काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन प्रकरणमा ठूलो सेटिङ भएको आरोप लगाएका छन्। उनले सेटिङ विना यत्रो सुन विमानस्थलवाट बाहिर आउनै नसक्ने दाबी गरेका छन्। उनले यो सेटिङ जनताले थाहा पाइसकेको भन्दै यस्ता घटना आउँछन् अनि कर्मचारीको सरुवा किन हुन्छ भन्दै प्रश्न गरे।
उनले यो सरुवा कारबाही हो कि पुरस्कार हो? भन्दै उनीहरुलाई तुरुन्त बर्खास्त गर्ने हो कि सरुवा गरेर पुरस्कार गर्ने हो? भनी प्रश्न गरे। उनले कुनै अभियोगमा डामेर छोडेपछि समय दिएपछि अनुसन्धान प्रभावित गर्ने, टेलिफोन फर्म्याट गर्न मिल्छ होला? भनी प्रश्न गरे।
‘सरकारलाई सूचना आएको थियो रे। अनि भरिया मात्र पक्राउ गर्न यस्तो गरिएको हो,’ उनले भने, ‘हैन भने यसलाई पछ्याएर मालिक पनि समाउने सकिन्थ्यो होला नि। यो किन भएन यो एउटा ठूलो सेटिङ हो।’
जो प्रमुख हुन् उनीहरुले त्यो निकायको प्रमुख रहन नसक्ने भन्दै उनीहरुले प्रमाण नष्ट गर्न सक्ने बताए। ‘यही विषयमा छलफल गर्न हामीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छौं। चित्त बुझ्दो जवाफ नपाएमा रास्वपाले अरु कदम चाल्नेछ,’ उनले भने, ‘यो प्रकरणमा भरियालाई मात्र मुद्दा दायर गर्ने अनि केही कर्मचारीहरु सरुवा गरेर यसलाई टाल्न मिल्दैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।