काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
युआन नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलले मंगलबार बिहान अध्यक्ष ओलीसँग भेटवार्ता गरेको हो।
भेटमा नेपाल–चीन सम्बन्ध, अपसी हित लगायत विषयमा कुराकानी भएको एमाले अध्यक्ष ओलीको सचिवालयले जानकारी दिएको छ।
३ दिने भ्रमणमा नेपाल आएका युआनले यसअघि राष्ट्रपति रामचन्द्र पौडेल लगायतसँग भेटवार्ता गरेका थिए। उनले इटली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भर्चुअल माध्यमबा कुराकानी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।