काठमाडौं– राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयमा धर्ना दिएको छ। बिहीबार बिहान सञ्जालले कार्यालयअघि भेला भइ धर्ना दिएको हो।
1690456277.jpg)
बिना प्रतिष्पर्धा भाडामा दिने सम्झौता खारेज गर्न, बजारको सटर र स्टलहरु खुला प्रतिष्पर्धामार्फत् भाडामा लगाउन माग गरिएको छ। धर्ना कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाल किसान महासंघका अध्यक्ष गणेशचन्द्र तिमल्सिनाले कृषि क्षेत्रको आन्दोलन सुरु भएको बताए।
1690456276.jpg)
उनले सरकारले किसानको हक हीतविरुद्धका नीतिहरु बनाउँदै गए आन्दोलन झनै चर्काउने चेतावनी दिए। मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नपुर्याउन सरकारलाई सचेत गराए।
1690456277.jpg)
उनले भने, ‘कृषि क्षेत्रको आन्दोलन सुरु भएको छ, हामी सशक्त रुपमा अघि बढ्नेछौं। कृषि क्षेत्र विपरीत नीतिहरु ल्याउन पाइँदैन। किसानहरुलाई क्षतिपूर्ति दिन सरकारले लापरबाही गरेकाप्रति आन्दोलिन हुनुहुन्छ। मुलुकका किसानलाई आन्दोलनमा उत्रिनुपर्ने अवस्थामा नलगियोस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।