• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ ६, २०८३ Wed, May 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सुन प्रकरणमा एमालेलाई सत्तापक्षका सांसदकै साथ, प्रतिरक्षामा एक्लो माओवादी केन्द्र

64x64
नेपाल लाइभ बुधबार, साउन १०, २०८०  २१:०६
1140x725

काठमाडौं- सुन तस्करी प्रकरणमा एमालेले सत्तापक्ष नेपाली कांग्रेसका सांसदहरुकोसमेत साथ पाएको छ। सत्तापक्षकै अन्य दलका सांसदले उक्त विषयमा साथ नदिँदा प्रतिरक्षामा उत्रिने माओवादी केन्द्र एक्लो बनेको छ।

बुधबार एघार दिनपछि बसेको प्रतिनिधि सभा बैठकमा सुन तस्करीका विषयमा मात्रै छलफल भएको छ। एकसय किलो सुन तस्करी प्रकरणलाई लिएर उच्चस्तरीय छानबिन समितिको माग गरिरहेको एमालेले सभामुमुख देवराज घिमिरे नियमित कार्यसूचीमा प्रवेश गर्न खोज्दा अवरोध गरेको हो।

एमालेले आफ्नो माग पूरा नहुन्जेल अवरोध गरिरहने संकेत पाएका सभामुख देवराज घिमिरेले संसद् बैठक पाँच दिनपछि साउन १५ गतेलाई बोलाएका छन्। प्रधानमन्त्री पुष्कमल दाहाल प्रचण्ड देशबाहिर रहेकाले तत्काल समस्या समाधान हुने नदेखिएपछि बैठक पर धकेलिएको हो।

साथ पाउने संकेतपछि छलफल
उच्चस्तरीय छानबिन समिति नबनाउन्जेलसम्म संसद् अघि बढ्न नदिने निर्णय एमाले संसदीय दलको बैठकले गरेको थियो। त्यहीअनुसार एमालेका प्रमुख सचेतक पदम गिरीले सुरुमै हात उठाएर आफ्ना भनाइ राखे। संसदीय दलको बैठकमा गिरीले छानबिनका निम्ति संसद्‌बाट उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखबाट रुलिङ मागसमेत गरे। संसद् अवरोधतर्फ आफू अघि बढ्न सक्ने संकेत गर्दै उनले थपे, ‘छानबिन समिति बन्ने कुराको सुनिश्चित भएन भने संसद् अगाडि बढ्न दिन सकिँदैन।’

गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न लायक नभएको बताए। गृहमन्त्रीले स्टन्डबाजी गर्दै हिँडेको तथा कोट र टार भन्ने गरेको भन्दै गिरीले असन्तुष्टि जनाए। ‘कुन नैतिकताको धरातलमा उहाँ पदमा बस्न सुहाउँछ?’, उनले सोधे।

गिरीले यति भनेपछि एमाले सांसदहरु उठेर नाराबाजी गर्न थाले। अग्रपंतिमा रहेका एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ, विष्णु पौडेल र सचिव योगेश भट्टराईले भने यथास्थानमा आसन ग्रहण गरिरहे।

सत्तापक्षतर्फ रहेका कांग्रेस सांसद् डा सुनिल शर्माले सुरुमै हात उठाएर समय मागेका थिए भने रामहरि खतिवडा पनि बोल्नका लागि तयार थिए। अवरोध गर्न प्रमुख सचेतकले आह्वान गरे, तर शीर्ष नेताहरु बसिरहेको सन्दर्भमा एमालेका केही सांसद अन्योलग्रस्त थिए।

यही क्रममा सत्तापक्षमा रहेका खतिवडाले बस्नका लागि निरन्तर अपिल गरे। त्यसमा डा शर्माले पनि जोड गरे। सभामुख देवराज घिमिरेले बोल्न समय दिइसकेका डा शर्मा र बोल्ने पालो कुरेका खतिवडाले जोड गरेपछि भने एमाले सांसदहरुले कुरा बुझे। नाराबाजी सुरु भएर अवरोध गर्ने तयारीमा रहेको एमाले पछि हट्यो। त्यहीबीचमा प्रमुख सचेतक गिरीले संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङसँग परामर्श लिए। जुनबेला सत्तापक्षीय सांसद डा शर्मा सुन तस्करी प्रकरणमा प्रतिपक्षभन्दा चर्को रुपमा सरकारको विरोध गरिरहेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

आफ्नै मन्त्रीको राजीनामा माग्दै अनसन घोषणा
नेपाली कांग्रेसका सांसद डा शर्माले आफ्नै पार्टीबाट अर्थमन्त्री बनेका डा प्रकाशशरण महतको राजीनामासमेत मागेका छन्। यस्ता प्रकरणमा मुछिएका विश्वका विभिन्न नेताहरुले पदबाट आफूलाई अलग्याएको उल्लेख गर्दै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसमेतको राजीनामा माग गरे।

अर्थमन्त्री डा महत र गृहमन्त्री श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानमा भरिया मात्रै होइन, मुख्य दोषीलाई पक्रियौं भन्न सक्नुपर्ने अथवा समय लिएर पक्राउ गर्ने भन्न सक्नुपर्नेसमेत उल्लेख गरे।

उनले थपे, ‘उहाँहरुले समय लिने हो भने तीन दिन, पाँच दिन, सात दिन कति समय लिने हो। समय लिएर भन्न सक्नुपर्छ। हामी सात दिनभित्रमा यसको मुख्य नाइके पक्रिन्छौं भनेर भन्न सक्नुपर्‍यो। होइन भने उहाँहरुले यो अनुसन्धानको प्रक्रियालाई सहज बनाउनका निम्ति अहिलेलाई कमसेकम सुनको मुख्य मालिक पत्ता नलागुञ्जेलसम्मका निम्ति राजीनामा गरेर प्रजातान्त्रिक पद्धति र अभ्यासलाई कदर गर्नुपर्छ।’

शर्माले मुख्य अभियुक्त पक्राउ नगरेर गाउँको सोझो भरियालाई पक्रिने र गुपचुप पार्ने हो भने आफूले प्रधानमन्त्री फर्किएपछि संसद्‌मै अनसन बस्ने घोषणा पनि गरेका छन्। ‘प्रधानमन्त्री फर्किएपछि पनि सुनको भरिया नभइ मुख्य व्यक्ति पक्राउ नपर्ने हो भने सदनभित्रबाट आमरण अनसन घोषणा गर्न चाहन्छु,’ उनले भने।

यसैगरी खतिवडाले एउटा भरिया मात्रै पक्रिएर अरुले उन्मुक्ति पाउन नहुने बताए। उनले यसअघि पनि पटक-पटक रेडी ट्रेक नामको कम्पनीले सामान ल्याएको बताउँदै त्यसकोसमेत खोजबिन हुनुपर्ने उल्लेख गरे।

राप्रपाको माग पनि विशेष आयोग
एमालेसँगै राप्रपाले पनि सुन प्रकरणमा छानबिन समिति माग गरेको छ। बुधबार प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष आयोग, छानबिन समिति बन्नुपर्ने बताए। लिङ्देनले सुन प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताए। 

उनले यसअघिका काण्डहरुमा पनि जरोसम्म नपुगिएको बताए। उनले कसैलाई देखाउन लागि मात्रै एकपटक सुन पक्रिने काम भएको आशंका व्यक्त गरे। आफूहरुलाई प्राप्त सूचना भन्दै लिङ्देनले अरु देशले दबाब दिएपछि मात्रै पक्राउ गरिएको बताए।
 
‘केही भरियालाई पक्राउ परेर सुन तस्करका नाइकेलाई संरक्षण दिने जोगाउने, यति त गर्‍यौं नि! भन्ने काम नगरोस्। जरोसम्म पुग्ने काम गरोस्’, उनले भने।

रास्वपाले भन्यो- ठूलो सेटिङ छ
राष्ट्रिय स्वतन्त्र पार्टीले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाएको छ। संसद्को विशेष समयमा बोल्दै सभापति रवि लामिछानेले सेटिङबिना यत्रो सुन विमानस्थलबाट बाहिर आउनै नसक्ने दाबी गरेका छन्। उनले यो सेटिङ जनताले थाहा पाइसकेको भन्दै यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ? भन्दै प्रश्न गरे।

‘सरुवा कारबाही हो कि पुरस्कार हो? उनीहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि सरुवा गरेर पुरस्कार गर्ने हो?’ उनले प्रश्न गरे, ‘कुनै अभियोगमा डामेर छोडेपछि समय दिएपछि अनुसन्धान प्रभावित गर्ने, टेलिफोन फर्म्याट गर्न मिल्छ होला? सरकारलाई सूचना आएको थियो रे। अनि भरिया मात्र पक्राउ गर्न यस्तो गरिएको हो?’

त्यसलाई पछ्याएर मालिक पनि समाउने सकिने भए पनि त्यसो नगरिएको यो एउटा ठूलो सेटिङ रहेको उनको भनाइ छ। यही विषयमा छलफलका लागि रास्वपाले सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएको छ। चित्त बुझ्दो जवाफ नपाएमा रास्वपाले अरु कदम चाल्ने चेतावनी लामिछानेले दिएका छन्।

एक्लिएको माओवादी केन्द्र
सरकारका पक्षमा बोल्ने माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल एक्ला भए। कांग्रेसबाट बोल्ने समय पाएका सांसदद्वय डा सुनिल शर्मा र रामहरि खतिवडाले यो प्रकरणमा मन्त्रीहरुकै आलोचना गरेका थिए। 

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बाढीले प्रभावित तराईको जनजीवनका विषयमा आफ्ना भनाइ राखे। माओवादी केन्द्रका सांसद् पौडेलले भने सरकारले भ्रष्टाचारीमाथि छानबिन गर्दा  विरोध र अवरोध गर्न खोजिएको भन्दै प्रश्न उठाएका थिए।

‘सरकारलाई म बधाई दिन चाहन्छु। तर, यहाँ दिउँसै रात पार्न खोजिएको थियो,’ उनले भने, ‘भ्रष्टाचारको छानबिन सुरु गर्दा माननियहरुलाई टाउको नदुखोस्। व्यक्तिको अनुहार हैन उसको गल्ती हेरेर भ्रष्टाचार छानबिनलाई अगाडि बढाउनुपर्छ।’

उनले भ्रष्टाचारमा ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन, सम्पत्ति शुद्धीकरणमा अन्तर्राष्ट्रिय प्रश्नहरु पटक–पटक आइरहेको भन्दै उनले सरकारले अहिले केही भ्रष्टाचारमा छानबिन गर्दा किन संसद् अवरोध गरिएको हो भन्दै प्रश्न गरे। एमालेले सुन प्रकरणमा सुरुमै अवरोध गर्दै प्रश्न उठाएपछि समय लिएर बोल्दै पौडेलले भने, ‘हामी अवरोध, विरोध गरेर अनुसन्धान रोक्न खोज्दैछौं कि के गर्दै छौं?’

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २१:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने
सम्बन्धित सामग्री
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीरगञ्जबाट पक्राउ परे दुर्गा प्रसाईं सोमबार, जेठ ४, २०८३
प्रतिनिधिसभामा श्रम संस्कृति पार्टीले गर्‍यो पर्चासहित उठेर विरोध सोमबार, जेठ ४, २०८३
स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी, अंक तालिकाको पाँचौ स्थानमा सोमबार, जेठ ४, २०८३
विद्या भण्डारीलाई एमालेले दियो सदस्यता सोमबार, जेठ ४, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सभामुखले प्रतिनिधिसभा सचिव हर्कराज राईलाई हटाए मंगलबार, वैशाख २९, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्