काठमाडौं- राप्रपाले पनि सुन प्रकरणमा छानबिन समिति माग गरेको छ। बुधबार प्रतिनिधि सभामा बोल्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले विशेष आयोग, छानबिन समिति बन्नुपर्ने बताए।
लिङ्देनले सुन प्रकरणको अनुसन्धान जरासम्मै पुग्नुपर्ने बताए। उनले यसअघिका काण्डहरुमा पनि जरोसम्म नपुगिएको बताए।
उनले कसैलाई देखाउन लागि मात्रै एकपटक सुन पक्रिने काम भएको आशंका व्यक्त गरे। आफूहरुलाई प्राप्त सूचना भन्दै लिङ्देनले अरु देशले दबाब दिएपछि मात्रै पक्राउ गरिएको बताए।
‘केही भरियालाई पक्राउ परेर सुन तस्करका नाइकेलाई संरक्षण दिने जोगाउने, यति त गर्यौँ नि भन्ने काम नगरोस्। जरोसम्म पुग्ने काम गरोस्’, उनले भने।
आजकै बैठकमा बोल्दै एमालेका पदम गिरीले पनि संसदीय छानबिन समिति बनाउन माग गरेका थिए। गिरीले छानबिन गर्नका निम्ति संसद्बाट उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखबाट रुलिङ होस् भन्ने माग गरेका थिए।
उनले भनेका थिए, ‘छानबिन समिति बन्ने कुराको सुनिश्चित भएन भने संसद अगाडि बढ्न दिन सकिँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।