काठमाडौं– नेपाली कांग्रेसले वैशाख र मंसिरमा भएको तीन तहका निर्वाचनमा बागी उठेर कारबाहीमा परेका १४ जना नेताको कारबाही फुकुवा गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकले गत स्थानीय, प्रदेश, प्रतिनिधि सभामा पार्टीबाट बागी उठेर जितेका १४ जनाको कारबाही फुकुवा गरेको हो।
उनीहरु चुनाव जितेर आएको र पार्टीकै गतिविधिमा संलग्न देखिएकाले कारबाही फुकुवा गरेको कांग्रेसले जनाएको छ।
यी हुन फुकुवा भएकाहरु
–जंगीलाल राय
– देवेन्द्रबहादुर शाही
– नवराज शाही
– राजुसिंह कठायत
– मनोजकुमार शाह
– प्रल्हाद कुमार क्षेत्री
– तारादेवी महतो
– भोला खड्का
– राम यादव
– विजय कुमार महतो
– विदेश्वर शाह
– रूकुम तामाङ
– लक्ष्मण सिंह
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।