काठमाडौं- नेकपा माओवादी केन्द्रको बुधबार बिहान बसेको पदाधिकारी बैठकमा केन्द्रीय समितिमा प्रस्तुत गरिने अजेन्डाबारे छलफल भएको छ। बैठक बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो।
उपाध्यक्ष कृष्णबहादुर महराका अध्यक्ष अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू बाहिर जान लागेको र केन्द्रीय समितिको बैठक १७ गतेदेखि हुने भएकाले प्रारम्भिक अजेन्डा तयार गर्न भनेका थिए। 'सबै पदाधिकारी र महासचिवले यसमा सक्रियता लिउन् भन्नुभएको थियो', महराले भने, 'त्यसैको मिटिङ हो आज।'
बिहानको बैठकमा अन्य पदाधिकारीले कुरा राखेको र दुई जना उपाध्यक्ष तथा महासचिवले धारणा राख्न बाँकी रहेको उनले बताए। 'भरे ४ बजे पुनः बैठक बस्छ। मिटिङ निरन्तर अगाडि बढिरहेको छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।