काठमाडौं- केही दिनअघि सय किलो सुन प्रकाउ परेपछि बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्ने सन्दर्भमा सत्तापक्षकै सांसदले फरक मत राखेका छन्।
सत्तापक्षीय कांग्रेस सांसद सुनिल शर्माले अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागेका छन्। ‘अहिलेको अर्थमन्त्री र गृहमन्त्रीले यो अनुसन्धानको प्रक्रिया सहज बनाउनका लागि अहिलेलाई कमसेकम यो सुन मालिक पत्तो नलागुन्जेल राजीनामा दिनुपर्छ,’ शर्माले माग गरेका छन्। उनले अहिले भरिया प्रकाउ परेको र मालिक प्रकाउ नपरे आफू अनसन बस्नेसम्म चेतावनी दिएका छन्।
‘प्रजातान्त्रिक प्रणालीलाई कदर गर्नुपर्छ,’ राजीनामा माग गर्दै उनले भने,‘मालिक प्रकाउ परेन र भरियामात्र पक्राउ पर्यो भने म आमरण अनसन बस्छु।’
सत्तापक्षीय माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले भने सरकारको कामको सलाम गर्दै धाप मारेका छन्।
‘म सरकारलाई बधाई दिन चाहन्छु। कसैको अनुहार हेर्न जरुरी छैन। सरकार अघि बढोस्। दोषीलाई कारबाही गर्दा माननीयज्यूहरु खुसी हुनुपर्ने हो नि। म त सरकारको कामलाई सलाम गर्न चाहन्छु,’ पौडेलले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।