• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सहृदयी र आत्मीय चिनियाँलाई भेट्दा

कालिका खड्का सोमबार, साउन १५, २०८०  १३:०१
1140x725

चीन- आहा १ कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरू। जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने। चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी। 

'यति व्यवस्थित र सुन्दर कसरी भयो होला?' यात्रामा सँगै सहभागी मित्र कमलमणि गौतमले आफ्नो मनको कौतुहता व्यक्त गर्दै भने, 'अद्भूत विकास, नेपाललाई यस्तै कहिले बनाउने होला?' उनको प्रश्नमा अनायास अर्का मित्र धुव्र भण्डारी (विश्व) ले थपे 'पैसाभन्दा पनि देश नेतृत्व गर्नेको ‘भिजन’ हो, यहाँको नेतृत्वको ध्यान प्रकृतिमैत्री विकास केन्द्रित देखिन्छ।'

china31690788684.jpg

ठूल्ठूला सहरका विशाल संरचना तर मानिसहरू कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। तर यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो। तर चिनियाँ भाषा नजान्ने भएपछि सोधिहाल्ने कुरा पनि भएन। कौतुहलता मनमै रह्यो। 

गत जेठ २१ गतेदेखि असार १२ गतेसम्म चीनको हन्जाउ सहरमा आयोजित ‘विकासशील देशहरूको आर्थिक निर्माण र हरित दीगो विकास’ विषयक गोष्ठीमा भाग लिन जाँदा यस्तै धेरै सवालहरू मनमा आए।

एक दिन साँझ (जेठ २६ गते) बाहिर निस्कियौँ। गोष्ठीमा सहभागी हुन आउनुभएका म्यासेडोनियाका पूर्वसांसद टोडोर पेट्रोभले भने, 'वाउ! कम्युनिष्ट राष्ट्रको विकास देखेर अचम्म लाग्यो, यो देश यति सम्पन्न, सुन्दर र यति भव्य होला भन्ने लागेको थिएन।' उनले आफ्नो देशको अवस्थाबारे सुनाए। उनको देश र र नेपालको अवस्था मिल्दोजुल्दो रहेछ।

उनले चासोपूर्वक नेपालबारे सोधे। मैले नेपालको राजनीतिबाहेक अन्य विषयमा केही जानकारी दिने प्रयास गरे। नेपाल सानो तर सुन्दर राष्ट्र भएको सुनाएँ। विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्ध नेपालमा जन्मिएको, नेपालका चर्चित हिमालको वर्णन गरेँ। 

मैले धेरै जिज्ञाशा उनकै देशबारे राखेँ। उनले भने, 'बहुराजनीतिक दल, अस्थिर सरकार, विकासभन्दा सरकार बनाउन र सत्ता टिकाउनकै ध्यान छ म्यासेडोनियामा, आफ्नो देश विकास भएको हेर्न मन छ।' उनका कुराले मलाई पनि आफ्नो देशको अवस्थासँग मिल्दोजुल्दो लाग्यो। हल्का पानी परिरहेको थियो। वरिपरिका रुखका पातहरू हल्लिरहेको वातावरण नियाल्दै पेट्रोभले थपे, 'साँच्चै हरेक कुरा कति व्यवस्थित छ यहाँ।' 

Ncell 2
Ncell 2
nimb
nimb

हन्जाउ शहरको सुन्दरता साँच्चै मनमोहक छ। अरु विकसित देशमा पनि भौतिक पूर्वाधार र सूचना प्रविधिको अत्याधिक विकास छ। त्यसका साथै प्राकृतिक सुन्दरता र हरियाली पनि उत्तिकै मन लोभ्याउने खालको छ। 

एउटा रोचक प्रसङ्ग, चिनियाँ बालबालिकासँग सङ्ग्रहालय घुम्ने कार्यक्रम थियो। नेपाली देख्नेबित्तिकै चिनियाँ बच्चाले चिन्ने रहेछन्। एक सात/आठ वर्षको चिनियाँ बालकले नेपाली भण्डा देखाउँदै मलाई झण्डामुनि हस्ताक्षर गर्न कलम थमाइ दिए। मैले हेरेँ। त्यहाँ धेरै देशमा झण्डाहरू थिए। गोष्ठीमा १७ देशमा ३३ जना सहभागी थियौँ। यतिका धेरै मानिसमा ठ्याक कसरी नेपाली नै हो भनेर चिनेको होला भनेर मलाई त्यो पल रमाइलो लाग्यो। मैले हस्ताक्षर गरेँ। उनीजस्तै तीन/चार जनाले बच्चाले नेपाली झण्डा देखाएर हस्ताक्षर गर्न भने। आफ्नो झण्डा देख्दा रमाइलो लाग्यो। 

गोष्ठीमा अध्ययनका साथसाथै घुम्न जाने कार्यतालिका थियो। हन्जाउ सहरको वेस्ट लेक (पश्चिम ताल) घुम्न गयौँ। कञ्चन पानी, सफा देखेर मुगुको रारा तालको सम्झना आयो। त्यो ताल चीन पुगेका मानिसका लागि अवलोकन गर्न निकै सुन्दर र प्रसिद्ध मानिदो रहेछ। प्राकृतिक सौन्दर्य मन लोभ्याउने खालको छ। धेरै मानिसहरू अवलोकन गर्न आउने गरेको भेटियो। प्राचीन मन्दिरहरू, सुन्दर बगैंचा, चारैतिर हरियाली बीचमा ताल जो कोहीलाई त्यहाँ पुग्दा आनन्द लाग्छ। 

china41690788752.jpg

Xtrem

Xtrem

गोष्ठी हन्जाउ सहरमा आयोजना भएको थियो। यो पछिल्लो समयमा विकास भएको सहर भएपनि भौतिक, सूचना प्रविधिको अधिक विकास छ। साथै, पुरै सहर फूल र हरियाली छ। नेपाल-चीन हिमालयमैत्री समाजका महासचिव रिनन पोखरेलले गोष्ठीमा जानुअघि भनेका थिए, 'पछिल्लो समयमा विकास भएको सहर हो। सुन्दरता र हरियालीको नाममा चिनिन्छ।' साँच्चै सुन्दरताको वयान गरेर सकिन्न। जताततै फूल नै फूल। हेर्ने बित्तिकै प्रायः सबैले मुखबाट आउने एउटै शब्द ‘आहा! कति सुन्दर।’ 

गोष्ठीकै क्रममा सिल्क सङ्ग्रहालय घुम्ने अवसर मिल्यो। त्यो सङ्ग्रहालयमा ऐतिहासिक कला, संस्कृति, चालचालनसम्बन्धी धेरै कुराहरू राखिएका थिए। सङ्ग्रहालयमा प्राचीन र समृद्ध संस्कृति, ऐतिहासिक वस्तुहरू, कला, विज्ञान, र विविधतासम्मका वस्तुहरूको सङ्ग्रह गरिएको छ। 

चीनको सङ्घाई सहर आर्थिक केन्द्रको ठूलो सहर हरेक कुरामा अत्यन्तै समृद्ध छ। त्यहाँ पुग्दा धेरै विदेशी पर्यटक देखिन्थ्यो। साँझमा लेकसाइडमा झिलीमिली बीचमा सुन्दर ताल देख्दा फेवातालमा साँझको समयमा घुमेको सम्झना आयो। उनीहरूको सजावट, संरचना र सरसफाई भने विशेष खालको छ। 

चीन जानुअघि खानाबारे निकै चर्चा गरेको सुनेको थिए। त्यहाँ कुकुर, गाई, सुँघुरको मासु खाइन्छ भनेर। जे खानामा पनि गाईको मासु मिसाएको हुन्छ भन्ने। मनमा कस्तो होला जस्तो लागेको थियो। ‘सी फुड’ खाने बानी छैन। त्यो चाहिँ हातै हाल्न सकिन्न होला जस्तो लागेको थियो। तर खानाका परिकारहरू धेरै राखिएका कारणले खास अरुले भने झैं असजिलो  महसुुस भएन। खाना समय निश्चित हुन्थ्यो। उसिनेका मकै, तरुल, साग, माछा यस्तै धेरै परिकार थिए, जुन मेरा लागि उपयोगी रहे। 

चीनमा १८ दिन बस्दा सादा खानामा उत्सव नै मनाएँ। हन्जाउ सहरको टोङ्गी भोकेस्नल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी विभागमा गोष्ठीको स्थान थियो। कलेजकै हजारौँले खाना खाने ठाउँ थियो। मित्रद्वय गौतम र भण्डारीलाई खाना एउटै सादा खालको महसुस भएको थियो। हामी नेपाली केही चिल्लो र मसलादार खाना खाएर हुर्किएका। खाना खाँदै गर्दा एकदिन भण्डारीले भने, 'कहिले नेपाल पुगेर गुन्दु्रक र भात खाउँजस्तो लागेको छ, यो उसिनेको न अमिलो, न पिरो खाना खादा खादा दिक्क भइयो।'  त्यसमाथि थप्दै भण्डारीले थपे, 'मलाई त नेपालको मःमको याद आयो, नेपाल पुग्ने बित्तिकै मःम खान्छु।' 

गोष्ठीमा ‘ग्रिन टी’ राखिएको हुन्थ्यो। चीनमा दूध हालेको चिया वा कालो चिया खाएको कतै देखिएन तर ग्रिन टी भने प्रायः सबैले खाइरहेको देखियो। एकदिन मैले प्रसङ्गवश झेजिङ प्रान्तको स्वतन्त्र व्यापार विकास बोर्डका प्रशिक्षण विभाग प्रमुख शेङ यानपिङलाई चीनमा ग्रिन टी मात्र खाइन्छ? भनेर सोधेँ। उत्तरमा उनले भने, 'चीनमा ग्रिन टी प्रसिद्ध छ, यहाँ उत्पादन गरेको ग्रिन टी आफूलाई खपत भएर पनि धेरै देशमा बेचिन्छ।' उनी नेपालीलाई देख्दै बित्तिकै छिमेकी भनेर मुसुक्क हाँसेर अभिवादन गर्थे।

china11690788840.jpg

केही समस्या पर्‍यो भने स्वयम सेवक पनि थिए टोयवास र पेनी। उनीहरू असाध्यै अबोध बालक झैँ लाग्दथे। आफ्नै भाइ बहिनीजस्ता। त्यही कलेजमा पढेर केही समय स्वयम्सेवकका रुपमा काम गर्नुपर्ने नियमअनुसार उनीहरू कलेजमा आउँथे। उनीहरू कामप्रति अत्यन्तै इमान्दार थिए। उनीहरू समयप्रति अति नै चनाखो हुन्थे। पेनीले औंलामा एकजोर चपस्टिक च्यापेर सबै खाना खान्थिन। काँडा भएका माछा पनि काडालाई जिब्रोले नै छान्ने। हेर्दा रमाइलो लाग्ने। भातको सीता पनि चपस्टिक च्यापेर खाने। यसमा बानी नपरेका हामीलाई निकै असजिलो। एक/दुई पटक मलाई पनि सिकाइन्। चीनको खाद्य संस्कृति प्राचीन नै छ। वास्तवमा यसले चिनियाँ संस्कार र संस्कति जोगाइराखेको छ। 

चीन बसाइकै क्रममा एकदिन साथीहरू मिलेर हन्जाउकै चर्चित बजार सिटिजन सेन्टर जाने कुरा भयो। त्यहाँका ट्याक्सीमा इ-पेमेन्ट गर्नुपर्ने तर हामीसँग त्यो सुविधा थिएन। एक चिनियाँ महिलाले ट्क्यासी ‘बुक’ गरेर पठाइन्। तर, पैसा तिरिदिने ती ब्युटिसियन चिनियाँ महिलाले ट्याक्सीवालालाई दिएको स्थान फरक परेछ। ट्याक्सीले छाडेर गयो। तर ठाउँमा फरक परेछ। घानाका तीन साथी र नेपाली दुई जना थियौँ। चिनियाँहरूले अङ्ग्रेजी नबुझ्ने। एक प्रकारको समस्यामा परियो। 

अनि मित्र विश्वले ट्रान्सलेसन एप खोलेर अङ्ग्रेजीमा बोल्दै चिनियाँ भाषामा अनुवाद गरेर एउटा ट्याक्सीलाई सहयोग गर्न आग्रह गरे। उनले हाम्रो आग्रहलाई सहजै स्वीकार गरे। ट्वाक्सीमा राखेर उक्त स्थानमा पुर्‍याइदिए। क्यास पैसा लिन अनुरोध गर्‍यौँ। हामीसँग डिजिटल पैसा हुने कुरा भएन। उनले पैसा लिन मानेन्। भने, 'केही छैन, मैले छिमेकी राष्ट्रका मित्रहरूलाई सहयोग गर्न पाएँ, त्यही खुशी लाग्यो।'

सुरुमा ट्याक्सी बोलाउने ब्युटिसिएनले पनि हामीसँग पैसा लिन मानिनन्। उनले भनेको अहिले पनि ताजै छ, 'आफ्नो देशमा आएका पाहुनाहरूलाई स–सानो सहयोग गर्न पाउँदा  खुशी लाग्छ, तपाईंहरू हाम्रो पाहुना हो।' चिनियाँहरूमा रहेको इमान्दारिता र सहृदयतालाई कहिल्यै बिर्सन सक्दिनँ। -रासस

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै
सम्बन्धित सामग्री
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउको तरिका गलत हो भन्नेमा दुईमत छैन। सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
ताजा समाचारसबै
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढी अपडेट: १ हजार ४ सय ५७ जनाको शव फेला बुधबार, असोज २१, २०८३
जसपा नेपालको केन्द्रीय समिति बैठक बस्दै बुधबार, असोज २१, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक बुधबार, असोज २१, २०८३
आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सशस्त्रका एआईजी वंशीमाथि छानबिनको जिम्मा अर्का एआईजी अन्जनीलाई मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्