• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत १४, २०८२ Sat, Mar 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

निकुञ्ज तथा संरक्षित क्षेत्रमा पूर्वाधार निर्माण : के छ सर्वोच्च अदालतको चार बुँदे निर्देशनात्मक आदेशमा?

64x64
नेपाल लाइभ आइतबार, भदौ ३, २०८०  २०:१६
1140x725

काठमाडौं- राष्ट्रिय निकुञ्ज तथा अन्य संरक्षित क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको अनुमति लिनेबारे सर्वोच्च अदालतले चार बुँदे निर्देशन जारी गरेको छ। सर्वोच्चले यस्ता क्षेत्र अति नै संवेदनशील र लामो समय लगाएर संरक्षण गरिएकाले त्यसको पर्यावरण विनास हुने कुरामा ख्याल गरिनुपर्ने भनेको छ। सर्वोच्चको पूर्ण इजलासले यस्ता क्षेत्रमा जलविद्युत लगायतका संरचना निर्माणको बाटो भने खोलेको छ।  

सर्वोच्चले सरकारले वर्षौंसम्म लगाएर यस्ता क्षेत्रको संरक्षण गरेको र भौतिक पूर्वाधार निर्माणका नाममा हुन सक्ने बेथितिबारे पनि अनुमति दिँदा सरकार सचेत हुनुपर्ने भनेको छ। यस्ता क्षेत्रमा निर्माणको अनुमति दिन सकिने तर निश्चित सर्त भने कडाइका साथ पालना हुनुपर्ने सर्वोच्चको फैसलामा भनिएको छ। न्यायाधीशहरु कुमार चुडाल, तिलप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयाँलको पूर्ण इजलासले यो विवादबारे २०८० जेठ ३२ गते फैसला सुनाएको थियो। उक्त फैसलाको पूर्णपाठ हालैमात्र सार्वजनिक भएको छ।  

असाधारण क्षेत्रधिकार अन्तर्गत सर्वोच्च अदालतमा प्रवेश भएको यो विवादले सुरुमा उक्त क्षेत्रमा निर्माणमा रोक लगाउने अन्तरिम आदेश जारी गरेको थियो । 

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रभित्र जलविद्युत विकास लगायत अन्य पूर्वाधार विकास निर्माणका लागि अनुमति प्रदान गर्दा चार बुँदे निर्देशनभन्दा बाहिर नजान सर्वोच्चले भनेको छ।

‘कुनै संरक्षित क्षेत्र भित्र जलविद्युत उत्पादन गर्ने वा सो सम्बन्धी भौतिक पूर्वाधार निर्माणका लागि अनुमति दिँदा र उत्पादन तथा कार्य सञ्चालन भएपछि नेपाल सरकारलाई प्राप्त हुने राजस्वको हिसाब गरी हुन आउने रकमको न्यायोचित प्रतिशत रकम वार्षिक रुपमा सो क्षेत्रका स्थानीय तहमार्फत विनियोजन गरी सोही क्षेत्रका स्थानीय समुदायको हितका लागि आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक विकासमा लगाउनुपर्ने छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘न्यायमा पहुँच तथा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा लगानी गर्नुपर्ने साथै राष्ट्रिय तथा कार्य सञ्चालन भएपछि नेपाल सरकारलाई प्राप्त हुने राजस्वको हिसाब गरी हुन आउने रकमको न्यायोचित प्रतिशत रकम वार्षिक रुपमा सो क्षेत्रका स्थानीय तहमार्फत विनियोजन गरी सोही क्षेत्रका स्थानीय समुदायको हितका लागि लगाउनु पर्नेछ।’ 

राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा रहेका बन, जंगल, जडिबुटीको संरक्षण र विकासका साथै सो क्षेत्रको पर्यावरणीय विकास, वातावरण संरक्षण र जलवायु अनुकुलन कार्यक्रमका लागि खर्च गर्नेुपर्ने फैसलामा उल्लेख छ। 

के थियो विवाद 
नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको सरकारले सरकारले संरक्षित क्षेत्र भित्र भौतिक पूर्वाधारहरू निर्माण एवं सञ्चालन कार्यनीति २०७७ जेठ १३ गते संशोधन गरेको थियो। २०६५ सालमा जारी भएको कार्यनीतिमा राष्ट्रिय निकुञ्ज र आरक्ष भित्र सम्पूर्ण संरचना पर्ने गरी विद्युतगृह लगायतका कुनै संरचना बनाउन नपाउने व्यवस्था छ। 

तर, कार्यनीतिले निकुञ्ज आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सहयोग पुर्‍याउन १ मेगावाटभन्दा कम क्षमताको (राष्ट्रिय प्रसारण लाइनमा जोड्न नपाउने सर्तमा) विद्युत उत्पादन गर्न सहमति दिन व्यवस्था गरेको थियो। त्यस्ता विद्युत आयोजना निर्माण गर्दा पानीको बहाव ५० प्रतिशत प्राकृतिक रूपमै छाड्नुपर्ने व्यवस्था कार्यनीतिमा थियो। 

Ncell 2
Ncell 2

तर, सरकारले २०७७ जेठमा उक्त कार्यनीति संशोधन गर्दै १ मेगावाटभन्दा कम क्षमताको जलविद्युत आयोजनाका लागि ५० प्रतिशत, १ देखि १० मेगावाटसम्मको लागि ३५ प्रतिशत, १० देखि २५ मेगावाटसम्मको लागि ३० प्रतिशत, २५ देखि १०० मेगावाटसम्मका लागि २० प्रतिशत र १०० देखि २५० मेगावाटको जलविद्युत आयोजनाका लगि १० प्रतिशत प्राकृतिक प्रवाह कायम हुने गरी पानीको प्रवाह निर्वाध खुला छाडे पुग्ने गरी कार्यनीति संशोधन गराएको थियो। 

यति समूहलाई जलविद्युत आयोजना निर्माण गर्न दिने उद्देश्यका साथ उक्त कार्यनीति संसोधन गरेको भन्दै आलोचना भएको थियो। सरकारले कार्यनीति संशोधन गरेपछि उक्त निर्णयविरूद्ध अधिवक्ता विज्ञानसिंह विष्टले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतले उक्त व्यवस्थाले बन्यजन्तुहरूको संरक्षणलाई प्रतिकुल असर पुर्‍याउने देखिएको उल्लेख गर्दै रिट टुंगो नलाग्दासम्म संरक्षित क्षेत्रभित्र भौतिक पूर्वाधार निर्माण गराउने कार्यनीति कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थयो। 

सर्वोच्चले अन्तरिम आदेशमा २०२९ सालमा बनेको राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐनमा खानी खन्न, ढुंगा खन्न वा कुनै खनिज पदार्थ, ढुंगा, कंक्रिट, माटो वा अन्य यस्तै पदार्थ हटाउन रोक लगाइएको तथा राष्ट्रिय निकुञ्ज भित्र बग्ने नदी, खोला वा पानीको कुनै स्रोत थुन्न, फर्काउन वा त्यसमा कुनै हानिकारक वा विस्फोटक पदार्थहरू प्रयोग गर्न रोक लगाउने प्रावधान समेत सरकारलाई सम्झाएको थियो।

के छ चार बुँदे निर्देशनात्मक आदेशमा 
क. राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु आरक्ष क्षेत्रमा विकास निर्माण लगायत पूर्वाधार विकासका कार्य गर्न अनुमति दिने सम्बन्धमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ५ को कार्यान्वयनका लागि संरक्षित क्षेत्र भित्र भौतिक पूर्वाधारहरूको निर्माण एवं सञ्चालन सम्बन्धी कार्यविधि वा निर्देशिका यथाशीघ्र बनाई लागू गर्नू। साथै उक्त कार्यविधि बनाउँदा लगानीकर्ताहरूको संरक्षण गर्ने प्रयोजनको लागि यसअघि नै जल विद्युत उत्पादन गर्न अनुमति पाइसकेका र लगानी समेत गरिसकेका आयोजनाको हकमा अर्थात् यस अगाडि भए गरेका काम कारबाहीलाई समेत समेट्ने गरी आवश्यक प्रबन्ध गर्नू।

ख. राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत लगायत पूर्वाधार विकास निर्माणका कार्यहरू गर्न अनुमति प्रदान गर्दा वातावरण संरक्षण तथा जलवायु परिवर्तनसँग सम्बन्धित वातावरण र विकासलाई सन्तुलित गर्ने लगायत दिगो विकासको अवधारणा बमोजिम कार्यान्वयन सुनिश्चित गर्न आवश्यक अनुगमन संयन्त्र समेत तोकी अनुमति दिने व्यवस्था गर्नू। 

ग. राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा जलविद्युत लगायतका विकास निर्माण कार्यको अनुमति दिँदा र आयोजना कार्यान्वयन गर्दा समेत लाङटाङ क्षेत्र लगायतका अन्य उच्च हिमाली क्षेत्रका राष्ट्रिय निकुञ्जहरूमा पाइने हिमाली चितुवा , हाब्रे , कस्तुरी मृग, हिमाली भालु, थार, घोरल, रातो बाँदर, लंगुर जस्ता बन्यजन्तु र बनस्पत्तिहरूको उचित संरक्षण हुने व्यवस्था र खासगरी त्यस क्षेत्रका नदीबाट जलविद्युत विकास गर्दा नदीको प्राकृतिक प्रवाहमा असर नपर्ने गरी अर्थात् आयोजना तल पर्ने बन, बनस्पति र स्थानीय जनजीवनलाई पानी पर्याप्त हुने सुनिश्चित गर्न आवश्यक बन्दोवस्त गर्नू।

घ. लाङटाङ राष्ट्रिय निकुञ्ज तथा अन्य कुनै संरक्षित क्षेत्रभित्र जलविद्युत उत्पादन गर्ने वा सो सम्बन्धी भौतिक पूर्वाधार निर्माणका लागि अनुमति दिँदा र उत्पादन तथा कार्य सञ्चालन भएपछि नेपाल सरकारलाई प्राप्त हुने राजस्वको हिसाब गरी हुन आउने रकमको न्यायोचित प्रतिशत रकम वार्षिक रुपमा सो क्षेत्रका स्थानीय तहमार्फत विनियोजन गरी सोही क्षेत्रका स्थानीय समुदायको हितका लागि आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक विकास, न्यायमा पहुँच तथा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा लगानी गर्नुपर्ने साथै राष्ट्रिय तथा कार्य सञ्चालन भएपछि नेपाल सरकारलाई प्राप्त हुने राजस्वको हिसाब गरी हुन आउने रकमको न्यायोचित प्रतिशत रकम वार्षिक रुपमा सो क्षेत्रका स्थानीय तहमार्फत विनियोजन गरी सोही क्षेत्रका स्थानीय समुदायको हितका लागि आवश्यक पर्ने शिक्षा, स्वास्थ्य, खानेपानी, सामुदायिक विकास, न्यायमा पँहुच तथा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रममा लगानी गर्नुपर्ने साथै राष्ट्रिय निकुञ्ज तथा संरक्षित क्षेत्रमा रहेका बन, जंगल, जडिबुटीको संरक्षण र विकासका साथै सो क्षेत्रको पर्यावरणीय विकास, वातावरण संरक्षण र जलवायु अनुकुलन कार्यक्रमका लागि खर्च गर्ने बन्दोबस्त गर्नू।

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  २०:१६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते
सम्बन्धित सामग्री
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते राती करिब १ बजे बर्दघाट नगरपालिका–४ स्थित सडकमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ९३९८ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको... शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गरिएको हो । शनिबार, चैत १४, २०८२
पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ उनलाई पक्राउ गर्न बिहान ५ बजे नै प्रहरी निवासमा पुगेका थिए। शनिबार, चैत १४, २०८२
ताजा समाचारसबै
पत्रकारमाथि एमाले कार्यकर्ताले गरे दुर्व्यवहारसहित हातपात शनिबार, चैत १४, २०८२
अध्यक्ष पक्राउविरुद्ध प्रतिवाद गर्ने एमालेको निर्णय, यस्ता छन् सचिवालय बैठकका निर्णयहरु शनिबार, चैत १४, २०८२
दाउन्नेमा ट्रकले बस र पिकअप भ्यानलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, १५ घाइते शनिबार, चैत १४, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
पूर्व प्रधानमन्त्री ओली पक्राउ शनिबार, चैत १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
मन्त्रिपरिषद बैठक बस्नुअघि रवि लामिछानेसँग छलफलमा प्रधानमन्त्री शुक्रबार, चैत १३, २०८२
अर्थमन्त्रीको पहिलो निर्णय- १५ वटा ऐन खारेज शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्