काठमाडौं- एक क्विन्टल बढी सुन बरामद भएको प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ। बुधबारको प्रतिनिधि सभा बैठकमा एमालेका तर्फबाट धारणा राख्दै पदम गिरीले छानबिन समिति गठन गर्ने सुनिश्चित नभए संसद् चल्न नदिने बताए।
गिरीले छानबिन गर्नका निम्ति संसद्बाट उच्चस्तरीय छानबिन समिति बनाउन सभामुखबाट रुलिङ होस् भन्ने माग गरे। उनले भने, ‘छानबिन समिति बन्ने कुराको सुनिश्चित भएन भने संसद् अगाडि बढ्न दिन सकिँदैन।’
गिरीले गृहमन्त्री नारायणकाजी श्रेष्ठ कुनै पनि दृष्टिकोणले गृहमन्त्रीको कुर्सीमा बस्न लायक नभएको बताए। गृहमन्त्रीले स्टन्डबाजी गर्दै हिँडेको तथा कोट र टार भन्ने गरेको भन्दै गिरीले असन्तुष्टि जनाए। ‘कुन नैतिकताको धरातलमा उहाँ पदमा बस्न सुहाउँछ?’, उनले सोधे।
गिरीले सत्ताका आडमा कसैलाई छोड्न नहुने पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।