काठमाडौं– बागमती प्रेदश सरकारले प्रदेश भित्रका सार्वजनिक सवारीको भाडादर समायोजन गरेको छ। साउन ९ गतेको श्रम, रोजगार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय बैठकले बिहिबारबाट लागु हुने गरी भाडा समायोजन गरेको हो।
इन्धनको मूल्य घटेसँगै सवारी भाडा पनि घटेको छ। जसअन्तर्गत काठमाडौं उपत्यका भित्रका सवारी साधनहरुको भाडा १ रुपैयाँले घटेको छ।
उपत्यका बहिर चल्ने सार्वजनिक यातायातको साधनमा २.३० प्रतिशतले भाडा घटेको छ। यसअघि जेठ ११ गते भाडा समायोजन भएको थियो।
हेर्नुहोस् रुटगत भाडादर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।