• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

संस्कारको अभाव भएको हाम्रो शिक्षा

64x64
यमराज तिमिल्सिना शनिबार, भदौ २, २०८०  १९:४९
1140x725

एकातिर ठूलाठूला भ्रष्टाचार  काण्डमा मुछिएका भिआइपी प्रहरी हिरासतमा पुगे।

अर्कातिर बेवारिसे लाश व्यवस्थापन गर्दै आएकी अभियन्ता सपना रोक्का मगरले जल्दै गरेको लाशको तस्बिर फेसबुकमा पोस्ट्याउँदै लेखिन्, 'हिजो आज त मध्यरातमा अमेरिका, अष्ट्रेलिया लगायत देशबाट फोन आउँछ। कुनै कुनैले त फलानो ठाउँमा मेरा आमा बुबाको मृत्यु भएको छ। मलाई नेपाल आउन जान लाखौं लाग्छ। बरु म पैसा पठाइदिन्छु मेरो बुबा आमाको लाशलाई दाहसंस्कार गरिदेऊ भन्छन्। अहिलेसम्म मैले ५० वटाभन्दा बढी यस्ता बुवा–आमालाई आफ्नै हातले दागबत्ती दिएकी छु। त्यस्तालाई पैसा पठाउन पर्दैन। तपाईं छोरा हुँदाहुँदै पनि म छोरी बनेर अन्तिम संस्कार पूरा गर्न पाउँदा खुसी छु भन्ने जवाफ दिन्छु। कतिपय मानिस आफ्ना आमा बुबाको अन्तिम बेलामा अनुहार देख्न पाइएन भने आफ्नो भाग्यलाई दोष दिन्छन्।’

यो आलेख यिनै दुई कुराको वरिपरी केन्द्रित छ ।

गीतामा भनिएको छ, 'चाकीर्तिर्मरणादतिरीच्यते' अर्थात् सम्मानित व्यक्तिका लागि बदनाम हुनु भनेको मरणभन्दा गरुङ्गो काम हो।’ 

पद ठूलो हो तर पद पाउँदैमा प्रतिष्ठित भइन्छ भन्ने पनि हुँदैन भन्ने कुरा भिआइपी जेल चलानबाट थप पुष्टि भएको छ। पद धारण गरेका हरेक व्यक्ति योग्य हुन्छन् भन्ने पनि सत्य होइन। फेरि पद धारण गरेका हरेक व्यक्ति प्रतिष्ठित हुन्छन् भन्ने पनि होइन। पदमा पुगेका हरेक व्यक्ति प्रतिष्ठित भएका पनि छैनन्। 

पदको मर्यादा राख्न स्वयम् व्यक्ति पदीय मर्यादामा रहन सक्नुपर्छ। पदमा रहेका व्यक्तिले पदको गरिमा राख्न सक्नुपर्छ। यो वा त्यो पद नै प्रतिष्ठित पद हो भन्ने कुरा झनै बकवास हो। खासमा पद सानो र ठूलो हुँदैन। जुन स्थान अनुसारको पद रहने हो, चाहे उपभोक्ता समिति गठन होस् वा राजनैतिक दलका संघ सङ्गठन। अझ उच्चतम् मानिँदै आएका राष्ट्रपति, प्रधानमन्त्री वा मन्त्री किन नभनौँ। त्यसमा व्यक्ति पदमा पुग्नु मात्र ठूलो कुरा पनि होइन। त्यहाँ टिकिरहन सक्नु ठूलो कुरा हो। 

पदमा अनेक तिकडम गरेर पनि पुग्न सकिन्छ। तर सधैं मर्यादा त्यसले मात्रै राखेको हुन्छ जसले नैतिकता, इमान्दारिता, कर्तव्यनिष्ठतालाई आत्मसात् गरेर पुगेको हुन्छ। पद धारण गरेको व्यक्ति इमान, इज्जत, नैतिकवान, कर्तव्यनिष्ठ, मानवत्व भएको हुनुपर्छ। 

कति ठूलो पदमा पुगियो भन्ने कुराले होइन, त्यो पद अनुरूपको उच्च मूल्य र मान्यता स्थापित गर्न सकियो कि सकिएन भन्ने कुराले अर्थ ठूलो राख्छ। कति डिग्री हासिल गरियो भन्ने कुरा होइन, कति ठूलो संस्कार र अनुशासन ग्रहण गर्न सकियो भन्ने कुराले अर्थ राख्दछ। त्यसैले भोलि समाजमा जयजय गान त उसैको हुन्छ जसले त्याग गर्न जानेको हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

भनिन्छ, राजनीति गर्ने व्यक्तिको जीवन व्यक्तिगत हुँदैन। त्यसैले उसका हरेक गतिविधिहरु सबैले थाहा पाउने गरी निगरानी हुनुपर्छ भन्ने अवधारणा पनि छ। 

राजनीति दुईचार दिन, दुई चार महिना वा दुईचार वर्षका लागि मात्रै हुँदैन। त्यसैले पनि दीर्घकालसम्म इज्जत जोगाइ राख्न इज्जतिलो काम गर्न सक्नुपर्छ। भनिन्छ, पद प्रतिष्ठा र अध्यात्म सँगसँगै भए मात्रै दीर्घकालीन हुन्छ। शास्त्रले पनि राजस्व, देवस्व र पितृस्व सबैभन्दा ठूला ऋण हुन् जसमा अलिकति पनि लोभ गर्नु नरकमा जानु हो भनेर सिकाएका छन्। 

हामीले उच्च शिक्षा आर्जन गर्नु भनेकै राम्रो आर्थिक लाभ प्राप्त गर्नु हो भन्ने कुरा मात्र सिक्यौँ र सिकायौँ। जसको प्रभावले आर्थिक क्षमता, हैसियत हेरेर सम्बन्ध जोड्नतिर पुग्यौँ। त्यही सम्बन्ध र स्वार्थकै कारण बावुआमा, दाजुभाइ, दौँतरी, छरछिमेकबाट टाढा हुँदै गयौँ। र, त कमजोर देखिने आफ्नाहरूलाई बेवास्ता गर्यौँ, कमजोरलाई झन् कमजोर बनाउनुमा महान ठानिरह्यौँ। 

शिक्षाका कागजी प्रमाणपत्रले मनग्ये अर्थोपार्जन पनि गर्यौँन। तर चेतनायुक्त वा संस्कारयुक्त शिक्षा आर्जन नभएको हुँदा माथि उठ्न सकेनौं। प्राणहीन सुगारटाइको ज्ञानले भयावह अवस्था निम्त्यायो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

केही वर्षपछि नेपालमा यस्तो स्थितिको सामना गर्नुपर्ला, नेपालको बलियो जनशक्ति अधिकांश विदेशमा हुन्छन्। नेपालमा घर रुँघेर बसिरहेका वृद्धा बा आमा मात्र बाँकी रहनेछन्।

अहिले नेपालका राम्रा संस्कृति हराउँदै गएका छन्। पश्चिमा संस्कृतिले हाम्रा संस्कृतिमाथि प्रहार गरेका छन्। अब यसबारे पनि सोच्ने बेला आयो कि! 

मन भयो भने मानिस हुन्छ। मानव हुन मानवता चाहिन्छ। सही र गलत वा ठिक बेठीक छुट्याउन सक्ने भएर नै सारा प्राणीमा मान्छेलाई सर्वश्रेष्ठ मानियो। तर हामीमा त्यो सर्वश्रेष्ठता कति छ? यो सोचनीय विषय छ।

शास्त्रहरूकाअनुसार पूर्ण मानव हुन शिक्षा र संस्कारको आवश्यकता पर्दछ। शिक्षाले मात्रै व्यक्ति पूर्ण मान्छे बन्न सक्दैन। शिक्षा आर्जन गर्न सजिलो छ तर संस्कार आर्जन गर्न गाह्रो। शिक्षा मस्तिष्कको उपज हो भने संस्कार हृदयको उपज। बाहिर देखिने रूपभन्दा भित्री स्वरूपको महत्व बढी हुन्छ। जुन घरपरिवार वा समाजमा संस्कार हुँदैन त्यो घर वा समाज छिन्नभिन्न हुन्छ। 

आजको आधुनिक शिक्षा पद्धतिले हाम्रा स्कुलमा शिक्षा प्रदान गर्छन् संस्कार होइन। शिक्षा कमाइको परिभाषा धन पैसा कमाउनु मात्र होइन अनुभव, संस्कार, ईज्जत, मान, प्रतिष्ठा प्रेम र सम्बन्ध पनि कमाउनु हो। अर्थात शिर ठाडो पारेर हिँड्न सक्नु र आवश्यक पर्दा शीर झुकाउन जान्नु पनि त हो।

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  १९:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
यमराज तिमिल्सिना
लेखकबाट थप
संस्कारको अभाव भएको हाम्रो शिक्षा
सम्बन्धित सामग्री
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? म के कुरामा स्पष्ट छु भने सर्वोच्च अदालतमा सुनुवाइका लागि न्यायाधीश छनोट वा इजलास गठनको प्रक्रिया ‘मेकानिकल’ हुनुहुँदैन। शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
गगन थापाले भने– राजनीतिक यात्रामा धेरै पटक लडेको छु शुक्रबार, असोज ३०, २०८३
मतगणना सकियो, दसैँपछि हुने शपथग्रहणसँगै स्थानीय तह निर्वाचनमा होमिँदै गगन नेतृत्वको कांग्रेस शुक्रबार, असोज ३०, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, साढे १२ बजे बस्ने शुक्रबार, असोज ३०, २०८३
रास्वपाले खोल्यो नगरका उम्मेदवार बन्न इच्छुकका लागि आवेदन शुक्रबार, असोज ३०, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री पत्नी सविना काफ्लेको शल्यक्रिया, स्वास्थ्य अवस्था सामान्य बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्