• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आश्रममा वृद्धवृद्धा : दसैं आउँदै छ, मन कोक्याउँदै छ

64x64
नेपाल लाइभ शनिबार, भदौ १६, २०७५  ०३:४५
1140x725

काठमाडौं– विष्णुमाया दाहालले हरेक सन्तानलाई ९ महिनासम्म कोखमा राखेर धरतीमा अवतरण गराइन्। च्याहा-च्याहा गर्दादेखि अनेकौं अभाव र कष्टका बीच हुर्काइन्। बढाइन्। पढाइन्। र, आफ्नो खुट्टामा उभिन सक्षम बनाइन्। 

सन्तानबाट एउटै मात्र आशा थियो– उनीहरु बुढेसकालको सहारा बनून्। तर तिनै सन्तानले वृद्धाश्रममा लगेर छाडिदिए। अहिले उनको ओत लाग्ने ठाउँ बनेको छ– काठमाडौं शान्तिनगरस्थित ज्येष्ठ नागरिक आवास गृह।

एक छोरा र एक छोरी अनि एक नातिकी धनी हुन्, विष्णुमाया। तर सन्तानले मनभन्दा धन ठूलो ठानेपछि उनी वृद्धाश्रममा आएको चार वर्ष बितेको छ। परिवारको फराकिलो संसार यही वृद्धाश्रममा साँघुरिएको छ।

दोलखा चरिकोट स्थायी घर भएकी उनी ८० वर्षकी भइन्। जीवनको आठ दशकमा उनले भोगेको संघर्ष लेख्ने हो भने 'महाभारत' हुन पुग्छ। 'संसारमा आफू नै परिवार हो भन्ने लाग्न थालेको छ,' उनी खिन्न हुँदै भन्छिन्, 'हराभरा परिवार र सन्तान साथमा भएका भए म किन यहाँ आएर यो अवस्थामा बस्थेँ होला।'

भनिन्छ, सन्तान भनेका बुढेसकालका सहारा हुन्। उमेर डाडाँपारिको घाम बन्दै गएपछि शरीर थाक्दै जान्छ। ओइलिँदै गएको घाम जस्तै। यही बेला हो आफ्ना सन्तानको सहारा चाहिने। उनीहरु चाहन्छन्, मिठोमसिनो खुवाऊन्। यताउता घुमाउन लैजाउन्।

तर सबैका सन्तानले बा-आमाको स्नेहलाई लत्याइदिन्छन्। जन्म दिने बा-आमाको मर्म बुझ्न नसक्दा र सन्तानहरुले कर्तव्यबोध नठान्दा विष्णुमाया जस्तै धेरै जना वृद्धाश्रममा बस्न बाध्य छन्।

'छोरा कपुत भए पनि आमा कुआमा हुन सक्दिनन्' भन्ने उक्ति नै छ। विष्णुमायालाई आशा छ– टुप्लुक्क कुनै दिन छोरा आइपुग्नेछ र आमा भनेर बोलाउनेछ। सन्तानको पीडा आमालाई पीडा कहिल्यै लाग्दैन। यसै भन्छिन् उनी। 

'आशा चाहिँ कहिल्यै नमर्दो रहेछ। त्यो आफूमा श्वास भइन्जेलसम्म जीवितै हुँदो रहेछ,' यति भन्दै गर्दा उनी भक्कानिन्छिन्, 'मैले जन्माएको छोराले नै बिर्सिदियो। म पनि बिर्सिने बानी पार्दैछु। तर सक्दिनँ।'

Ncell 2
Ncell 2
nimb
nimb

उनका रसिला आँखाको दृष्टिले भ्याउन्जेल टाढाटाढा हेरिरहन्छिन्। आशा र प्रतीक्षाको यो शृंखला दिनहुँ चलिरहन्छ। जब साँझ ढल्दै जान्छ, आशाहरु मर्दै जान्छन्। 'अरु बेला त जसोतसो दिन काटिएला,' आँखा पुछ्दै उनले भनिन्, 'चाडपर्वको बेला भने मनभित्रै भक्कानो छुटेर आउँदो रैछ बाबु।'

धादिङ खानीखोलाकी दिलकुमारी रेग्मी पनि चुटिएको चंगा झैं परिवारबाट छुटेर आइपुगिन् यहीँ। चार वर्षदेखि बस्दै आएकी उनी ८० वर्ष पुग्न दुई हिउँदबर्खा बाँकी छ। 

एक छोरा, दुई छोरी र एक नाति छन् उनका। तर उनीभन्दा निकै टाढा।

Xtrem

Xtrem

'जुन ठाउँमा मैले आफ्ना सन्तानलाई जन्माएँ, त्यही ठाउँमा म रहन सकिनँ,' उनी सुनाउँछिन्, 'पीडा सधैं बल्झिइरहन्छ। धन्न बस्नलाई यो ठाउँ पाइएको छ।'

बुढेसकालमा सन्तानले राम्रोसँग हेरचाह गर्लान् भन्ने आशा थियो उनमा। तर अहिले सबथोक उल्टो भइदियो। 'घरमा हुँदा त के खाइस्, के लाइस् भन्थे होला,' घाँटी गाँठो पार्दै उनी भन्छिन्, 'तर यहाँ त कस्तो छ भनेर सोध्न को आउने?'

यहाँ बस्ने ३८ वृद्धवृद्धाको कथा लगभग उस्तै हो। पीडाको तौल मात्र कसैको बढी होला कसैको कम।

मोरङबाट आएका ८० वर्षीय खडानन्द सापकोटाको पनि बुढेकालको सहारा बनिदियो यही वृद्धाश्रम। ६ वर्षदेखि उनी यहाँ बस्दै आएका छन्।

दुई छोरा, दुई छोरी र दुई नाति छन् उनका। आठ वर्ष अघिसम्म साथ दिने श्रीमती पनि थिइन्। उनले समेत छोडेर गएपछि एक्लिँदै गए। त्यो एक्लोपन वृद्धाश्रम आएपछि थपिएको छ।

प्रेसर, ग्यास्ट्रिक हाडजोर्नी लगायत विभिन्न रोगबाट पीडित छन् उनी। 'जिन्दगीमा मैले अनेक ठक्कर खाएँ तर शरीरमा तागत भएसम्म पसिना बगाएर खाने आँट गरेँ,' उनी भन्छन्, 'जवानी केके गरियो तर बुढेसकालमा शरीरले साथ नदिँदो रहेछ। श्रीमती भए पनि मलाई थोरै सहारा त मिल्थ्यो।'

सन्तानको सुख नपाउनुमा उनी 'भाग्यको खेल' ठान्छन्। 'जो आफ्ना छोराछोरी, नातिनतिनासँग छन्, उनीहरु संसारकै सुखी हुन्,' उनले भने।

यहाँ विभिन्न ठाउँबाट आएका बा-आमा छन्। उनीहरु आफ्ना दु:खका पोका खोलेर एकापसमा सुनाउँछन् र हलुका महसुस गर्छन्। सन्तान वियोगको पीडा खपिरहेका उनीहरु अरुको पीडा पनि सुन्छन् र त्यही कथामा एकाकार भएर सम्हालिन्छन्।

उनीहरुका अनुसार कतिपय सन्तानले सहर घुमाउन ल्याएर अलपत्रसमेत पारेका रहेछन्।

काभ्रे नमोबुद्ध नगरपालिका घर भएका कृष्णचन्द्र श्रेष्ठलाई पनि सन्तानले दिएको पिर पटकपटक आँखामा बल्झिएर आउँछ। उनी आठ वर्षदेखि वृद्धाश्रमको आडमा छन्। उनका तीन छोरा छन्। तर कोही भेट्न आएका छैनन्। 

'श्रीमती बितेको केही समयमै पसलमा आगलागी भयो,' उनले सम्झिए, 'त्यो कसरी भयो दैवले जानून्। त्यसपछि ममा ठूलो बज्रपात आइलाग्यो।' 

सन्तानको बेवास्ता त छँदैछ। उनमा आठ वर्षयता पत्निवियोगको पीडा पनि थपिएको छ। 'सानोमा छोराहरुलाई औंलामा डोहोर्‍याएर बाटो देखाएको थिएँ,' उनी विगततिर फर्किए, 'आज बुढेसकालमा मलाई डोहोर्‍याएउने कोही छैन।' 

आफ्ना सन्तानबाट एक थोपा माया पनि पाउन नसकेको उनले बताए। 'मलाई माया गरेको भए घरमै रमाइरहेको हुन्थेँ। यहाँ किन हुन्थेँ र,' उनी भन्छन्।

जब चाडबाड नजिकिन्छ, उनी मन थाम्न सक्दैनन्। सन्तानको एकएक अनुहार आँखाअगाडि आइदिन्छ। बोलाउन खोज्छन्। र, एकछिनमा झसंग भएर वास्तविकतामा फर्कन्छन्। 

'छोरा-नातिसँग चाडबाडमा रमाएर बस्न पाए छुट्टै आनन्द आउँथ्यो होला,' उनले भने, 'मलाई त घरबाटै निकालिदिए। तर उनीहरुले राम्ररी दसैं मनाऊन्। आशीर्वादबाहेक के दिन सक्छु र।'

प्रकाशित मिति: शनिबार, भदौ १६, २०७५  ०३:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
महासभामा सम्बोधनका लागि प्रधानमन्त्री बालेन न्युयोर्कमा बुधबार, असोज ७, २०८३
भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गको निर्माणाधीन ट्रयाकको काम केही दिन स्थगित गरिने बुधबार, असोज ७, २०८३
१७ वर्षमै क्षेत्रीय प्रतिनिधि बनेका सुजलको जिम्मेवारी कांग्रेसले स्थगित गर्‍यो बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
व्यावसायिक भिसामा आएर काम, ८८ चिनियाँ नागरिक निष्कासनको प्रक्रियामा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्