• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, चैत २०, २०८२ Fri, Apr 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

गरे के हुँदैन? च्याउ उद्यमी युवाको लोभलाग्दो श्रम

64x64
नेपाल लाइभ मंगलबार, भदौ १९, २०७५  २३:२०
1140x725

सुनसरी– इटहरी चोकदेखि निजी सवारीमा करिब २० मिनेट र विराटनगरबाट पनि त्यति नै अवधिको ड्राइभिङमा पुगिन्छ मोरङको बुढीगंगा गाउँपालिका। त्यहाँँ पुग्ने जो कोहीले पनि नयाँ रिसोर्ट हो कि? भनेर आँखा लगाउने ठाउँ बनेको छ, नेपाल च्याउ उद्योग।

परालले वरिपरि बारेको र खरले छाएका चिटिक्क परेका टहराहरूका छेउमै फुलबारी पुगेको छ। हेर्दा रिसोर्टजस्तो लाग्ने नेपाल च्याउ उद्योग नेपाल दाजुभाइले सञ्चालन गरेको आकर्षक पनि उतिकै छ। 

नेपाल च्याउ उद्योगका सरोज नेपालको दैनिकी बिहान ४ बजेबाट सुरु हुन्छ। सबेरैको योग र ध्यानपछि उनी डोको बोकेर निस्कन्छन् च्याउ टिप्न। करिब एक घन्टा उनलाई कटेजमा। त्यसपछि टिपेको च्याउ पोको पार्न अरु एक घन्टा। सरोजका दुई जना भाइ छन्। सुरज र जीवन। पोको पारेको च्याउ बाइकमा बाँधेर जीवन विराटनगर हुइकिन्छन् भने जीवन इटहरी जान्छन्। फर्कँदा अघिल्लो दिनको च्याउको पैसा लिएर आउँछन्। 

२०७१ सालमा २१ वर्षकै उमेरमा रोजगारीका लागि संयुक्त अरब इमिरेटस् हानिएका थिए सरोज। पारिवारिक आम्दानी नभएकाले उनकै कमाइमा निर्भर थियो परिवार। केही समय विदेश बस्ने र त्यही कम्पनीमा भाइलाई बोलाउने योजनामा विदेश हानिएका थिए उनी। 

तर उनले भाइलाई बोलाउन नै नपाई भाइले नै उनलाई नेपाल बोलाए। भाइले च्याउको बीउ उत्पादन गर्ने सीप सिकिसकेका रहेछन्। भाइले बारम्बार कर गरेर बोलाएपछि संकोच मान्दै ३ महिना नपुग्दै सरोज नेपाल फर्किए। 

‘केयर गिभरको’ कामबाट मासिक ५० हजार थाप्दै आएका परिवार राम्रै चल्ने आशा पलाएको थियो उनमा। त्यति राम्रो काम छोडेर आएको भन्दा धेरैले त पागल नै भने। उनी भन्छन् ‘गाउँघरमा मेरै उदाहरण दिएर सरोजजस्तो चाहिँ नबन्नु है, पनि भन्ने गर्थे’। 

‘पानीमा सातु नमिसाउनु, मिसाएपछि खान लाज नमान्नु’ भनेझैँ उनले पनि काम गर्नैपर्ने भयो। ‘नेपाल च्याउ उद्योग’ नामको फर्म दर्ता गरे। गछीया चोकमा एउटा कोठा भाडामा लिएर च्याउको बीउ उत्पादनको काम सुरु गरे। त्यही उद्योगमा लगानी गर्न भनी सहकारीबाट लिइएको २ लाख ऋण र विदेशबाट ल्याएको १ लाख गरी जम्मा ३ लाख रुपैयाँ लिएर काम सुरु गरे। सुरुमा च्याउको बीउ उत्पादन गर्न प्रयोग हुने केमिकल पाउनै समस्या व्यहोरे। एकातिर पैसा डुब्यो अर्कोतिर हुँदाछँदाको विदेशको आम्दानी पनि गुम्यो। अब झन् डुबियो भन्ने उनलाई लाग्यो।

nimb
nimb
Ncell 2
Ncell 2

तर हार मानेनन् उनले। थप सिक्न भाइलाई काठमाडौँ पठाए। नयाँ प्रविधिको बारेमा सिकेर भाई फेरी काममा फर्किए। केही समयपछि सुधार हुन थाल्यो। च्याउको बीउ उत्पादन हुन थाल्यो। तर बजार बनाउन धेरै समस्या व्यहोरे। नेपाली बीउ भनेपछि मान्छेहरू झस्किन्थे। करीव ६ महिना गछियामा बीउ उत्पादन गरेपछि बजार खोज्न इटहरी सरे। इटहरीमा पनि चर्को भाडा तिर्नुपर्ने भएपछि उद्योग नै बन्द गर्नुपर्ने अवस्था आयो। उद्योग बन्द गरेपछि कुरा काट्नेहरु मौलाए। समाजका कसैसँग पनि भेट्न मन लाग्न छोड्यो उनलाई। ऋण थपिँदै थियो। आम्दानी थिएन।  

कुनै विकल्प नभएपछि जम्मा भएको धान फल्ने तीन कट्ठा खेत र एक हल गोरु बेचेर ऋण तिरे। धेरै दुःख कष्ट गर्नुपरेको बताउने सरोज विगतलाई धेरै खोतल्न मान्दैनन्।

उद्यमशीलता कार्यक्रममा सहभागी भएपछि भाग्य बद्लियो 
‘जहाँ इच्छा त्यहाँ उपाय’ भनेझैँ यौटा अवसर आयो। साविकको सुन्दरदुलारी नगरपालिका र नेपाल म्युजिक फेस्टिभलको संयुक्त अयोजनामा भएको एउटा कार्यक्रममा सहभागी हुने मौका पाए उनले। ‘युवा उद्यमशिलता र सामजिक उत्तरदायित्व’ विषयक अन्तरक्रिया कार्यक्रम थियो। कार्यक्रममा दु:खको अनुभव पोखे। उत्तर दिने परे नगरपालिकाका कार्यकारी सुवर्ण घिमिरे परे। घिमिरेले उनको समस्या समाधान गरिदिने बाचा गरे।

घिमिरेले भने बमोजिमको प्रपोजल तयार पारेर नगरपालिका पुगे। घिमिरेले बाचा गरे अनुसार नै २ लाख ८० हजार अनुदानको व्यवस्था मिलाइदिए। तर पैसा ३ किस्तामा अनुदान प्राप्त गर्ने भए।  सुरुमा पाएको ५० हजारले फर्मलाई पुनर्जीवन दिए। 

उनी अझै पनि घिमिरेको गुन सम्झिरहन्छन्। उनलाई नयाँ ठाउँको आवश्यकता पनि थियो। त्यसको व्यवस्था पनि घिमिरे आफैले गरिदिने बाचा गरे। बाचा गरे अनुसार नै नगरपालिका कार्यलयदेखी केही पूर्वमा भाडामा घरको पनि व्यवस्था गरिदिए। 

नेपाल दाजुभाइको काम गर्ने हौसला बढेर गयो। बीउ मात्र उत्पादन गरेर नहुने भएपछि उनले आफै च्याउ उत्पादन गर्ने सोच बनाए। आफैले उत्पादन गरेर देखाएपछि बजारमा लैजान सजिलो पर्ने ठानेर च्याउ खेती पनि सुरु गरेको उनको भनाइ छ। 

अहिले त उनले व्यवस्थित घर बनाइ सकेका छन्। साथमा दुई पल्सर बाइक पनि किनेका छन्। घरैमा इन्टरनेटको सुविधा छ। केही समस्या आए इन्टरनेटमा खोजेर पनि समस्या समाधान गर्छन् उनी।

दैनिक ८ हजार नाफा
घरैको आँगनमा तीन वटा टहरा निर्माण गरेर उनले ९० पोका च्याउ लगाए। राम्रो च्याउ उत्पादन भयो। व्यापार पनि राम्रै भयो। ‘तीन वटा टहरा बनाउन जम्मा १ लाख २० हजार लाग्यो तर त्यसबाट एकै सिजनमा २ लाख ५० हजारको आम्दानी भयो। पहिलो आम्दानी राम्रो भएपछि घरमा खुसीयाली नै मनाइयो’ उनको मुहारमा हाँसो देखियो। 

उनी अहिले २ सय ग्रामका १ हजार पोका बीउ दैनिक उत्पादन गर्छन्। एक पोकाको ३० रुपैयाँ पर्छ। त्यसबाट २० रुपैयाँ चाहिँ चोखो नाफा हुन्छ। बीउबाट मात्र दैनिक २० हजार आम्दानी गर्छन्। बीउ बाहेक अहिले ५ वटा आकर्षक टनेलमा दैनिक १५० केजी देखी २५० केजी सम्म च्याउ उत्पादन गरिहेका छन् उनले। एक केजीको १५० का दरले इटहरी र विराटनगर लगेर बिक्री गर्छन् उनी। नेपालका अनुसार दैनिक २२ हजार हाराहारीको कारोबार भइरहेको र त्यस बापत् दैनिक ८ हजारभन्दा बढी नाफा हुन्छ। 

आफू मात्र हैन परिवार नै स्वरोजगार भएको छ अहिले। बुबाआमा र बहिनी च्याउको फार्म संहाल्नुहुन्छ। भाइहरू बिक्री गर्छन् र बाँकी समय फर्ममै खट्छन्। ५ वटा टनेल बाट ३ महिनामा मात्र ६ लाख आम्दानी गरीसकेका छन्।  

यो वर्ष २० वटा टनेल पुर्‍याउने उनको लक्ष्य छ। त्यसो हँदा लागत खर्च कटाएर पनि वार्षिक चोखो ६० लाख नाफा गर्ने उनको योजना छ।

प्रदेश १ को ७० प्रतिशत बजार हिस्सा 
‘पहिला बीउ लगिदिनुस् भन्दै ढोग्नु पर्थ्यो। अहिले मलाइ पनि दिनुहोस् भन्दै आउँछन्,’ नेपालले च्याउ खेतीको अुनभव सुनाए। च्याउको बीउको लागी पूर्ण रुपमा भारतमा निर्भर हुनु पर्ने अवस्था थियो। अहिले प्रदेश १ भरको ७० प्रतिशत बजार आफैले धानेको नेपालको दाबी छ। उनको फार्ममा उत्पादित बीउ काडमाडौं, बनेपा, संखुवासभा, तेह्रथुम, इलाम, झापा, धनकुटालगायत पूर्वका प्रायः सबै च्याउ उद्योगमा पुग्ने गरेका छन्। दैनिक १५ सय पोकाको अर्डर आउँछ तर एकै चोटि धेरै उत्पादन गर्दा समस्या पर्ने भएकोले बिस्तारै बढाउँदै लैजाने उनको योजना छ।

 उनको उद्योगमा सबैभन्दा बढी कने च्याउको बीउ उत्पादन हुन्छ। नेपालमा व्यापार बढी हुने भएकोले यो बीउ उत्पादन गरेको उनको भनाइ छ।

युवालाई प्रोत्साहन
उनीसँगै उनका छिमेकी २० घरका युवाहरू च्याउ व्यवसायमा लागेका छन्। उनीहरू पनि नयाँ शैलीबाट च्याउ उद्योग सञ्चालन गरीहरेका छन्। सुरुमा उनकै साझेदार समेत रहेका विजय सापकोटा अहिले आफै उद्योगी भएका छन्। भर्खरै उनले २० लाख लगानी गरेर १० वटा आकर्षक टनेल निर्माण गरेका छन्। दैनिक २५ हजार बराबरको च्याउ बिक्री गर्छन्।

च्याउ उद्योगमा अवसर र चुनौती दुवै रहेको नेपालको भनाइ छ। मौसम र बजार सबैभन्दा ठूलो चुनौतीको हो। बजारमा हामी १ सय ५० रुपैयाँ केजी बेच्छौ तर व्यापारीहरू ३ सयमा बेच्ने गर्छन्। दोब्बर नाफा कमाउने उद्देश्यले गर्दा च्याउ भनेको महँगो परेको छ उपभोक्ताका लागि। ‘बजार नियमन गर्न नसक्नु ठुलो समस्या हो,’ सरोजले थपे।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०७५  २३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका
रमेश लेखकलाई २ दिन म्याद थप
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
यस्तो छ सभामुखको निर्वाचन कार्यतालिका बिहीबार, चैत १९, २०८२
रमेश लेखकलाई २ दिन म्याद थप बिहीबार, चैत १९, २०८२
ओलीलाई थप दुई दिन थुनामा राख्न अनुमति, अस्पतालमै बयान लिइने बिहीबार, चैत १९, २०८२
दीपक भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति बिहीबार, चैत १९, २०८२
आठ महिनामा साढे १४ खर्ब रेमिटेन्स भित्रियो बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्