अधिकांश गुनासो गरिरहेको भेटिन्छन्। एउटै कोठामा दुई हजार रुपैयाँसम्म बढाइएको छ। 

त्यस्तै, १० हजार रुपैयाँ भाडामा लिएर फ्ल्याटमा बसेकाहरू पनि समस्यामा परेका छन्। एकैचोटी दुईदेखि तीन हजार रुपैयाँसम्म बढाइएको छ। अहिले बजारमा व्यापक आर्थिक मन्दी छ। पसलेहरूलाई आम्दानी नभएको चिन्ताले पिरोलिरहेको बेला घरधनीहरू भाडा बढाउनतिर लागिपरेका छन्। एकातिर दिनभर पसलमा आएर झिँगा धपाउनुबाहेक काम छैन, अर्कोतिर घरधनी भाडा बढाउँछन्। 

विगतदेखि नै बहालमा बस्नेहरूमाथि घरधनीले हेपाहा प्रवृत्ति देखाउँदै आएका छन्। भाडा लिन्छन् तर सेवासुविधा केही छैन। फोहोर, बत्ती, पानीको तिर्नुपर्नेभन्दा दोब्बर तिरिएको हुन्छ। विडम्बना, कतिपयले कोठाबहालमा बसेदेखि आजसम्म धाराबाट पानी चुहिएको देखेका छैनन् होला। किनेरै प्रयोग गर्नुपर्ने बाध्यता छ। फोहोरको पैसा पनि सबै बहालवालासँग उठाउँछन् घरधनी। 

सेवासुविधा दिनेतिर घरधनीको चासो हुँदैन, भाडा बढाउनतिर मात्र हुन्छ। कोठाबहालमा बस्नेका निम्ति नीतिकानुन नहुँदा उनीहरू मर्कामा पर्दै आएका छन्। घरधनीले मनलागेको बेलामा भाडा बढाउने, कोठाबाट निकाल्नेलगायतका अमानवीय काम गर्छन्। तर, आफूले सेवासुविधा दिएको छु कि छैन्? यो चाहिँ मतलब छैन। कोठाबहालमा बस्नेहरूलाई धेरै समस्यामा छ। तर, कसले देख्ने? 

लुगा सुकाउने ठाउँ नै हुँदैन। कुचुक्क परेको ठाउँमा घर बनाएको हुन्छ। न लुगा सुकाउने ठाँउ हुन्छ न बालबालिका, वृद्धवृद्धा घाम ताप्ने। छतमा त जानै दिइँदैन। महिना सकिनुअगावै भाडा माग्न आउने धरधनीहरू पैसा लिन्छन्, बिल दिँदैनन्। सरकारले पैसा तिरेपछि बिल लिनु भन्छ तर, दिनुपर्नेले दिँदैनन्। बिरामी, एकल महिला, विद्यार्थी, मजदुरी गरेर खाने, बालबच्चा भएकाहरूलाई कोठा पाउन महाभारत छ। 

सरकारी जागिरे, व्यापारीबाहेक अरुलाई त कोठा दिनै मान्दैनन्, घरधनी। तर, यहाँ सरकारी जागिरेभन्दा मजदुरी गरेर खाने धेरै छन्। सानो परिवार घरधनीको ‘क्राइटेरिया’ भित्र पर्छ। बालबच्चा भएकाले त कोठा नै पाउँदैनन्। कोठाबहालमा बस्नेले सामान पनि ल्याएको हुँदैन, तीन महिनाको अग्रिम भाडा बुझाउनुपर्छ। मागेजति भाडा तिर्ने सहमति नजनाएसम्म बहालमा दिइँदैन। 

बरु, खाली खाने चल्ती छ हामीकहाँ। घरधनीले बोल्यो कि सकियो। उनीहरूले जिब्रोले जति भन्छ, त्यति भाडा तिर्नैपर्छ। नत्र कोठा पाउने आश नगर्दासमेत हुन्छ। एउटा चिसो, अध्याँरो, खाट नअट्ने कोठाको लागि यत्रो पापड पेल्नुपर्छ। महँगो भाडा तिरेर दिनभर बत्ती बाल्नुपर्ने कोठा पाइन्छ। कोठाबहालमा बस्नेलाई घरधनीले हेप्न पाउनुको कारण सरकार हो। सरकार शहर केन्द्रित हुँदा यो अवस्था सिर्जना भएको छ। 

काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा मात्रै विकास भएको छ। गाउँगाउँमा त आज पनि बत्ती पुगेको छैन्। कतिपय जिल्लामा बाटो पुगेको छैन्। अस्पताल, स्कुल छैन्। अनि गाउँमा बसेर के गर्ने ? बिरामी मर्नै आँटिसकेको हुन्छ, अस्पताल ल्याउनै एकदिनको लाग्छ। स्कुल जान घण्टौं हिँड्नुपर्छ। सानो काम गर्न पनि सदरमुकाम आइपुग्नुपर्ने बाध्यता छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘गाउँगाउँमा सिंहदरबार’ भनेर सरकारले ठूल्ठूला नारा लगायो। गाउँमा कुनै सरकारी कार्यालय नै छैन, के–को सिंहदरबार? गाउँगाउँमा सरकारी कार्यालय पुर्‍याए पो विकास हुन्छ। कार्यालय सबै सदरमुकाममा छ। गाउँका जनता त अझै पनि काम लिएर घण्टौंको बाटो हिँड्नुपर्छ। सरकारले गाउँमा बस्नेलाई जनता नसोच्दा बहालमा बस्नेको संख्या बढेको हो। 

पढ्नका लागि काठमाडौं वा जिल्लाको सदरमुकाम आउँछन्, विद्यार्थीहरू। त्यहाँ कोठा लिएरै बस्नुपर्‍यो। उपचारका लागि टाढाटाढाबाट राजधानी आएर कोठा लिएर बसेका छन्। राजधानी गएर मजदुरी गरेर खान्छु भनेर गाउँ छोडेकाहरू पनि कोठा बहालमा लिएर गुजारा गरिरहेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारलगायतका सेवासुविधा यही छ। त्यही भएर पनि काठमाडौं उपत्यका र जिल्लाका सदरमुकाममा कोठा पाउनमै मुश्किल हुन्छ। 

सरकारले गरेको भेदभावको बयान गरिसाध्य छैन। काठमाडौं उपत्यकामा बस्नेलाई कति सुविधा छ। ढोकैसम्म सरकारले पिच गरिदिएको छ। घरबाट निस्किनेबित्तिकै गाडी लागिहाल्छ। गाउँमा त सरकारले एउटा झोलुङ्गे पुलसमेत बनाउन सकेको छैन्। तुइनबाट खोला तर्नुपर्ने बाध्यता छ। पुलसमेत नभएको ठाउँमा को बस्छ भन्छन्, झोलाझाम्टा बोकेर राजधानी आउँछन्। 

अहिले गाउँ रित्तिनुको कारण यही त हो। श्रीमान् वैदेशिक रोजगारीका लागि विदेशमा, श्रीमती बालबच्चा बोकेर राजधानीमा। विदेश नगएका पनि काठमाडौं आएर बसेका छन्। सबै कोठाबहालमा बस्ने भए, अनि घरबेटीले जति नै हेपे पनि सहनैपर्‍यो। चुइक्क आवाज निकाल्यो कि कोठा सरेर जा भनिहाल्छन्। फेरि कोठा खोज, सामान सार कम्ता दुःख छैन। महिनैपिच्छे भाडा बढाए पनि तिर्नुपरेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनसंख्याको ८० प्रतिशत भाडामा बस्छन्। भाडामा बस्नेमा राजनीतिक दलदेखि लिएर सरकारी कर्मचारी, व्यापारी, बुद्धिजीवी, शिक्षक, पत्रकारलगायत सबै छन्। उनीहरूलाई घरधनीको आनीबानी राम्रोसँग थाहा हुन्छ। तर, आवाज उठाउन चाँहदैनन्? भाडामा बस्नेका लागि सरकारले कुनै कानुन बनाएकै छैन। घरधनी मात्र जनता हुन् जस्तो गरिरहेको छ सरकार। 

यहाँ नभए गाउँमा त आफ्नो घर छ, खेतबारी छ। तर, घरधनीले सुकुम्बासीजस्तो व्यवहार गर्छन्। सित्तैमा राखेजस्तो गर्छन्। कोठाबहाल, फल्याट र सटरको भाडा तोक्नुपर्ने जिम्मा त सरकारको हो। कुन घर बस्नका लागि प्रयोग गर्ने? कुन व्यापारिक प्रयोजन र कार्यालयका लागि? सरकारले अहिलेसम्म वर्गीकरण गरिदिएको छैन। तल्लो फ्ल्याट कोठामा बस्नेलाई दिइएको हुन्छ, माथिल्लो फल्याटमा अफिस सञ्चालन गरिएको हुन्छ। 

निजी सम्पत्ति भनेर सरकारले छाडा छोडेको अवस्था छ। कोठाबहालमा बस्नेले भाडा तिरेका छन्। तर, घरधनीले घरबहाल कर तिरेका छन् त? घरबहाल कर छल्ने कार्यले व्यापकता पाएको छ। सबै कोठा भाडामा लगाइएको हुन्छ तर घर खाली छ भनेर कर नै तिर्दैनन्। एउटा घर भाडामा लगाएर घरधनीले ५० हजारदेखि पाँच लाख रुपैयाँसम्म कमाउँछन्। 

तर, राज्यलाई कर तिर्दैनन्। राज्य हिजो पनि चिल्लै थियो, आज पनि चिल्लै छ। घरधनीले यसरी भाडा बढाएको बढ्यै गर्छन्, कहाँबाट ल्याएर तिर्ने ? वर्षौंदेखि उति नै तलबमा काम गर्नेहरू यहाँ छन्। सरकार न्यूनतम तलब तोक्छ तर, रोजगारदाताले दिन मान्दैनन्। अहिले पनि पाँचदेखि १० हजारमा महिनाभरि काम गर्नेहरू छन्। सरकार ‘एक्सन’ मा उत्रिन नसक्ने अनि गरिब जनताचाँहि सडकमा सुत्ने ? 

कोठा भाडा तिर्न नसकेपछि अन्तिम विकल्प त्यही नै रह्यो। महँगीले जनताको ढाड सेकिएको छ, सरकारलाई मतलब छैन। बिहानबेलुका छाक टार्न मुश्किल भइरहेको बेलामा कोठाभाडा बढाइन्छ। आम्दानी भए त ठिकै थियो, कामधन्दा छैन। तैपनि घरधनीले बुझ पचाएका छन्। बेरोजगारी दिनहुँ बढिरहेको छ। महिनौंदेखि तलब नपाएको गुनासो अहिले व्यापक माग्छ। 

अब त गुजारा गर्न नै सास्ती भइसकेको छ। जहाँ पनि पैसाकै कुरा आउँछ तर, दिनेले नै दिँदैनन् के गर्नु? काम गरेको ठाउँमा तलब माग्यो, साहु आज र भोलि भन्छन्। कामदारहरूको समस्या कसले बुझिदिने? जनतालाई सरकार छ भन्ने महसुश हुन सकेन्। सरकार लाचार हुँदाको परिणाम निमुखाहरूले भोगिरहेका छन्। ‘ठूलालाई चैन, सानालाई ऐन’ प्रवृत्ति रोकियोस्। 

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ०७:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ?
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि...
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
गृहमन्त्री गुरुङ र भारतीय समकक्षीबिच भेटवार्ता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
मुगुमा खुर्पा प्रहार गरी वृद्धको हत्या, आरोपी हतियारसहित पक्राउ मंगलबार, असोज २७, २०८३
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्