• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, साउन २९, २०८३ Fri, Aug 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

इबोला र जिका भाइरसको औषधि पत्ता लगाउने नेपाली वैज्ञानिक

64x64
समर्पण श्री शनिबार, भदौ १६, २०८०  ११:०७
1140x725

काठमाडौं– ‘म अर्काले पत्ता लगाएको औषधि लेख्ने डाक्टर बन्दिनँ। आफैं औषधि पत्ता लगाउने वैज्ञानिक बन्छु।’ दुई दशकअघि २० वर्षीय युवकले आफ्नै बासँग गरेको संकल्प थियो यो।  ती नौजवानका बा चाहन्थे– छोराले एमबीबीएस पढोस्, डाक्टर बनेर बिरामीको सेवा गरोस्।

तर, वैज्ञानिक बन्ने धोकोलाई बाको चाहनाले कहाँ मेटाउन सक्थ्यो ! ‘म जान्छु,’ रहरको पखेटा फिँजाइसकेका उनले सपनाको उडान भर्दै भने।  त्यो उडानलाई अन्तिम पटक बिदाइ गर्दै बाले मनमनै कल्पे, ‘डाक्टर नबने पनि नामको अगाडि डाक्टर लेखेर फर्कियोस्।’

पहिलो पटक अमेरिका उड्दै गर्दाको त्यो क्षण जीवाणु वैज्ञानिक डा सुदीप खड्काका आँखामा सङ्लै नाचिरहेको छ। हठै सही, उनले बासामु त्यस क्षण गरेको प्रतिज्ञाले डेढ दशकपछि मूर्तरुप पाएको थियो। विश्वभर फैलिएको इबोला भाइरसले अमेरिका लगायत थुप्रै देशका मानिसहरूको ज्यान लिएको थियो। सन् २०१८ सम्म यो महामारी रोक्ने कुनै औषधिको आविष्कार भएको थिएन। त्यतिबेला डा सुदीप जर्जियाको राजधानी एट्लान्टास्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत थिए। उनी इबोला भाइरसको औषधि पत्ता लगाउने ११ जना वैज्ञानिकको टोलीमा सामेल थिए। 

सुदीपको टिमको निरन्तरको प्रयासपछि आखिरमा इबोला भाइरसको औषधि पत्ता लाग्यो। यो सन्देशले विश्वलाई खुसी बनायो। किनकि, यो आविष्कारले शरीरमा सल्किरहेको भाइरसलाई परास्त मात्र गर्ने थिएन, थुप्रै जीवनको रक्षा गर्ने थियो। त्यसलगत्तै सुदीप सहितको वैज्ञानिक समूहले जिका भाइरसको औषधि पनि पत्ता लगायो। इबोला र जिका भाइरको औषधि पत्ता लगाउने टोलीमा नेपाली वैज्ञानिक पनि छन् भन्ने थाहा पाएपछि नेपालमा बिछट्टै हर्ष छायो। नेपालका मिडियाहरूले प्राथमिकताका साथ खबर प्रसारण गरे। 

विश्वले खुसी मनाइरहेको बेला डा सुदीपको मनमा भने एउटा चिसो पसिरहेको थियो। अमेरिका उड्नुअघि उनले बा हरिबहादुर खड्कालाई जुन वाचा गरेका थिए, त्यो पूरा भएको क्षण सुनाउन असम्भव थियो। जसरी एमबीबीएसको प्रवेश परीक्षामा नाम निस्केको बेला बालाई पत्रिका देखाउँदै सुनाएका थिए। जीवनको एउटा उपलब्धि हासिल गरेको बेला पनि उनलाई सुनाउन मन थियो– आफ्नै टिमले औषधि आविष्कार गरेको कुरा। 

बिडम्बना! विसं २०७१ सालमा सडक दुर्घटनाबाट बितेका तत्कालीन सभासद् हरिबहादुरले वैज्ञानिक छोराको उपलब्धिलाई नजिकबाट हेर्नै पाएनन्।

०००

अहिले सुदीप स्टानफोर्ड युनिभर्सिटीमा अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत छन्। त्यहाँ उनको टिमले क्यान्सरको नयाँ औषधि बनाउन निरन्तर अनुसन्धान गरिरहेको छ। यसअघि सुदीप मायो क्लिनिकका वैज्ञानिक थिए।  दुई महिनायता भने डा सुदीप नेपालमा छन्। कोभिड महामारीकै बेला उनी अमेरिकाबाटै कोरोना भाइरसबारे नेपाली मिडियामार्फत सचेतना जगाउन निरन्तर सक्रिय थिए। ६ वर्षपछि नेपाल फर्किएका सुदीपसँग केही दिनअघि हामीले भेट गरेका थियौँ। 

nimb
nimb
Ncell 2
Ncell 2

भेटमा पहिलो जिज्ञासा थियो, ‘नेपालमै जरो गाड्ने गरी कहिले फर्किनुहुन्छ?’ द्विविधायुक्त उनको हाँसोले भनिरहेको थियो, ‘थाहा छैन।’ करिब ५ वर्षअघिसम्म सुदीपको चाहना थियो, नेपाल फर्केर राजनीति गर्ने।

त्यो चाहना अझै पनि उनको मनमा सुशुप्त बाँचिरहेको छ। उनी उपयुक्त समय पर्खिरहेका छन्। यदि नयाँ पुस्तालाई अवसर दिने परिपाटी थियो त उनी २०७१ सालमै सभासद् बनिसक्थे कि!

बुबा हरिबहादुर २०७० को निर्वाचनमा बागलुङ–१ बाट विजयी सभासद् थिए। हरिबहादुरको २०७१ सालमा कार दुर्घटनामा निधन भयो। सुदीप बिदामा नेपाल फर्किएको क्षण बाको निधन भएको थियो। केही महिना त परिवारमा गहिरो शोक र सन्नाटा छाइरह्यो। बाले जितेको निर्वाचन क्षेत्रमा उप–निर्वाचनको तयारी भयो। नेपाली कांग्रेसबाट कसलाई उम्मेदवार उठाउने भन्ने छलफल चल्न थाल्यो। बाका शुभचिन्तकले भन्न थाले, ‘बुबाको बिँडो पढे–लेखेका छोराले धानेदेखि राम्रो हुन्थ्यो। टिकट सुदीपलाई दिनुपर्छ।’ 

त्यतिन्जेल सुदीपको राजनीतिक चेतबारे अधिकांश त बेखबर थिए। बाल्यकालमा  राजनीतिक र वैचारिक पुस्तकका ठेली पढेर हुर्किएका सुदीपको चेतबारे सीमित साथीभाइ मात्र परिचित थिए। जब उनले राजनीतिक कुरा मासमा गर्न थाले, सबै चकित परे। ‘परिवारमा ममीलाई पनि थाहा थिएन। बाहिरकालाई पनि यत्रो वर्ष अमेरिका बसेको मान्छेले के राजनीति बुझ्छ भन्ने थियो। ‘जब म राजनीतिक विषयमा प्रस्तुत हुन थालेँ, उहाँहरूको लागि त्यो कल्पनाबाहिरको कुरा थियो,’ सुदीप सम्झन्छन्।

तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशील कोइराला पनि उनलाई टिकट दिने कुरामा सकारात्मक थिए। भनेका थिए, ‘चुनावको तयारी गर्नुस्। टिकट तपाईंले नै पाउनुहुन्छ।’

तर, बाकै समकक्षीलाई यो कुरा पाच्य भएन। उनीहरूको असन्तुष्टि थियोे, ‘अर्को पुस्ताको मान्छेले टिकट पाएपछि हाम्रो पालो कहिले?’ जिल्लाका स्थापित नेता बालुवाटारमा धर्ना दिन थाले। उनीहरूले प्रधानमन्त्रीलाई चेतावनी दिँदै भने, ‘आमालाई दिए मान्छौँ। छोरालाई टिकट दिने हो भने सामूहिक राजीनामा दिन्छौँ।’

त्यसपछि सुशील कोइरालाले सुदीपलाई बालुवाटारमै बोलाएर सम्झाए, ‘डा साप, तपार्इंलाई राजनीतिमा ल्याउन एकदमै मन हो। अहिलेलाई गाह्रो बनाए। टिकट दिएँ भने पनि भित्रबाटै हराउँछन्।’ पार्टी सभापति कोइरालाको आग्रहलाई सुदीपले नकारेनन्। सुदीपको साटो टिकट आमा चम्पादेवी खड्काले पाइन्।

बरु सुदीप अमेरिका फर्केर अनुसन्धान र आविष्कारकै दुनियाँमा लागिपरे। त्यही क्रममा इबोला र जिका भाइरसको औषधि पत्ता लगाएर विश्वलाई नयाँ उपहार सुम्पिए।

०००

वैज्ञानिक सुदीपसँग सोध्नुपर्ने जिज्ञासा धेरै छन्। तिनै जिज्ञासाहरूबाट एउटा प्रश्न सुरुमै तेस्र्यायौँ, ‘नेपालको विकट क्षेत्रमै पर्छ बागलुङ। त्यहाँ जन्मेर हुर्केको एउटा युवामा वैज्ञानिक बन्ने सपना कसरी पलायो?’ यो प्रश्नले सुदीपलाई बाल्यस्मृतिमा फर्कायो। जन्मे २०३९ सालमा, हुर्किए घरको राजनीतिक पृष्ठभूमिमा। 

बा जिल्लाका सक्रिय नेता थिए। घरमा राजनीतिक पत्रिकाहरू थिए। उनी भेटेसम्म पढ्थे। कक्षा १ पढ्दासम्म उनी भारी शब्द छिचोल्न सक्ने भइसकेका थिए। त्यही क्रममा पढेको एउटा समाचारले सुदीपको आँखामा नयाँ सपना भरिदियो। उनले पढेको समाचारमा २४ वर्षमा पीएचडी सकाएर वैज्ञानिक बनेका युवाको फिचर छापिएको थियो। ‘वैज्ञानिक बन्न पीएचडी गर्नुपर्ने रहेछ। म पनि पीएचडी गरेर वैज्ञानिक बन्छु,’ उनले मनमनै संकल्प भरेका थिए।

सुदीप हरेक सामानलाई वैज्ञानिकको आँखाले झैं हेर्न थाले। ‘रेडियोले काम गरेन भने खोलेर तार जोड्थेँ। बिग्रेको घडी बनाउँथेँ। बिजुली बनाउँथेँ,’ उनी सुनाउँछन्।

कक्षा ८ देखि भने सुदीप पढ्नका लागि काठमाडौं आए। त्यतिबेलाको महँगो ग्यालेक्सी स्कुलमा भर्ना भए। यता भने गाउँमा जसरी स्वतन्त्र भएर सोच्ने माहोल थिएन। गह्रुँगा झोला र सुगारटाइ पढाइले गाउँको स्कुलको अध्ययन ‘मिस’ भइरहह्यो।  एसएलसीपछि सुदीप काठमाडौँ विश्वविद्यालयमा आईएससीमा भर्ना भए। विज्ञान विषय लिएर पढे पनि वैज्ञानिक सपना कतै गुम भएको थियो। 

कलेज पढ्दा उनको संगत राजनीतिक सर्कलका साथीसँग भयो। ‘अब रेडियो खोल्नेभन्दा पनि राजनीतिक रहस्य खोतल्नेतिर मन जान थालिसकेको थियो,’ सुदीप सम्झन्छन्। सुदीपको ध्यान कलेजको कम्पाउन्डबाट बाहिर जाँदै थियो। एक पटक हजुरबा हुम्ला हुँदै मानसरोवर घुम्न निस्किएका थिए। सुदीप पढाइ छाडेर डेढ महिना हजुरबासँग मानसरोवर घुम्न हिँडे।

डेढ महिनापछि क्याम्पस जाँदा रजिष्टरमा उनको नाम काटिइसकेको थियो। शिक्षकहरूले सोचे, अब ऊ फर्केर आउँदैन।  त्यही बेलामा उनले थाहा पाए, ‘कलेजको पहिलो चरणको परीक्षा सुरु हुँदैछ।’ समय कम थियो। उनले साथीहरूसँग नोटको फोटोकपी मागेर रटान सुरु गरे। धन्न, अंक औसत ल्याए, फेल हुन परेन। 

अर्को पटकको परीक्षा आउनुअघि पनि त्यस्तै भयो। अचानक एपेन्डिसाइटिस भएर १ महिना थलिए। त्यतिबेला पनि उनको हाजिरी कापीबाट नाम काटिएको थियो। परीक्षा आउनु एक हप्ता बाँकी छँदा मात्र उनले रटान मार्न सुरु गरे। चित्तबुझ्दो अंक नै प्राप्त गरे। 

यसरी पहिलो वर्ष प्रथम डिभिजिनमै पास गरेका सुदीपले दोस्रो वर्षलाई पनि गम्भीर रुपमा लिएनन्। दोस्रो वर्षको फाइनल परीक्षा आउने बेलामा पढ्छु भनेर थाल्दै मात्र थिए, उनी पुनः बिरामी परे। परीक्षा नजिकिँदै गर्दा उनले एक अक्षर पनि पढ्न भ्याएका थिएनन्। त्यतिबेला साथीहरूले भने, ‘यो पालि ड्रप गरेर अर्को वर्ष देऊ।’

तर, उनी आत्तिएनन्। बाँकी समयलाई सदुपयोग गरे। दिनरात पढ्न थाले। ‘परीक्षा राम्रो भयो। मैले ७५ प्रतिशत ल्याएछु,’ सुदीप सम्झन्छन्। सुदीप फेल होलान् भनेर चिन्ता मानेर बसेका साथीहरू रिजल्ट देखेपछि चकित परे।

सुदीपका मामा न्यूरोसर्जन थिए। घरमा बा आमाले पनि मेडिकल पढ्न सुदीपलाई जोड दिन थाले। तर सुदीपलाई मेडिकल लाइनमा रुचि थिएन। त्यसताका उनी नेसनल जियोग्राफीका म्यागाजिनहरू पढ्थे। एक दिन वातावरण मुद्दा पढ्दै गर्दा हिउँ चितुवाको बारे लेखिएको आलेख भेटे। ‘नेपालमा हिउँ चितुवाको अनुसन्धान खासै भएको रहेनछ। यही विषय पढ्नुपर्‍यो,’ उनले सोचे। 

हिउँ चितुवाको अध्ययन गर्ने मोहमा त्रिचन्द्र कलेजमा जियोलोजी पढ्न थाले सुदीप। पढ्दै गर्दा उनको सपना थियो, ‘डोल्पामा मान्छे नदेखिने ठाउँमा गएर २÷३ महिना बस्ने। हिउँ चितुवाबारे अध्ययन गर्ने।’

एक दिन सपनाबारे सुनाउँदै गर्दा साथीले भने, ‘तर त्यसरी अध्ययन गर्न कसले दिन्छ पैसा ?’

साथीको त्यो भनाइले उनलाई धरातलमा ल्यायो, ‘यो त दिवास्वप्न पो रैछ।’

त्यसपछि पढाइ छाडेर उनी एमबीबीएसको प्रवेश परीक्षाको तयारीमा लागे। परीक्षा दिए, तर नाम निस्किएन। 

मनको कुनामा सुशुप्त बाँचिरहेको वैज्ञानिक बन्ने सपना पुनः चल्मलाउन थाल्यो। बालाई भने, ‘एमबीबीएसमा नाम निस्किएन। अब बाहिर गएर वैज्ञानिक बन्छु।’

बाले असहमति जनाउँदै भने, ‘त्यही त, आफू नाम निकाल्न नसक्ने, अनि बहाना बनाउने।’

बाको भनाइले उनलाई बिझायो। लाग्यो, ‘बाले इगोमाथि प्रहार गरे।’ त्यसपछि हठका साथ उनले जवाफ दिए, ‘त्यसो भए नाम निकालेर छाड्छु। तर पढ्दिनँ।’

३ महिना एमबीबीएसको प्रवेश परीक्षाका लागि डटेरै तयारी गरे। नाम पनि निकाले। त्यसपछि बालाई पत्रिका देखाउँदै भने, ‘ल हेर्नु। नाम निस्कियो मेरो।’

छोराले नाम निकालेको देखेपछि बा खुसी भए। भने, ‘त्यसो भए यहीँ पढ्।’

तर, सुदीपले नाम बाको लागि मात्र निकालेका थिए। उनी भने अमेरिका जाने तयारीमा जुटे। अमेरिकाको भिसा लाग्नु त्यति सजिलो थिएन। बाले छोराले नाम निकाल्दैन भन्ने सोचेका थिए। एक दिन भिसा लागेको खबर सुदीपले सुनाए। 

‘भिसा पनि लगाएर देखाइहालिस्। अब यतै बसेर पढ्,’ बाले सम्झाए। त्यतिबेला मोबाइल फोन एकाध व्यक्तिको हातमा मात्र हुन्थे। बाले मोबाइल र मोटरबाइक किनिदिने प्रलोभन पनि देखाए। सुदीपका अघि बाको प्रयत्न फिका भए। सन् २००० मा उनी वैज्ञानिक बन्न अमेरिका उडे। 

०००

जहाज ल्याण्ड भएर जब पहिलो पटक सुदीपले अमेरिकाको जमिन टेके, मनमा नमिठो झोक्काले हान्यो। त्यतिबेला मात्र सुदीपलाई लाग्यो, ‘म त देशै छाडेर पो हिँडेछु।’ ‘पढ्न भनेर त आएँ। वैज्ञानिक बन्छु भन्ने सपना छ। जागिर पनि यहीँ हुन्छ। मेरो जिन्दगी यतै पो भासिन्छ कि क्या हो,’ उदेकलाग्दो अनुभूतिले केहीबेर घेरिरह्यो। 

उनी अमेरिका तयारी विनै पुगेका थिए। आफूले पढ्ने पर्डयू युनिभर्सिटीमा होस्टलहरू प्याक भइसकेका थिए। कहाँ बस्ने टुंगो थिएन। कहिल्यै चिन्ता नलिने मान्छे, यही बानीले पहिलो दिन उनी अलपत्रै परे। विमानस्थलबाट उनी पढ्ने कलेज २ घण्टा टाढा रहेछ। सोचेका थिए, ‘बस वा ट्याक्सी रोकेको हुन्छ होला। सजिलै जान सकिन्छ।’ तर रिजर्भ नगरी गाडी पनि नआउने रहेछ। ६ बजे पुगेका सुदीपले ३ बजेसम्म बस कुर्नुपर्ने भयो। हातमा मोबाइल थिएन। बिरानो देशमा आफन्तहरू पनि थिएनन्।

क्याम्पस प्रांगणमा पुग्दा सबै ढोकाहरू बन्द थिए। शनिबार बिदाको दिन पो परेछ।  ‘क्याम्पस सानो बजारको छेउमा रहेछ। क्याम्पसअघि दुई वटा सुटकेस लिएर अगाडि उभिरहेछु। सबै अफिस बन्द छन्। नजिक बस्ने होटल  छैनन्। फोन गर्ने ठाउँ पनि छैन। म अलपत्र परेँ,’ उनी सम्झन्छन्।  उनी सुटकेस लिएर उभिएको नजिकै केन्याका विद्यार्थी आइपुगे। दुईबीचको संवादपछि ती विद्यार्थीले उनी अलपत्र परेको थाहा पाए। ‘मेरो घर जाऊँ हिँड। त्यहाँ नेपालीहरू पनि छन्। तिम्रो व्यवस्था नभइन्जेल बस्नु,’ बिखलबन्दमा परेको क्षणमा यसरी ती साथीले सहारा दिए।

०००

उनले ‘सेल एन्ड मोलिक्युलर बायोलोजी’ मा स्नातक गरे। त्यही क्रममा डेंगी र हेपाटाइटिस सीका बारेमा अध्ययन गरे। मेडिकल केमेस्ट्री एण्ड मोलिक्युलर फर्मालोजीमा विद्यावारिधि गरे। विद्यावारिधि गर्न उनले गरेको कसरत सानो थिएन। यता नेपालमा आईएससी पढ्दाका सुदीप उता पुगेपछि बदलिए। सुरुमा त्यहाँको पढाइको लयलाई पकड्न गाह्रो त भयो। विस्तारै त्यो लयलाई पकडेपछि समकक्षी साथीहरूलाई पनि उछिन्दै अघि बढे। 

उनको पहिलो सेमेस्टर सकिँदा यता नेपालका साथीको पनि ब्याचलर्स सकिन लागेको थियो। ‘ओहो, म त धेरै ढिला भएँ। समय खेर गयो भन्ने लाग्यो। त्यसपछि पढाइको गति बढाएँ। एक्स्ट्रा कक्षाको लागि विभागमा गएर विशेष स्वीकृति लिएँ। ३ वर्षमा ब्याचलर्स भ्याएँ,’ उनी सुनाउँछन्। कलेजले आधा मात्र छात्रवृत्ति दिएको थियो। खाना र बस्नको लागि आफैंले व्यवस्था गर्नुपथ्र्यो। पहिलो वर्ष उनले काम गरेनन्, घरबाटै भरथेग गरे। दोस्रो वर्षबाट सुदीपले काम गर्न थाले। उनी साताको २० घण्टा काम गर्थे। सँगै आफ्ना सहपाठी र जुनियर विद्यार्थीहरूलाई ट्युसन पनि पढाउँथे।

०००

डा सुदीपलाई नेपाल फर्कँदा धेरैले सोध्छन्, ‘यता बसाइको भिसा कहिलेसम्म छ?’ उनी हाँस्दै भन्छन्, ‘जतिसम्म बस्यो त्यति, उता जान पो भिसा चाहिने हो त।’ सुदीपका कुराले शुभचिन्तकहरू दंग पर्छन्। प्रायःलाई लाग्छ, ‘त्यत्रो वर्ष अमेरिका बसेपछि नागरिकता उतैको होला।’ 

धेरै नेपालीको मोह अमेरिकामा नागरिकता प्राप्त गर्नमै हुन्छ। तर उनलाई अमेरिकी नागरिक हुने मोह कहिल्यै जागेन। पीएचडी गर्ने बेला आवश्यकता परेन। क्वालिफाइड भएपछि जागिर गरिराखियो। काम गरिराखिएकै छ। कहिल्यै लिउँ जस्तो लागेन,’ सुदीप भन्छन्।

उनी थप्छन् पनि, ‘सायद फर्केर आउने इच्छाले गर्दा पो हो कि! ’राजनीतिको मोहले भनूँ वा आफ्नो योग्यतालाई देशको विकासमै लगानी गर्ने सोच। अमेरिका छँदा पनि उनको मनले बारम्बार भनिरहेको हुन्छ, ‘म फर्किनुपर्छ।’

बाको दुर्घटनाले त उनलाई अझ बढी झक्झकाइह्यो। ‘यहाँको स्वास्थ्य क्षेत्रका कमजोरी नमिठो गरी भोगेँ, धेरै काम गर्न बाँकी छन्,’ उनी भन्छन्।  दुर्घटना हुँदा स्वास्थ्य क्षेत्रमा लापरबाही थिएन त बा बाँच्थे भन्ने आसा उनलाई कतै–कतै लाग्छ।

बागलुङको एउटा विद्यालयको कार्यक्रममा जाने क्रममा बाको जीप दुर्घटना भएको थियो। त्यसपछि हरिबहादुरलाई सदरमुकाम हस्पिटल लगिएछ। सुदीप र उनको परिवारमा सामान्य दुर्घटना भनेर खबर पुगेको रहेछ। ‘मलाई एक जना भाडामा बस्ने दाइले भन्नुभयो– भाइ बुबाको दुर्घटना भएर सानो चोट लागेछ। एक पटक देखाउन काठमाडौं ल्याउने कुरा भाको छ। त्यतिबेला ममीलाई पनि गम्भीर दुर्घटना भनेर भनिएन,’ उनी सम्झन्छन्।

बालाई हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याउने कुरा भएको रहेछ। उनी ग्राण्डीमा ३ घण्टादेखि बालाई कुरिबसेछन्। उनी हेलिप्याडनिरै बसिरहेका थिए। त्यहाँ २ जना नर्सले गरेको कुराकानी अचानक सुदीपको कानमा ठोक्कियो। एउटी नर्सले भन्दै रहछिन्, ‘एक जना भीआईपी पेसेन्टलाई ल्याउने भनेका थिए। ल्याएकै छैन अहिलेसम्म।’

अर्की नर्सले भनिछन्, ‘मान्छे मरिसक्यो होला। देखाउन मात्र ल्याउने होला।’ 

सुदीपको मनमा चिसो पस्यो। नर्सहरूले गरेको कुराकानी उनलाई असह्य भयो। र, भने, ‘तपाईंहरू यति असंवेदनशील भएर कुरा गर्न मिल्छ? मेरो बाको दुर्घटना भएर ल्याउन लागिएको छ। तपाईंले के भन्नुभएको ?’

पछि पो थाहा पाए, बाको अवस्था गम्भीर रहेछ। बागलुङमा प्राथमिक उपचार पनि नगरी पोखरा एअरपोर्टमै धेरै समय राखिएको रहेछ। साढे ६ बजे हरिबहादुरलाई न्यूरो पुर्‍याइयो। उनले अन्तिम श्वास त्यहीँ बिसाए। ती क्षण सम्झँदै उनी भन्छन्, ‘मिनेट–मिनेटको महत्व हुने आकस्मिक अवस्थामा मिस कम्युनिकेसन भयो।’ 

पछि उनले तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरे, ‘जिल्ला हस्पिटलका स्टाफलाई प्राथमिक उपचार कसरी गर्ने तालिम पनि दिएका रहेनछौँ। ठाउँ–ठाउँमा ट्रमा सेन्टर त हुनुपर्‍यो नि।’ उनले आफ्नो क्षेत्रमा ट्रमा सेन्टर र हेल्प डेस्कको स्थापनाको माग गरे। प्रधानमन्त्रीले प्रतिवद्धता जनाए। बजेट भाषणमा पनि ट्रमा सेन्टरको स्थापनाको कुरा आयो।

तर, फरक पार्टीका नेताहरूले यही विषयलाई राजनीतिकरण गरे। ‘१० वर्ष भयो, म हरेक वर्ष सोधिरहेको हुन्छु। तर अहिलेसम्म यसका लागि काम भएको छैन,’ उनी भन्छन्। 

त्यस कारण सुदीप नेपालका स्वास्थ्य क्षेत्रका विकासमा इँटा थप्न चाहन्छन्। पछिल्लो समय नयाँ पुस्ताको सम्भावना बलियो देखेका छन् सुदीपले। गत सालको तीन तहको चुनावले उनलाई हौस्याएको पनि छ। 

उनी स्थानीय तहमा बसेर गर्न सकिने थुप्रै काम देख्छन्। ‘स्थानीय तहका जनप्रतिनिधिले आफ्नो अधिकार अझै बुझ्नुभएको छैन। स्वास्थ्य, शिक्षा र विकासका क्षेत्रमा धेरै काम गर्न सकिन्छ। कि त देशको विकाससँग जोडिएका विभिन्न निकाय छन्। तिनमा बसेर पनि बदल्न सकिन्छ,’ उनी भन्छन्।

अहिले चाहिँ सुदीप पुनः अमेरिका फर्किसकेका छन्। उनी त्यहाँ अनुसन्धानको कामलाई निरन्तरता दिइरहेका छन्। सायद थप आविष्कारबाट नयाँ उपलब्धि हासिल पनि गर्लान्। फेरि नेपालीहरूको छाति गर्वले चौडा होला। सुदीप त्यतिमै सन्तुष्ट चाहिँ नहोलान्।

उनलाई त घर फर्कनु छ, देश फर्कनु छ। फर्कनु मात्र छैन, बदल्नु पनि छ। ‘पाँच वर्षभित्र म फर्कने बाटो हेरिरहेको छु। फर्केपछि नउखेलिने गरी जरो नै गाड्नेछु,’ सुदीप मुसुक्क हाँस्दै भन्छन्।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ११:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
‘फरक सन्दर्भ, साझा आकांक्षा’मा युवाका मुद्दा र राजनीतिक नेतृत्वबारे बहस एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका सांसद क्षीतिज थेबेले नेपालमा आन्तरिक तथा बाह्य रोजगारीका क्षेत्रमा देखि... बुधबार, साउन २७, २०८३
ब्रोडपिक आरोणका क्रममा ज्यान गुमाएका तीन आरोहीको शव ल्याइयो [तस्बिरहरु] किलु शेर्पा, निमा शेर्पा र ग्यालु शेर्पाको शव मंगलबार कतार एयरवेजको उडानबाट दोहा हुँदै नेपाल ल्याइएको हो । मंगलबार, साउन २६, २०८३
साउनको अन्तिम सोमबार, ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ क्षेत्र [फोटोफिचर] सोमबार पशुपतिनाथ क्षेत्रमा पुगेका भक्तजनको भीड र मन्दिर परिसरको दृश्य ड्रोनबाट कैद गरिएको छ। साउनको अन्तिम सोमबार भएकाले बिहानैदेखि... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
ग्यास भण्डारण गर्नेलाई आयल निगमले दियो कारबाहीको चेतावनी बिहीबार, साउन २८, २०८३
आईजीपीलाई खगेन्द्र सुनारको जवाफ– बर्दी र फुली देखाए धम्क्याउँदैमा सकिने विषय होइन बिहीबार, साउन २८, २०८३
थबाङ पहिरो अपडेट : मृतकको संख्या १० पुग्यो, तीन बेपत्ताको खोजी जारी [नामसहित] बिहीबार, साउन २८, २०८३
पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी बिहीबार, साउन २८, २०८३
चीनका पूर्वप्रधानमन्त्री झु रोङजीको निधनप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समितिमा नोकझोकपछि किन छिरे आईजीपी प्रधानमन्त्री कार्यालय? बिहीबार, साउन २८, २०८३
देउवाको स्वागतमा सहभागीलाई धन्यवाद दिँदै विद्रोही कांग्रेसको राष्ट्रिय भेलाको कार्यतालिका सार्वजनिक [तालिकासहित] बिहीबार, साउन २८, २०८३
सर्वत्र आलोचनापछि उपसभामुख ठाकुरले हटाइन् स्टाटस बिहीबार, साउन २८, २०८३
लोकसेवा आयोगको सचिवमा बढुका लागि तीन जनाको नाम सिफारिस बिहीबार, साउन २८, २०८३
गगनको अध्यक्षतामा बसेको कांग्रेस बैठकद्वारा देउवाबाट अभिभावकीय भूमिकाको अपेक्षा [निर्णयहरुसहित] बिहीबार, साउन २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
नेपाललाई मेडिकल हब बनाउन अस्पतालहरूबीच सहकार्य आवश्यक : डा. अमित तोमर नेपाल लाइभ
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्