काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा चन्द्रकान्त भण्डारीले विगतमा संस्थापन इतर समूहबाट निर्वाचित भएका उपसभापति र महामन्त्रीहरु सामुहिक रुपमा अगाडि बढ्नुपर्ने बताएका छन्।
काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा लगायतका नेताहरु सामुहिक रुपमा अगाडि बढाउनुपर्ने बताए।
पार्टी सभापति शेरबहादुर देउवा ८० वर्ष पुग्न लागेको भन्दै भण्डारीले अब पार्टीको नेतृत्व उपसभापति र महामन्त्रीहरुले लिनुपर्ने सुझाव दिए। उनले उपसभापति र महामन्त्रीहरुका बीचमा बैठक राख्ने र एजेण्डा तय गरेर सँगै हिँड्न आग्रह गरे। केन्द्रीय समितिमा संस्थापनइतर समूहका नेताहरुलाई थप्न नसकेको भन्दै उनले आफ्ना समूहका साथीहरुलाई सदस्य बनाउन नसक्नेले अरुको प्रतिनिधित्व गर्न नसक्ने बताए।
नेता भण्डारीले भने, ‘तपाईंहरु उपसभापति बन्नुभयो, महामन्त्री बन्नुभयो। अहिलेसम्म तपाईंहरु सँगै बसेर पार्टी सभापतिसँग यो गर्नुपर्छ भन्नुभएको छ कि छैन? हामीले यो टिम बनाउँदा चाहे शेरबहादुरजी होस्। चाहे रामचन्द्रजी होस्। चाहे कृष्ण सिटौला होस्। चाहे शेखर कोईराला होस्। हामी सबै सँगै बसेर यो टिमले कति राम्रो काम गरेको थियो। त्यसकारण म सुझाव दिन चाहन्छु, तपाईंहरुले टिम बनाउनुस्। विचारका कुरा अगाडि ल्याउनुस्।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।