काठमाडौं– नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै लघुवित्तको सेवाबारे कुनै गुनासा भए उजुरी गर्न आग्रह गरेको छ।
राष्ट्र बैंकले एक टोल फ्रि नंबर प्रकाशित गर्दै सोमा उजुरी गर्न आग्रह गरेको छ।
‘लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोकेभन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैरकानुनी ढंगमा सम्पत्ति लिलामी गरेको, उद्यम व्यवसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा टोल फ्रि नम्बर १८१०५००००२२ मार्फत् गुनासो दर्ता गर्न सकिनेछ,’ राष्ट्र बैंकले सूचनामा भनेको छ।
त्यसका अलवा बेवसाइटबाट पनि गुनासोको निवेदन दाखिला गर्न राष्ट्र बैंकले सूचित गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।