काठमाडौं– नेपाली कांग्रेसले मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ। केन्द्रीय समिति बैठकले उक्त माग गरेको छ। त्यस्तै नेपाली कांग्रेसले सुख्खाका कारण अप्ठ्यारोमा परेका किसानलाई राहत दिन पनि माग गरेको छ।
पार्टी कार्यालय, सानेपामा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले मधेश प्रदेशमा न्यून वर्षा भएका कारण समयमा खेती हुन नसकेको भन्दै सरकारले सुख्खा क्षेत्र घोषणा गरेर किसानहरुलाई रातह दिनुपर्ने बताए।
मधेश प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गरी किसानलाई उचित राहत दिन र दीर्घकालीन समाधान खोज्नसमेत सरकारसँग माग गरेको छ। सरकारमा रहेका कांग्रेसले सरकारलाई यस्तो आग्रह गरेको हो।
साउन २ गतेदेखि सुरु भएर ६ दिन चलेको केन्द्रीय समिति बैठकमा निर्णय सुनाउँदै महामन्त्री शर्माले यस्तो माग गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।