• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ १४, २०८२ Wed, Jan 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

सहृदयी र आत्मीय चिनियाँलाई भेट्दा

कालिका खड्का सोमबार, साउन १५, २०८०  १३:०१
1140x725

चीन- आहा १ कति सुन्दर सहर, जताततै फूलैफूलको मनमोहक दृश्य, सुन्दर, शान्त, विशाल भवनहरू। जताततै हरियाली सफा चट्ट, झट्ट हेर्ने बित्तिकै मनमा आनन्दको तरङ्ग पैदा हुने। चीनको गन्जाउ हुँदै हन्जाउ सहरमा पुग्दा देखिएका दृश्य हुन यी। 

'यति व्यवस्थित र सुन्दर कसरी भयो होला?' यात्रामा सँगै सहभागी मित्र कमलमणि गौतमले आफ्नो मनको कौतुहता व्यक्त गर्दै भने, 'अद्भूत विकास, नेपाललाई यस्तै कहिले बनाउने होला?' उनको प्रश्नमा अनायास अर्का मित्र धुव्र भण्डारी (विश्व) ले थपे 'पैसाभन्दा पनि देश नेतृत्व गर्नेको ‘भिजन’ हो, यहाँको नेतृत्वको ध्यान प्रकृतिमैत्री विकास केन्द्रित देखिन्छ।'

china31690788684.jpg

ठूल्ठूला सहरका विशाल संरचना तर मानिसहरू कतै देखिएनन्, सडकमा फाट्टफुट्ट गाडी भने गुडेका थिए। तर यत्रो सहरमा बस्ने मानिस कहाँ होलान् भन्ने मनमा सामान्य जिज्ञासा झट्ट आयो। तर चिनियाँ भाषा नजान्ने भएपछि सोधिहाल्ने कुरा पनि भएन। कौतुहलता मनमै रह्यो। 

गत जेठ २१ गतेदेखि असार १२ गतेसम्म चीनको हन्जाउ सहरमा आयोजित ‘विकासशील देशहरूको आर्थिक निर्माण र हरित दीगो विकास’ विषयक गोष्ठीमा भाग लिन जाँदा यस्तै धेरै सवालहरू मनमा आए।

एक दिन साँझ (जेठ २६ गते) बाहिर निस्कियौँ। गोष्ठीमा सहभागी हुन आउनुभएका म्यासेडोनियाका पूर्वसांसद टोडोर पेट्रोभले भने, 'वाउ! कम्युनिष्ट राष्ट्रको विकास देखेर अचम्म लाग्यो, यो देश यति सम्पन्न, सुन्दर र यति भव्य होला भन्ने लागेको थिएन।' उनले आफ्नो देशको अवस्थाबारे सुनाए। उनको देश र र नेपालको अवस्था मिल्दोजुल्दो रहेछ।

उनले चासोपूर्वक नेपालबारे सोधे। मैले नेपालको राजनीतिबाहेक अन्य विषयमा केही जानकारी दिने प्रयास गरे। नेपाल सानो तर सुन्दर राष्ट्र भएको सुनाएँ। विश्वको सर्वोच्च शिखर सगरमाथा, भगवान गौतम बुद्ध नेपालमा जन्मिएको, नेपालका चर्चित हिमालको वर्णन गरेँ। 

मैले धेरै जिज्ञाशा उनकै देशबारे राखेँ। उनले भने, 'बहुराजनीतिक दल, अस्थिर सरकार, विकासभन्दा सरकार बनाउन र सत्ता टिकाउनकै ध्यान छ म्यासेडोनियामा, आफ्नो देश विकास भएको हेर्न मन छ।' उनका कुराले मलाई पनि आफ्नो देशको अवस्थासँग मिल्दोजुल्दो लाग्यो। हल्का पानी परिरहेको थियो। वरिपरिका रुखका पातहरू हल्लिरहेको वातावरण नियाल्दै पेट्रोभले थपे, 'साँच्चै हरेक कुरा कति व्यवस्थित छ यहाँ।' 

Ncell 2
Ncell 2

हन्जाउ शहरको सुन्दरता साँच्चै मनमोहक छ। अरु विकसित देशमा पनि भौतिक पूर्वाधार र सूचना प्रविधिको अत्याधिक विकास छ। त्यसका साथै प्राकृतिक सुन्दरता र हरियाली पनि उत्तिकै मन लोभ्याउने खालको छ। 

एउटा रोचक प्रसङ्ग, चिनियाँ बालबालिकासँग सङ्ग्रहालय घुम्ने कार्यक्रम थियो। नेपाली देख्नेबित्तिकै चिनियाँ बच्चाले चिन्ने रहेछन्। एक सात/आठ वर्षको चिनियाँ बालकले नेपाली भण्डा देखाउँदै मलाई झण्डामुनि हस्ताक्षर गर्न कलम थमाइ दिए। मैले हेरेँ। त्यहाँ धेरै देशमा झण्डाहरू थिए। गोष्ठीमा १७ देशमा ३३ जना सहभागी थियौँ। यतिका धेरै मानिसमा ठ्याक कसरी नेपाली नै हो भनेर चिनेको होला भनेर मलाई त्यो पल रमाइलो लाग्यो। मैले हस्ताक्षर गरेँ। उनीजस्तै तीन/चार जनाले बच्चाले नेपाली झण्डा देखाएर हस्ताक्षर गर्न भने। आफ्नो झण्डा देख्दा रमाइलो लाग्यो। 

गोष्ठीमा अध्ययनका साथसाथै घुम्न जाने कार्यतालिका थियो। हन्जाउ सहरको वेस्ट लेक (पश्चिम ताल) घुम्न गयौँ। कञ्चन पानी, सफा देखेर मुगुको रारा तालको सम्झना आयो। त्यो ताल चीन पुगेका मानिसका लागि अवलोकन गर्न निकै सुन्दर र प्रसिद्ध मानिदो रहेछ। प्राकृतिक सौन्दर्य मन लोभ्याउने खालको छ। धेरै मानिसहरू अवलोकन गर्न आउने गरेको भेटियो। प्राचीन मन्दिरहरू, सुन्दर बगैंचा, चारैतिर हरियाली बीचमा ताल जो कोहीलाई त्यहाँ पुग्दा आनन्द लाग्छ। 

china41690788752.jpg

गोष्ठी हन्जाउ सहरमा आयोजना भएको थियो। यो पछिल्लो समयमा विकास भएको सहर भएपनि भौतिक, सूचना प्रविधिको अधिक विकास छ। साथै, पुरै सहर फूल र हरियाली छ। नेपाल-चीन हिमालयमैत्री समाजका महासचिव रिनन पोखरेलले गोष्ठीमा जानुअघि भनेका थिए, 'पछिल्लो समयमा विकास भएको सहर हो। सुन्दरता र हरियालीको नाममा चिनिन्छ।' साँच्चै सुन्दरताको वयान गरेर सकिन्न। जताततै फूल नै फूल। हेर्ने बित्तिकै प्रायः सबैले मुखबाट आउने एउटै शब्द ‘आहा! कति सुन्दर।’ 

गोष्ठीकै क्रममा सिल्क सङ्ग्रहालय घुम्ने अवसर मिल्यो। त्यो सङ्ग्रहालयमा ऐतिहासिक कला, संस्कृति, चालचालनसम्बन्धी धेरै कुराहरू राखिएका थिए। सङ्ग्रहालयमा प्राचीन र समृद्ध संस्कृति, ऐतिहासिक वस्तुहरू, कला, विज्ञान, र विविधतासम्मका वस्तुहरूको सङ्ग्रह गरिएको छ। 

चीनको सङ्घाई सहर आर्थिक केन्द्रको ठूलो सहर हरेक कुरामा अत्यन्तै समृद्ध छ। त्यहाँ पुग्दा धेरै विदेशी पर्यटक देखिन्थ्यो। साँझमा लेकसाइडमा झिलीमिली बीचमा सुन्दर ताल देख्दा फेवातालमा साँझको समयमा घुमेको सम्झना आयो। उनीहरूको सजावट, संरचना र सरसफाई भने विशेष खालको छ। 

चीन जानुअघि खानाबारे निकै चर्चा गरेको सुनेको थिए। त्यहाँ कुकुर, गाई, सुँघुरको मासु खाइन्छ भनेर। जे खानामा पनि गाईको मासु मिसाएको हुन्छ भन्ने। मनमा कस्तो होला जस्तो लागेको थियो। ‘सी फुड’ खाने बानी छैन। त्यो चाहिँ हातै हाल्न सकिन्न होला जस्तो लागेको थियो। तर खानाका परिकारहरू धेरै राखिएका कारणले खास अरुले भने झैं असजिलो  महसुुस भएन। खाना समय निश्चित हुन्थ्यो। उसिनेका मकै, तरुल, साग, माछा यस्तै धेरै परिकार थिए, जुन मेरा लागि उपयोगी रहे। 

चीनमा १८ दिन बस्दा सादा खानामा उत्सव नै मनाएँ। हन्जाउ सहरको टोङ्गी भोकेस्नल कलेज अफ साइन्स एण्ड टेक्नोलोजी विभागमा गोष्ठीको स्थान थियो। कलेजकै हजारौँले खाना खाने ठाउँ थियो। मित्रद्वय गौतम र भण्डारीलाई खाना एउटै सादा खालको महसुस भएको थियो। हामी नेपाली केही चिल्लो र मसलादार खाना खाएर हुर्किएका। खाना खाँदै गर्दा एकदिन भण्डारीले भने, 'कहिले नेपाल पुगेर गुन्दु्रक र भात खाउँजस्तो लागेको छ, यो उसिनेको न अमिलो, न पिरो खाना खादा खादा दिक्क भइयो।'  त्यसमाथि थप्दै भण्डारीले थपे, 'मलाई त नेपालको मःमको याद आयो, नेपाल पुग्ने बित्तिकै मःम खान्छु।' 

गोष्ठीमा ‘ग्रिन टी’ राखिएको हुन्थ्यो। चीनमा दूध हालेको चिया वा कालो चिया खाएको कतै देखिएन तर ग्रिन टी भने प्रायः सबैले खाइरहेको देखियो। एकदिन मैले प्रसङ्गवश झेजिङ प्रान्तको स्वतन्त्र व्यापार विकास बोर्डका प्रशिक्षण विभाग प्रमुख शेङ यानपिङलाई चीनमा ग्रिन टी मात्र खाइन्छ? भनेर सोधेँ। उत्तरमा उनले भने, 'चीनमा ग्रिन टी प्रसिद्ध छ, यहाँ उत्पादन गरेको ग्रिन टी आफूलाई खपत भएर पनि धेरै देशमा बेचिन्छ।' उनी नेपालीलाई देख्दै बित्तिकै छिमेकी भनेर मुसुक्क हाँसेर अभिवादन गर्थे।

china11690788840.jpg

केही समस्या पर्‍यो भने स्वयम सेवक पनि थिए टोयवास र पेनी। उनीहरू असाध्यै अबोध बालक झैँ लाग्दथे। आफ्नै भाइ बहिनीजस्ता। त्यही कलेजमा पढेर केही समय स्वयम्सेवकका रुपमा काम गर्नुपर्ने नियमअनुसार उनीहरू कलेजमा आउँथे। उनीहरू कामप्रति अत्यन्तै इमान्दार थिए। उनीहरू समयप्रति अति नै चनाखो हुन्थे। पेनीले औंलामा एकजोर चपस्टिक च्यापेर सबै खाना खान्थिन। काँडा भएका माछा पनि काडालाई जिब्रोले नै छान्ने। हेर्दा रमाइलो लाग्ने। भातको सीता पनि चपस्टिक च्यापेर खाने। यसमा बानी नपरेका हामीलाई निकै असजिलो। एक/दुई पटक मलाई पनि सिकाइन्। चीनको खाद्य संस्कृति प्राचीन नै छ। वास्तवमा यसले चिनियाँ संस्कार र संस्कति जोगाइराखेको छ। 

चीन बसाइकै क्रममा एकदिन साथीहरू मिलेर हन्जाउकै चर्चित बजार सिटिजन सेन्टर जाने कुरा भयो। त्यहाँका ट्याक्सीमा इ-पेमेन्ट गर्नुपर्ने तर हामीसँग त्यो सुविधा थिएन। एक चिनियाँ महिलाले ट्क्यासी ‘बुक’ गरेर पठाइन्। तर, पैसा तिरिदिने ती ब्युटिसियन चिनियाँ महिलाले ट्याक्सीवालालाई दिएको स्थान फरक परेछ। ट्याक्सीले छाडेर गयो। तर ठाउँमा फरक परेछ। घानाका तीन साथी र नेपाली दुई जना थियौँ। चिनियाँहरूले अङ्ग्रेजी नबुझ्ने। एक प्रकारको समस्यामा परियो। 

अनि मित्र विश्वले ट्रान्सलेसन एप खोलेर अङ्ग्रेजीमा बोल्दै चिनियाँ भाषामा अनुवाद गरेर एउटा ट्याक्सीलाई सहयोग गर्न आग्रह गरे। उनले हाम्रो आग्रहलाई सहजै स्वीकार गरे। ट्वाक्सीमा राखेर उक्त स्थानमा पुर्‍याइदिए। क्यास पैसा लिन अनुरोध गर्‍यौँ। हामीसँग डिजिटल पैसा हुने कुरा भएन। उनले पैसा लिन मानेन्। भने, 'केही छैन, मैले छिमेकी राष्ट्रका मित्रहरूलाई सहयोग गर्न पाएँ, त्यही खुशी लाग्यो।'

सुरुमा ट्याक्सी बोलाउने ब्युटिसिएनले पनि हामीसँग पैसा लिन मानिनन्। उनले भनेको अहिले पनि ताजै छ, 'आफ्नो देशमा आएका पाहुनाहरूलाई स–सानो सहयोग गर्न पाउँदा  खुशी लाग्छ, तपाईंहरू हाम्रो पाहुना हो।' चिनियाँहरूमा रहेको इमान्दारिता र सहृदयतालाई कहिल्यै बिर्सन सक्दिनँ। -रासस

प्रकाशित मिति: सोमबार, साउन १५, २०८०  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
सीके राउत, खगेन्द्र सुनार र निशा अधिकारीलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण बुधबार, माघ १४, २०८२
जेनजी आन्दोलनमा गोली चलाउने आदेश नदिएको ओलीको दाबी बुधबार, माघ १४, २०८२
बाबु–छोराको झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु बुधबार, माघ १४, २०८२
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्काशित बुधबार, माघ १४, २०८२
ट्वान्टी-२० विश्वकपको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्सबाट बुधबार, माघ १४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण मंगलबार, माघ १३, २०८२
यातायात कार्यालय चाबहिलमा अख्तियारको छापा, कार्यालय प्रमुखसहित २५ जनाको मोबाइल बरामद मंगलबार, माघ १३, २०८२
युवराज सफल पक्राउ मंगलबार, माघ १३, २०८२
टेरामक्स प्रकरण :  माेहन बस्नेतको भ्रष्टाचार मुद्दामा विज्ञ टोली गठन, प्राविधिक परीक्षण गरेर प्रतिवेदन पेस गर्न आदेश मंगलबार, माघ १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बागमतीमा गिता देवकोटा र प्रेम प्रसाद दंगाल विजयी आइतबार, माघ ११, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे शुक्रबार, माघ ९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्