काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको अर्को बैठक असोज २ गते बस्ने गरी मिति तय भएको छ।
सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठक समापन गर्दै अर्को बैठक असोज २ गते बस्ने जानकारी दिएका हुन्।
कांग्रेसको विधानमा बैठक २ महिनामा बस्नुपर्ने व्यवस्था छ। यही विधान अनुसार २ महिनापछि बैठक बोलाइएको हो। यो बैठकले हौसिएका सभापति देउवाले अब नियमित तोकिएको समयमा बैठक बस्ने पनि बताएका छन्।
करिब एक वर्षपछि बसेको बैठकमा धेरै आलोचना होला भन्ने सोचेका देउवाले अपेक्षा अनुसार नभएपछि नियमित बैठक राख्ने बताए।
सोचे अनुसार आलोचना नआएको कुरा सभापति देउवा स्वयंले पनि स्वीकार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।