काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले निर्वाचन आयोगमा १५ हजार रुपैयाँ जरिवाना तिरेका छन्। गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनलाई जरिवाना तोकेको थियो।
त्यतिबेला आफूले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा खर्चको विवरण बुझाएको थापाको भनाइ छ। आफूले निर्वाचन खर्च सार्वजनिक समेत गरे पनि निर्वाचन आयोगलाई त्यसबारे जानकारी नदिँदा जरिवानामा परेको थापाले सामाजिक सञ्जालमा लेखेका छन्।
प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भएको खर्च विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले थापासहित २ हजार बढी उम्मेदवारलाई जरिवाना तोकेको थियो।
अहिले जरिवाना तिरेकोबारे सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै थापाले खर्च विवरण सार्वजनिक गरेको जानकारी आयोगलाई दिनु पर्ने कुरा आफूलाई थाहा नभएको बताएका छन्।
थापाले प्रतिनिधि सभा निर्वाचनमा २३ लाख ४२ हजार ७६८ रुपैयाँ खर्च भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।