काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समिति बैठकमा आफूले धेरै आलोचना आउने सोचेको तर त्यस्तो नआएको भन्दै खुशी व्यक्त गरेका छन्।
उनले बैठकमा सक्रिय सहभागिता जनाएर सबैले आफ्ना कुरा राखेकोमा धन्यवाद पनि दिए। उनले अब छिटै महासमिति बैठक बस्ने र त्यहाँ पनि छलफल गर्ने बताए।
त्यस्तै पदाधिकारी र पूर्व पदाधिकारी बैठकहरु पनि समय–समयमा बस्ने भन्दै उनले सबै साथीहरु ‘एक सय एक’ भएको आफूलाई महसुस भएको बताए।
उनले नेपाली कांग्रेसको बैठक लाइभ गर्दा नेपाली कांग्रेसभित्र ‘एक सय एक’ नेताहरु भएको देखिएको भन्दै खुशी व्यक्त गरे। ६ दिनसम्म चलेको बैठकलाई समापन गर्दै देउवाले पुराना नेपाली कांग्रेसका नेताहरुलाई पनि सम्झने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।