काठमाडौं- सुन तस्करी प्रकरणका विषयमा संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा धारणा बनाउन नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। दिउँसो १२ बजे दलको बैठक डाकिएको प्रमुख सचेतक पदम गिरीले जानकारी दिए।
उनले भने, 'यो विषयलाई प्रतिनिधि सभामा उठाउने कुरामा दुईमत छैन। तर कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको छ।'
सुन तस्करीका विषयमा मन्त्रीहरु (गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री)ले जिम्मेवारी लिनुपर्ने विषयमा भने आफूहरु प्रष्ट भएको बताए। उनले भने, 'उहाँहरुले जिम्मेवारी लिनुपर्छ भनेर हामीले भनिरहेकै छौं। राजीनामा माग्ने विषयमा कुरा भएको छैन। बाँकी निर्णय संसदीय दलको बैठकले गर्छ।'
अवैध रुपमा नेपाल भित्रिएको झन्डै सय किलो सुन बरामद भएको छ। त्यसका भरिया पक्राउ परे पनि मुख्य व्यक्ति अझै पत्ता लाग्न सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।