• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत ३०, २०८२ Mon, Apr 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउनु ठिक कि बेठिक?

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, साउन २४, २०८०  १९:००
1140x725

काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर भित्रका सामुदायिक विद्यालयमा गठित विद्यालय व्यवस्थापन समिति (विव्यस)हरु भंग गरेको छ। गत असार ३० गते सम्पन्न काठमाडौं महानगरपालिकाको नगर सभाले विद्यालय व्यवस्थापन समिति भंग गर्ने निर्णय गरेको हो।

महानगरपालिकाले पुराना समितिलाई भंग गर्दै वडाध्यक्षलाई अध्यक्षको जिम्मेवारी तोक्ने निर्णय समेत गरेको छ। काठमाडौं महानगरपालिका भित्र ८९ वटा सामुदायिक विद्यालय रहेका छन्।

विव्यस भंग गर्ने नगर सभाको निर्णयप्रति सामुदायिक विद्यालयका प्रधानाध्यापकका साथै हालका व्यवस्थापन समितिका पदाधिकारीले असन्तुष्टि जनाएका छन्। महानगरपालिकाको उक्त निर्णयमा शिक्षाविद्लाई समेत चित्त बुझेको छैन।

शिक्षाविद् डा विद्यानाथ कोइरालाले नयाँ व्यवस्थापन समिति गठनको प्रक्रियामै गल्ती भएको बताए। नेपाल लाइभसँग कुरा गर्दै डा  कोइरालाले भने, ‘विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रियाबाट हेर्ने हो भने ठाडै गल्ती देखिन्छ। किनभने, समितिको अध्यक्ष अभिभावक नै हुनुपर्छ भन्ने व्यवस्था छ। वडाध्यक्षहरु अभिभावक होइन।’ अभिभावक भनेको आफ्ना छोराछोरी त्यहाँ पढाउने व्यक्तिलाई सम्झनु पर्ने व्यवस्था प्रष्ट भएकाले उहाँहरुलाई समितिले चिन्दैन। 

पालिकाको जिम्मेवारी हो भनेर मान्ने हो भने उनीहरुले निर्णय गर्न सक्ने तर आफैं जिम्मेवारीमा बस्न नसक्ने डा कोइरालाको भनाइ छ। न्यायिक ढंगले हेर्ने हो भने आफूले गरेको गल्तीको आफैंले सजाय भोग्नुपर्छ। त्यस हिसाबमा पनि वडाध्यक्षलाई विव्यसको अध्यक्ष बनाउने निर्णय गलत भएको उनको टिप्पणी छ।

यसअघि झापाको हल्दीबारी गाउँपालिकाले उक्त अभ्यास अपनाइसकेको बताउँदै शिक्षाविद् कोइरालाले उक्त निर्णय गलत भएको भन्दै पालिकाले सच्याएको दृष्टान्त बताए। विद्यालय व्यवस्थापन समितिको भन्दा पनि वडाध्यक्षको कामको जिम्मेवारी धेरै हुने भएकाले बालेन शाहको निर्णय उचित नभएको उनले बताए। 

‘जिम्मेवारीको हिसाबले ठिकै होला। तर न्याय हुँदैन। नीतिको हिसाबमा बेठिक हो। उहाँहरु अभिभावक नै होइन। तर अनुभवका हिसाबले सूर्य बिनायक नगरपालिकामा भने सकारात्मक देखिएको छ,’ उनले भने, ‘स्थानीय तहको जिम्मेवारी के हो भन्ने विषयमा ठूला कुराबाट सुरु गर्नुपर्ने हुन्छ। स्थानीय तहलाई  १२ क्लाससम्मको विद्यालय चलाउने जिम्मेवारी छ कि छैन भन्ने प्रश्न हो।’ संविधानको भाषामा पालिकाको जिम्मेवारी भए पनि शिक्षा नीतिको हिसाबले उसको जिम्मेवारी नभएको कोइरालाले बताए। 

उनले प्रश्न गरे, ‘राष्ट्रिय तहमा विकेन्द्रीकरण भनेको के? विकेन्द्रीकरणको नीति के हो? पालिका हो कि प्रदेश हो?’ उनले विकेन्द्रीकरण र संघीयताको वकालतका हिसाबले स्थानीय सरकारले काम गर्नु कुनै नौलो नभएको बताए। 
विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिँदा विद्यालयमा शिक्षक र वडाध्यक्षबीच द्वन्द्व बढ्ने उनको तर्क छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विभिन्न दलगत शिक्षक सम्बद्ध संघ/संगठनले पनि महानगरपालिकाले चालेको कदमप्रति विरोध जनाएका छन्। नेकपा माओवादी केन्द्र निकट शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले महानगरपालिकाले ल्याउन खोजेको नीति संघीय शिक्षा ऐन विपरीत भएको भन्दै विरोध जनाए।  

उनले भने, ‘संघीय शिक्षा ऐन आएको छैन। संघीय शिक्षा ऐन नआउँदासम्म संघीय शिक्षा ऐन नवौं संशोधनबाट चलिरहेको छ। त्यो शिक्षा ऐनमा पनि जनप्रतिनिधि वडाध्यक्ष होस् या जनप्रतिनिधिले तोकेको व्यक्ति विव्यसमा पदेन सदस्य हुने व्यवस्था छ। कानुनी हिसाबमा पनि वडाध्यक्ष विव्यस अध्यक्ष हुने व्यवस्था अवैधानिक छ।’

वडाध्यक्षको काम भनेको विद्यालय व्यवस्थापन समितिको अध्यक्षता मात्रै गर्ने नभई थुप्रै काम हुने भएकाले शैक्षिक गुणस्तरभन्दा पनि राजनीतिक हस्तक्षेप हुने आशंका उनले गरे। संघीय शिक्षा ऐन प्रतिकुल हुने गरी कानुन बनाउने छुट पालिकाहरुलाई नभएको उनको भनाइ छ।

नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरले पनि वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउन नहुने जिकिर गरिन्। उनले भनिन्, ‘नेपाल शिक्षक महासंघको स्पष्ट दृष्टिकोण भनेको विद्यार्थीका आमा, बुबा, बाजे, बज्यैमध्येबाट हुनुपर्छ भनेका छौं। राजनीतिक दलका मानिसहरुलाई व्यवस्थापन समितिको अध्यक्ष बनाएर यदि लगिन्छ भने त्यो स्कुलमा सोझै राजनीति प्रवेश गराएको भनेर हामी आरोप लगाउँछौं।’

नेपाल शिक्षक महासंघका पूर्वअध्यक्ष बाबुराम थापाले अहिलेको शिक्षा ऐन अनुसार वडाध्यक्षलाई विव्यस अध्यक्ष बनाउन नमिल्ने बताए। अध्यक्ष अभिभावक नै हुनुपर्छ भन्ने मान्यता भए पनि विद्यालय सुधारमा वडाध्यक्षको भूमिकालाई भने नाजायज भन्न नमिल्ने बताए। 

तर, काठमाडौं महानगरपालिकाको भने शिक्षाको गुणस्तर बनाउन र बजेट सदुपयोग गर्न अहिलेको निर्णय सही भएको दाबी छ। महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने, ‘विद्यालयको शैक्षिक गुणस्तर राम्रो होस्। हाम्रो जिम्मेवारी समेत बढोस्। शिक्षालाई अझै गुणस्तरीय बनाउन सकियोस्। बजेट सतप्रतिशत कार्यान्वयन होस्। निजी विद्यालयको गुणस्तरभन्दा कमी नहोस् भनेर यो निर्णय गरेका हौं।’

उनले  वडाध्यक्ष मात्रै नभई वडा सदस्यहरु समेत विव्यसको जिम्मेवारीमा रहने बताए। प्रवक्ता मानन्धरले १२८ जना वडा सदस्यहरु रहेको बताउँदै वडाध्यक्षले वडासदस्यलाई जिम्मेवारी तोक्ने बताए।

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  १९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
शिक्षामन्त्री पोखरेलसँग २४ करोड बढीको सम्पत्ति, करोडौँका घरजग्गा आइतबार, चैत २९, २०८२
अर्थमन्त्री वाग्लेको घर र अपार्टमेन्ट ४ वटा, विभिन्न ठाउँमा २२ रोपनी जग्गा आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
गृहमन्त्री गुरुङसँग धिताेपत्रमा कारोबार हुनेमात्रै २ करोड ७४ लाखको शेयर, ८९ तोला सुन आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
अमेरिकाको अत्यधिक मागका कारण वार्ता निष्कर्षमा पुग्न नसकेको इरानको दाबी आइतबार, चैत २९, २०८२
मन्त्री सीता वादीको सम्पत्ति : २० वटा कुखुरा र एउटा कुकुर आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री वालेन्द्र शाहसहित नेताहरूलाई गाली गरेको आरोपमा युट्युबर रोशन पोखरेल पक्राउ आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्