काठमाडौं– मौद्रिक नीतिमार्फत् डलर सटहिमा लचिलो भएको नेपाल राष्ट्र बैंकले ‘क’ र ‘ख’ वर्गका बैंकहरुलाई सोही अनुरुपको परिपत्र गरेको छ। गत आइतबार राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् विदेश जाने नेपाली रहादानी बाहकलाई एक आर्थिक वर्षमा बढीमा २५ सय डलरसम्म डलर बोक्न दिने नीति अख्तियार गरेको थियो।
सोही नीतिअनुसार राष्ट्र बैंकले शुक्रबार ‘क’ र ‘ख’ वर्गका बैंकहरुलाई परिपत्र गरेको हो।
‘भारत बाहेक अन्य मुलुकहरुको भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापत प्रतिपटक अमेरिकी डलर २५०० वा सो बरोबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही दिन सकिनेछ,’ परिपत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।