काठमाडौं- महिला विश्वकप फुटबलको उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न भएको खेलमा स्पेनले इंग्ल्याण्डलाई १-० गोल अन्तरले हराउँदै पहिलो पटक महिला विश्वकपको उपाधि जितेको हो।
अष्ट्रेलियाको सिड्नीस्थित अष्ट्रेलिया रंगशालामा भएको खेलमा खेलको पहिलो हाफको २९ मिनेटमा स्पेनले गोल गरेको थियो। खेलको २९औं मिनेटमा क्याल्डेन्टी ओलिभरको पासमा पासमा कप्तान कार्मोनाले गोल गर्दै स्पेनलाई अग्रता दिलाएकी थिइन्।
पहिलो हाफ स्पेनले १–० को अग्रता बनाएको थियो। दोस्रो हाफमा स्पेनले पेनाल्टी पाएको थियो। तर स्पेनको पेनाल्टी प्रहार इंग्ल्याण्डका गोलरक्षकले रोकेकी थिइन्।
खेलमा पकड राख्दै स्पेनले इंग्ल्याण्डलाई दबाब बनाइराख्यो। इंग्ल्याण्डले पाएको केही अवसरलाई भने सदुपयोग गर्न सकेन।
अष्ट्रेलियाको सिड्नीमा स्पेन पहिलो पटक महिला विश्वकपको च्याम्पियन बन्यो। इंग्ल्याण्ड पनि पहिलो पटक विश्वकपको फाइनलमा पुगे पनि उपविजेतमा सीमित रह्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।