काठमाडौं- सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको जवाफ माग्ने निर्णय गरेको छ। बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमै बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।
केहीअघि त्रिभुवन विमानस्थलको सुरक्षा प्रणाली पार गरी बाहिरिएको एक क्विन्टल सुन बरामद गरिएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको सेटिङ नभई सुन बाहिरिन सम्भव नरहेको भन्दै गृहमन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।
संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले तस्करीको १०० किलो सुन बरामद प्रकरणमा सत्ताधारीले ‘नाङ्गो नाच’ देखाइरहेको आरोप लगाएका थिए। ‘सत्ताधारीले नाङ्गो नाच नाचिरहेका छन्। जो चोर, उसैको ठूलो स्वर भनेजस्तो गरी अभिव्यक्ति आइरहेका छन्’, उनले भनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।