• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

कलिला व्यवसायीको 'सेभेन वन्डर्स' सपना

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  ०२:४५
1140x725

काठमाडौं- जीवनको बाटोमा अनेक पात्र आइरहन्छन् र गइरहन्छन्। भेटिने सबैलाई फर्केर हेर्न मन लाग्दैन। केही पात्र यस्ता भेटिन्छन्, जसलाई फर्केर नहेरी बस्नै सकिन्न। 

पोखराका अर्जुन भण्डारी त्यस्तै पात्र हुन्। 

जब–जब निराशाको बादलले मन डमक्कै ढाक्छ, तबतब उनको अनुहार आँखामा नाच्न थाल्छ। धरमराइसकेको आत्मबल बौरिन थाल्छ। 

२० वर्षको उमेरमा मैले उनलाई एउटा दःखद् समाचारका पात्रका रुपमा भेटेको थिएँ। एउटा नराम्रो दुर्घटना, त्यसको उपचारका क्रममा पाएका दुःख र आफ्नै साहसले फर्काएको उनको जीवनको कथालाई मैले एउटा रिपोर्टिङमा उनेको थिएँ। उनको कथाले नेपालका केही निजी अस्पतालको उपचार प्रक्रियामाथि धारिलो हँसिया जस्तै प्रश्न चिह्न खडा गरेको थियो। 

दुई वर्षअघि उनलाई पहिलोपल्ट भेट्दा शारीरिक रुपमा तंग्रिने क्रममै थिए तर मन पूरापूर तंग्रिसकेको थियो। उनीसँगको भेटपछि ‘एउटा साहसी युवाको कथा’ लेख्न मन लागेको थियो। तर, रिपोर्टिङको पाटो अर्कै थियो। मैले त्यही घटनालाई रिपोर्टिङ बनाएँ। त्यसको एक वर्षपछि मैले उनलाई फेरि भेटेँ, त्यो बेला उनी आफ्नै व्यवसाय सुरु गर्ने सपना रोप्दै थिए। सपनाको आकार ठूलै थियो। मध्यम वर्गीय परिवारका उनी नौ करोड रुपैयाँको लगानीमा रिसोर्ट खोल्न लागिपरेका थिए। पुर्ख्यौली जायजेथा बैंकमा राखेर उनी लगानी गर्न तम्सिएका थिए। 

केही महिनाअघि म अर्कै कामले पोखरा पुगेको थिएँ। राजमार्गको छेउमै रहेको उनको सपना त रंगीन फूलजस्तै फुलिसकेछ। निलो भुइँ र पहेँलो भित्ता फूलभन्दा कम देखिएन। गाडी रोकेर म अघि बढेँ। सडकबाटै देखेँ, त्यसभित्र पस्ने गेटको ब्यानरमा लेखिएको ‘सेभेन वन्डर्स वाटर पार्क एन्ड रिसोर्ट प्रालि’। 

पोखरा सात वटा तालका लागि चर्चित भएका कारण उनले रिसोर्टको नाम ‘सेभेन वन्डर्स वाटर पार्क’ राखे। यो नाम भने उनकी दिदीले सुझाएकी थिइन्। 

सन् २०१६ जनवरीमै उनले यसका लागि काम थालेका थिए। अघिल्लो वर्ष आंशिक पूरा भएको उकोको व्यवसायले यसपल्ट त पूरै आकार लिइसकेछ। त्यहीँ पौडिरहेका एक युवाले सुन्दर नगरी पोखराकै सुन्दर स्विमिङ पुलको रुपमा लिइने बताएपछि मन त्यसै फुरुंग भयो। किनभने अघिल्ला भेटमा अर्जुनले भनेका थिए, ‘स्विमिङ पुल बनाउने गुणस्तरीय सामान नेपालमा नभएपछि भारतबाट मगाएको छु। खर्च लागे पनि सफा र सुन्दर स्विमिङ पुल बनाउँछु।’ स्विमिङ पुलसँगै रेस्टुरेन्ट पनि रहेछ। साथी र मैले त्यहीँ खाजा खायौं। स्वादमा अर्जुनको मेहनत मगमगायो। 

Ncell 2
Ncell 2
nimb
nimb

माइक्रोबायोलोजीका विद्यार्थी अर्जुन ‘हस्पिट्यालिटी’ व्यवसायतिर सानैदेखि आकर्षित भएको बताउँथे। उनले युट्युबमै हेरेर उत्कृष्ट स्विमिङ पुलको आइडिया लिए। त्यही हेरेर अन्तर्राष्ट्रियस्तरको स्विमिङ पुलका लागि आफैंले इन्जिनियरिङ गरे। उनले अघिल्ला भेटमा भनेका थिएँ, ‘पोखरा टुरिस्टहरु आइरहने सहर हो। तर, उनीहरुका लागि राम्रो स्विमिङ पुल पोखरा भरिमै देख्दिनँ। त्यसपछि म आफैं अघि सर्दैछु।’ 

रिसोर्ट साढे सात रोपनी जग्गामा फैलिएको छ। स्विमिङ पुलका साथै रिसोर्ट, सय जना अटाउने सभाहल, आइसक्रिम पार्लर र लञ्च बारसमेत छन्। स्थानीयका साथै विदेशी सेवाग्राहीको समेत बाक्लै उपस्थिति देखिन थालिसकेको छ। 

उनको स्विमिङ पुलमा पौडिने आउने युवा गर्मीले तातेको ज्यानलाई ठन्डा बनाएर मात्रै जाँदैनन्। जीवनको सागरमा पौडिने धेरथोर साहस समेत उनीबाट लिएर जान्छन्। 

सानो चोट, अलिकति धोका खानेबित्तिकै हतोत्साही हुने उमेरका यी युवाले १९ वर्षकै उमेरमा जीवनमरणसँग संघर्ष गरे। स्कुटर दुर्घटनामा परेर घाइते भएका उनी नेपालको अव्यवस्थित उपचार प्रणालीको सिकार भए। झन्डैझन्डै ज्यानकै आशा मार्ने अवस्थामा पुगेका उनले आफैंले आफूलाई ‘रेस्क्यु’ गरे। जीवनलाई त्यसरी जोगाए पनि उनले एउटा खुट्टा जोगाउन सकेनन्। खुट्टा गुमे पनि साहस गुमाएनन्। 

Xtrem

Xtrem

जीवनलाई उभ्याउन जोर खुट्टा होइन, एक थान हिम्मत चाहिन्छ भन्ने कुरालाई उनले प्रमाणित गरिदिएका छन्। एउटा खुट्टा गुमाएको दुई वर्षमै जीवनका म्याराथनमा आफूलाई अब्बल प्रमाणित गरिदिएका छन्। भर्खरै युवा व्यवसायीहरुलाई दिइने ग्लोबल इन्टरपेनरसिप नेपाल अवार्डमा उनी दोस्रो भए। 

अल्लारे उमेरको अर्जुनको सपनामा परिपक्व व्यावसायिक सोच देख्ने उनका आमाबुवा कौशल्या र शिवरामको भूमिकालाई पनि बिर्सिनु हुँदैन। उनीहरुले कहिल्यै भनेनन्, ‘तँ सक्लास् र?’ तर, सधैं भनिरहे, ‘अघि बढ्, हामी छँदैछौं।’ भरोसा गर्ने परिवारको कारण आफू यो अवस्थासम्म आइपुगेको अर्जुन बताउँछन्। अरु युवाका अभिभावकलाई पनि शंकाभन्दा बढी भरोसा गर्न आग्रह गर्छन्। उनीलाई लाग्छ, ‘आफ्नै अभिभावकले सन्तानको क्षमतामाथि शंका गर्छ भने पराइले कसरी भरोसा गर्लान् ?’

ऊर्जावान् युवाहरु विदेशिनु हुन्न भन्ने धारणाका पक्षपाती उनी नेपालमै केही गर्न अरुलाई पनि उक्साउँछन्। उदाहरणमा आफ्नै व्यवसायिक सफलतालाई अघिल्तिर राखिदिन्छन्। एक भेटमा उनले भनेका थिए, ‘युवा र विद्यार्थी विदेश पठाउनका लागि गाउँ–गाउँमा कन्भिन्स गर्ने एजेन्ट छन्। सहरमा म्यानपावर र कन्सल्टेन्सी छन्। तर, युवालाई यही देशमा केही गर्नुपर्छ भनेर उत्प्रेरित गर्ने कोही छैन। सरकारले युवालाई कन्भिन्स गर्ने काउन्सिलको विकास गर्नुपर्छ।’

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ०२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्