काठमाडौं- सुन प्रकरणबारे पार्टीको धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ। बुधबार संसद्को बैठक सुरु हुनुअघि सो पार्टीले बैठकबाट धारणा तय गर्न लागेको हो।
'संसदीय दलको बैठक बस्दैछ। बैठकबाट धारणा तय गर्छौं', रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले नेपाल लाइभसँग भने।
केहीअघि त्रिभुवन विमानस्थलको सुरक्षा प्रणाली पार गरी बाहिरिएको एक क्विन्टल सुन बरामद गरिएको थियो। प्रमुख प्रतिपक्षी दल एमालेले सरकारको सेटिङ नभइ सुन बाहिरिन सम्भव नरहेको भन्दै गृहमन्त्रीप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।