काठमाडौं– नेपाली कांग्रेसले नीति अधिवेशको साटो महासमिति बैठक गर्ने भएको छ। साउन २ गतेदेखि जारी केन्द्रीय समिति बैठकको निर्णय प्रस्तावका क्रममा महासमिति बैठकको अजेण्डा राखिएको छ।
केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले निर्णयहरु प्रस्ताव गर्ने क्रममा उक्त बुँदा आएको हो। मंसिर २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो, तर विधानमा नीति अधिवेशनसम्बन्धी व्यवस्था छैन।
महासमिति बैठक गर्नसमेत ढिला भइसकेकाले नीति अधिवेशनमार्फत् गर्ने भनिएको काम गर्नेगरी महासमिति बैठक गर्ने प्रस्ताव गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।