विजयकुमार गच्छदार (फाइल तस्बिर)
काठमाडौं– नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अहिले देशको राजनीतिक अवस्था खराब रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित चियापान कार्यक्रममा बोल्दै गच्छदारले नेपालको राजनीति अनिश्चितताको भूमरिमा फसेको टिप्पणी गरे।
नेपालको राजनीति अन्योलपूर्ण, तरलता, अस्थिरता र अनिश्चिततामा फसेको गच्छदारले उल्लेख गरे। गच्छदारले नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने बताए। उनले पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेको भन्दै सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताए।
गच्छदारले भने, ‘केन्द्रीय कार्यसमितिको बैठक ६ दिनसम्म लगातार चल्यो, हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदैछ, बैठकको प्रत्यक्ष प्रशारण भयो, ऐतिहासिक मानिएको छ। बैठक महत्त्वपूर्ण भएको छ। समय अभावका कारण नेताहरुले आफ्ना सबै भनाइहरु राख्न पाएनन्। ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो। नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भुमरिमा फसेको छ। नेपालको राजनीति तरल अवस्थामा छ, अस्थिरताको दलदलमा परेको छ। नेपाली कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुन्छ। नेपाली कांग्रेसको पाइलट सभापति हो, अरु पदाधिकारी, सदस्य सभापतिको सहयोगी हुन्, को पाइलट हुन्। गुट, उपगुटमा नेपाली काँग्रेस नेपाली काँग्रेस नराम्रोसँग फसेको छ। देशको राजनीतिको अवस्था खराब छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।