काठमाडौं– बैंक तथ वित्तिय संस्थाबाट २५ लाखभन्दा बढी ऋण लिनु परेमा स्थायी लेखा नम्बर अनिवार्य चाहिने भएको छ। नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशनमा उक्त कुरा उल्लेख छ।
गत आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिको कार्यान्वयनका लागि राष्ट्र बैंकले निर्देशन दिएको हो।
‘बैंक तथा वित्तीय संस्थाहरुले छुट्टा छुट्टै वा एकमुस्ट गरी २५ लाख वा सोभन्दा बढी रकमको कर्जा कुनै व्यक्तिलाई प्रवाह गर्नु परेमा त्यस्तो व्यक्तिले अनिवार्य रुपमा स्थायी लेखा नम्बर लिएको हुनुपर्छ,’ निर्देशिनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।